विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा



काठमाडौँ
अर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा स्थान सुरक्षित गरेको छ।
एटलान्टास्थित मर्सिडिज–बेन्ज रङ्गशालामा सम्पन्न दोस्रो सेमिफाइनलमा निर्धारित समय सकिनै लाग्दा अर्जेन्टिनाले अविश्वसनीय पुनरागमन गर्दै फाइनलमा स्पेनसँगको भेट पक्का गरेको हो ।
खेलको दोस्रो हाफमा एन्थोनी गोर्डनले गोल गर्दै इङ्ग्ल्यान्डलाई अग्रता दिलाएका थिए । खेलको अधिकांश समय अग्रता जोगाएको इङ्ग्ल्यान्ड अन्तिम क्षणमा दबाब थेग्न नसक्दा सन् १९६६ पछि दोस्रो पटक विश्वकप फाइनल पुग्ने सपना फेरि अधुरै रह्यो ।

तेस्रो विश्व उपाधि विजेता तथा साविक च्याम्पियन अर्जेन्टिनाले बराबरी गोलको खोजीमा लगातार आक्रमण गरे पनि सुरुआती प्रयास सफल हुन सकेका थिएनन् । कप्तान लियोनल मेसीको नेतृत्वमा अर्जेन्टिनाले धेरै अवसर सिर्जना गरे पनि इङ्ग्ल्यान्डका गोलरक्षक जोर्डन पिकफोर्डले उत्कृष्ट बचाउ गर्दै टोलीलाई लामो समयसम्म खेलमा अगाडि राखेका थिए ।

खेलको ६९औँ मिनेटमा मेस्सीको सटिक पासमा निको गोन्जालेजले गरेको प्रहार पिकफोर्डले शानदार रूपमा बचाएका थिए । त्यसको सात मिनेटपछि पनि उनले अलेक्सिस म्याक एलिस्टरको प्रहार रोकेका थिए। त्यसअघि म्याक एलिस्टरको अर्को प्रहार पोस्टमा लागेको थियो । तर ८६औँ मिनेटमा एन्जो फर्नान्डेजले करिब २० गज टाढाबाट दर्शनीय प्रहार गर्दै अर्जेन्टिनालाई १–१ को बराबरीमा पुर्‍याएका थिए ।

त्यसपछि ९०औँ मिनेटमा म्याक एलिस्टरको अर्को प्रहार पुनः पोस्टमा लागे पनि त्यसलगत्तै मेस्सीले दिएको उत्कृष्ट क्रसलाई वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले नजिकैबाट हेडमार्फत जाली चुमाउँदै निर्णायक गोल गरेका थिए ।

यस जितसँगै अर्जेन्टिनाले लगातार दोस्रो पटक विश्वकपको फाइनल यात्रा तय गरेको छ भने उपाधिका लागि अब स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...