देशभक्तले देखेको नेपाल


श्रीराम ज्ञवाली
हिजो विश्वका देशहरुमै अग्रपंक्तिमा आउने नेपाल आज आइपुग्दा विकासको हिसाबले अविकसित देश बन्न बाध्य छ । मानव सभ्यताको शुरुवात देखि संस्कार, संस्कृति प्रकृतिको वरदान पाएको हाम्रो देश हो नेपाल । यहाँ गौतमबुद्ध जस्ता महामानवको देश, पृथ्वीनारायण शाह जस्ता साहसी दुरदर्शीहरुको देश, सगरमाथा जस्तो संसारकै उच्च शिखर रहेको देश, जलस्रोतको दोस्रो देश, भौगोलिक विविधता, हावापानी मानव अनुकुल रहेको देश, जडीबुटीको खानी साथै धेरै खनिज पदार्थ रहेको प्रमाणित भएको देश हो नेपाल ।
हिजोको गर्विलो इतिहास रहेको देश आजका पुस्ताका कारणले भोलिका पुस्तालाई एकादेशको भन्ने कथनमा सिमित हुन पुग्छ कि भन्ने चिन्ताको विषय बनेको छ । नेपाल दिनानुदिन परनिर्भरता बढ्दै गएको छ । देशमा हुने राजनीतिक, प्रशासनिक हरेक क्षेत्रमा विदेशी प्रभाव छ । यति सम्म कि देशमा राजनीतिक नेतृत्व तथा सरकार गठन हुने विघटन हुने जस्ता विषयहरुमा विदेशीका इशारामा चल्नुपर्ने बाध्यता बढ्दै गएको छ । देशको आर्थिक नीतिमा पनि विदेशीको प्रभाव र उनीहरुको अनुकुलतामा चल्ने गरेको छ । सम्वैधानिक निकायमापनि उत्तिकै प्रभाव छ । नियम कानुन बनाउने परिमाजृन गर्ने पद्धतिहरुमा पनि उत्तिकै प्रभाव छ । देशको आर्थिक नीतिमा विदेशीको प्रभाव छ । देशमा दिनप्रतिदिन परनिर्भरता बढ्दै गइरहेको छ । प्रतिव्यक्ति वैदेशिक ऋण नेपालीहरुले थेग्न नसक्ने अवस्था दिनानुदिन बढ्दो छ । यहि प्रक्रियाबाट नेपाल र नेपालीको स्वाभिमान रहला वा नरहला ?
हाम्रो देशमा प्रशस्त सम्भावनाहरु नभएको भए, नेपालीहरु असक्षम भएको भए स्वीकारोक्ती हुन सक्थ्यो तर नेपाललाई विकास गर्न नेपालकै कृषि उपज, जडिबुटी, जलस्रोत, जलविद्युत, पर्यटन, संस्कार, संस्कृति जस्ता महत्वपूर्ण विषयहरुबाट आत्मनिर्भर र वैदेशिक मुद्रा आयआर्जन गर्न सक्ने प्रशस्त सम्भावनाहरु छन् ।
जापान जस्ता मुलुकहरुले वर्षेनी भूकम्पको सामना गर्दै पुनः संरचना निर्माण गर्दै विकसित मुलुक बन्न सक्छन् भने हामीलाई के र कुन कुराले छेक्छ ? इच्छा शक्ति, विकासका सुत्राधारहरु बमोजिम अल्पकालिन र बहुवर्षीय योजनाहरु पुरा गर्दै क्रमिक रुपमा अगाडि बढ्न के र कस्ले अवरोध गर्छ ? माटो सुहाउँदो शिक्षा प्रणाली विकास गर्न के र कस्ले अवरोध ग¥यो ?
विभिन्न कालखण्डमा देशमा धेरै नरसंहार र धनको क्षति भएको छ । यसबाट सर्वसाधारण नागरिकले के पाए ? उनीहरुले दैनिकी जोहो र प्रतिव्यक्ति वैदेशिक ऋण कसरी थेग्न सक्छन् ? टाठाबाठा भनाउँदाहरुका लागि सात पुस्ता रमाउन पुग्ने गरी आयआर्जन भएको छ । उनीहरु नै राष्ट्रियताका कुरा उठाउने वर्गमा पर्छन् । उनीहरु नै राजनीतिज्ञ ठहरिने वा राजनीतिज्ञ भउका छन् । राजनीतिज्ञले के आफू र आफ्नो परिवार, नाता इष्टमित्रलाई मात्र सात पुस्ता पुग्नेगरी कमाइदिन भन्छ । यो विकृतिले नै आज नेपालको यो अवस्था पुग्न गएको हो । राजनीतिकर्मीले राज्यले थेग्न सक्ने सेवा सुविधा लिएर देश र नागरिकको सेवा गर्नुपर्ने होइन र ?
