सत्ता गठबन्धनलाई भोट क्रसको डर


१९ फागुन, काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउन शुक्रबार सातै प्रदेशमा सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको छ ।सबै प्रदेश राजधानीमा भएको ७ दलका प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रम बागमती प्रदेशका सांसदहरुका लागि भने काठमाडौंको बानेश्वरमा राखिएको थियो ।कार्यक्रममा नेताहरुले पौडेलले राष्ट्रपति जित्ने निश्चित रहेको बताएका छन् । तर सँगै, उनीहरुमा एउटा चिन्ता पनि देखिन्थ्यो । त्यो चिन्ता अनौपचारिक सम्वादमा मात्र होइन मञ्चबाट समेत नेताहरुले प्रकट गरे ।‘एमालेका उम्मेदवार जनतातिको उम्मेदवार, त्यसो हुनाले जनजातिहरुले जनजातिलाई नै भोट हाल्नुपर्छ भन्ने टाइपको तपाई हामीलाई पनि भ्रम सिर्जना गर्ने टाइपका कुरा आएका छन्’, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले मञ्चबाटै भनेका थिए । उनले एमालेले आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई जनजाति भनेर मत मागिरहेकाले त्यस्तो भ्रममा नपर्न सांसदहरुलाई आग्रह गरे ।पाण्डे एमालेप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए । ‘भुलवश कुनैपनि साथीले यस्ता कुरालाई आधार बनाएर भोट हाल्ने कुरा हुन दिन हुँदैन’, उनले प्रदेशसभा सदस्यहरुलाई सचेत गराए ।यसपछि कांग्रेस नेताहरुले पनि एमालेको गतिविधिप्रति आशंका गरे । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राष्ट्रपति चयन जात, धर्म वा लिंगको आधारमा हुन नहुने बताए । ‘नेपाली कांग्रेसको आदरणीय व्यक्तित्व रामचन्द्र पौडेललाई मतदान गर्नु हामी सबैको ऐक्यवद्धता छ’, बानियाँले भने, ‘हामी सबै एकै ठाउँमा छौं । यहाँ कुनै जात, धर्म, कुनै लिंगको कुरा छैन ।’पौडेलले राष्ट्रपतिको चुनाव जित्नेमा गठबन्धन ढुक्क रहेपनि मत परिवर्तन गराउने खेल हुन सक्ने शंका गरे । ‘मतलाई परिवर्तन गराउन खोज्ने तत्वहरुको खेल हुनसक्छ’, उनको आशंका थियो, ‘तर भ्रम र लोभमा लामो इतिहास बोकेको नेपाली कांग्रेस पार्टी पर्दै, पर्दैन । अरु दलका साथीहरु पनि पर्दैनन् ।’उनले २५ गतेसम्म सांसदहरुलाई सम्पर्कमा रहन आह्वान पनि गरे ।

कार्यक्रमको कांग्रेस महामन्त्री थापाले पनि मत परिवर्तन गराउने एमाले प्रयत्न सफल हुन नदिइने बताए ।‘नेकपा एसको कार्यालयमा गयो, नेकपा एस हामीलाई मत दिन सकारात्मक भएको छ भन्यो, लोसपा कार्यालयमा गयो, लोसपा मत दिन सकारात्मक छ भन्यो, अन्त गयो अरु केही भन्यो’, थापाले भने, ‘यो तहसम्म आएर साथीहरु निर्वाचनका बेलामा अलमल्याउने कोशिस गर्नुभएको छ ।’राष्ट्रपति जित्न आवश्यक मतभारको समीकरण हेर्दा पनि एमालेले मत क्रस नगराई आफ्नो उम्मेदवारलाई जिताउन सक्ने अवस्था छैन । संविधानको धारा ६२ (३) अनुसार, राष्ट्रपति जित्न ५१ प्रतिशत अर्थात्, २६ हजार ३९४ मत आवश्यक पर्छ । तर अहिलेको सत्ता समीकरणको मतभार प्रष्ट पौडेलको पक्षमा छ ।संसदको सबैभन्दा ठूलो दल कांग्रेससँग मतभार १६ हजार २६९ छ । एमालेको १५ हजार १५४ र माओवादी केन्द्रको ७ हजार ६४९ छ । राष्ट्रिय स्वतन्त्र पार्टीको १ हजार ५८०, राप्रपाको २ हजार ४५०, जसपाको २ हजार १४५ र एकीकृत समाजवादीसँग २ हजार ५७४ मतभार छ ।साना दलहरु जनमत पार्टीसँग १ हजार २४२, लोसपासँग ९७१, नागरिक उन्मुक्तिसँग ८१३, नेमकिपासँग २२३ र राष्ट्रिय जनमोर्चासँग २०६ मतभार छ ।सत्ता गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाको मत जोड्दा ३१ हजार ८६९ मतभार हुन्छ ।

तर एमालेसँग भने १५ हजार १५४ मतभार मात्रै छ । सबै पार्टीसँग मत मागिरहेको भए पनि अहिलेसम्म एमालेलाई अरु कुनै पनि दलले राष्ट्रपतिमा सघाउने स्पष्ट प्रतिवद्धता जनाएका छैनन् । १ हजार ५८० मतभार रहेको राष्ट्रिय स्वतन्त्र पार्टी र २ हजार ४५० मतभार रहेका राप्रपा अझैं खुलिसकेका छैनन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग रास्वपा सम्वादमै छ । यदि रास्वपाले मत दिए आठ दलीय गठबन्धनको मतभार झनै बढ्नेछ ।

पछिल्लो गतिविधि हेर्दा राप्रपाको झुकाव एमालेतिर देखिन्छ । यदि राप्रपाले सघाएमा एमाले उम्मेदवारको मत १७ हजार ६०४ पुग्छ । त्यसमा रास्वपाले पनि एमालेलाई नै सघायो भने १९ हजार १ ८४ हुन्छ । यति गर्दा पनि एमालेको उम्मेदवार राष्ट्रपतिमा चुनिन थप ७ हजार २ १० मतभार पुग्दैन ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...