विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा
काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ।एटलान्टास्थित मर्सिडिज–बेन्ज रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा निर्धारित समय सकिनै लाग्दा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।खेलको दोस्रो हाफमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको अधिकांश समय अग्रता जोगाएको इङ्ग्ल्यान्ड अन्तिम क्षणमा दबाब थेग्न नसक्दा सन् १९६६ पछि दोस्रो पटक विश्वकप फाइनल पुग्ने सपना फेरि अधुरै रह्यो ।
तेस्रो विश्व उपाधि विजेता तथा साविक च्याम्पियन अर्जेन्टिनाले बराबरी गोलको खोजीमा लगातार आक्रमण गरे पनि सुरुआती प्रयास सफल हुन सकेका थिएनन् । कप्तान लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले धेरै अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्...







