लुम्बिनीका मन्त्रीले पाए जिम्मेवारी
१८ साउन, बुटवल । लुम्बिनी प्रदेशका ८ जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी बाँडफाट भएको छ । बिनाविभागीय मन्त्री नियुक्त भएको १० दिनपछि उनीहरुले जिम्मेवारी पाएका हुन् ।
मुख्यमन्त्री चेतनारायण आचार्यले साउन ९ गते नेकपा एमालेबाट ५ र कांग्रेसबाट ४ जना गरी ९ जना विनाविभागीय मन्त्री नियुक्त गरेका थिए ।जसअनुसारआर्थिक मामिला तथा योजना मन्त्रीमा गुल्मीका धनेन्द्र कार्की, सहरी विकास तथा खानेपानी मन्त्रीमा प्युठानका सरोज थापा, वन तथा वातावरणमा बाँकेका बादशाह कुर्मीले जिम्मेवारी पाएका छन् । त्यस्तै उद्योग, पर्यटन तथा यातायात मन्त्रीमा दाङका प्रचण्डविक्रम न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।कांग्रेसले आफ्नो भागमा परेको एउटा मन्त्रालयमा मन्त्री अझै पठाउन सकेको छैन ।
त्यस्तै एमालेबाट भौतिक पूर्वाधार विकास मन्त्रीमा रूपन्देहीका भूमिश्वर ढकाल, कृषि तथा भूमि व्यवस्था मन्त्रीमा गुल्मीका दिनेश पन्थी, ...