शासन गर्ने अगुवाहरुले हिजो कहाँ थियौं, आज कहाँ छौं, भोलि कहाँ पुग्ने भन्ने विषयमा गम्भिर हुन पर्दैन ? कमाउने नियत भए, उद्योग व्यवसाय गरेर बसे भइहाल्यो नी ! भ्रष्टाचारले नै देश डुब्न लागेको हो ।
निजामति कर्मचारीमा पनि त्यस्तै अनियमितता छ । राज्यको स्थायी कर्मचारी भएपछि राज्यले दिने सेवा सुविधामा आफ्नो योग्यताले भेटेसम्म सेवा दिनुपर्ने होइन र ? घुसपैठ, भ्रष्टाचार अत्याधिक छ यो क्षेत्रमा पनि ।
उद्योग व्यवसाय गर्नेहरुले आफ्नो उत्पादित बस्तुभाउको लागत राखेर उचित मूल्य निर्धारण गरी बिक्री वितरण गर्नुपर्ने, राज्यलाई राजस्व तिर्नुपर्ने होइन र ? यहाँ जति सक्छ, उति ठग्छ भन्ने कथन सर्वत्र देखिन्छ । यो नियन्त्रण गर्नुुपर्ने होइन र ? न्यायालयमा पनि जसले आर्थिक चलखेल गर्न सक्छ ? जो पहुँचमा छ उहि दोषी भएपनि निर्दोष ठहरिन्छ । न्यायालयले निष्पक्ष न्याय दिनुपर्ने होइन र ? स्वास्थ्य र शिक्षामा व्यापार छाडेर सरकारले अपनत्व लिनुपर्ने होइन ?
यो विकृतीको एउटै कारण हो पुँजीवाद । देशमा समाजवाद स्थापना गर्ने जनधनको क्षति ब्यहोरेका नेपाली जनताले न्याय पाएनन् । जसले समाजवादका चर्का कुरा गर्छ उनै पुँजीवादको मतियार बनेको देखिन्छ । यसरी भनाई र गराइमा एकरुपता आउने परिणाम भनेको नरसंहार नै हो ।


यी र यस्ता विकृतिलाई परिमार्जन गरी माटो सुहाउँदो शिक्षा, विश्व बजारले खोजेको विज्ञान प्रविधि, श्रममा विश्वास गर्ने संस्कार, आत्मनिर्भरताको नीति, घुसपैठ, भ्रष्टाचार, निर्मुुल, पर्यटन विस्तार, आवधिक योजना र दीर्घकालिन योजना जस्ता महत्वपूर्ण सूचाङ्कबाट देश र जनतामा समृद्धि आउन सक्छ । नेपाललाई राजनीतिकर्मीहरुले कहिले स्वीजरल्याण्ड कहिले कुन देश बनाउँछौं भनि भ्रम सिर्जना गरिदिन्छन् । यो भ्रममा पार्ने र पर्ने मात्र हो । नेपाललाई प्रशस्त जलस्रोत हुनाले लिफ्टीङ्ग सिस्टमबाट सिंचाई गरी कृषिमा निर्यातमुखी बनाउने, पिउने पानी सम्पूर्ण नागरिकलाई उपलब्ध गराई ब्राण्डिङ्ग गरेर विश्व बजारमा निर्यात गर्न सकिन्छ । विद्युत प्रशस्त उत्पादन गरी निर्यातबाट प्रशस्त आयआर्जन गर्न सकिन्छ । देशमा उपयोग हुने विज्ञान प्रविधिमा लाग्ने उर्जा विद्युतीय बनाई आत्मनिर्भर बन्न सकिन्छ र वातावरण प्रदुषण रोक्न सकिन्छ ।
नेपालका जडिबुटीहरु प्रशोधन गरी उत्पादन गरी गुणस्तरीय स्वास्थ्य उपचार गर्न सकिन्छ र विदेशमा निर्यात गरी प्रशस्त आयआर्जन गर्न सकिन्छ । हाम्रो देश भौगोलिक विविधता, हावापानीमा विविधता, कला, संस्कृति, बहुभाषिक, बहुधार्मिक, संस्कार रहेकोले पर्यटन क्षेत्रमा प्रशस्त आयआर्जन गर्न सकिन्छ ।
कृषि उपज, जलस्रोत जडिबुटी र पर्यटनलाई प्राथमिकता दिने हो भने योजना बनाई क्रमिक रुपमा अगाडि बढ्ने हो भने देश समृद्ध बन्न सक्छ ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...