१६ बर्ष पछि स्पेन विश्वकपको फाइनलमा, फ्रान्सलाई २-० गोल अन्तरले पराजित



काठमाडौँ
स्पेनले फिफा विश्वकप फुटबलको सेमिफाइनलमा बलियो दाबेदार मानिएको फ्रान्सलाई २-० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ । स्पेन १६ बर्ष पछि फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेकाे हाे ।
डलास रङ्गशालामा भएको खेलमा स्पेनले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै फ्रान्सका आक्रमणलाई प्रभावहीन बनाएको थियो । अवसर कम सिर्जना भएको खेलमा स्पेनले बलमाथिको नियन्त्रण कायम राख्दै जित दर्ता गर्न सफल भएकाे हो ।

स्पेनका लागि पहिलो गोल मिकेल ओयारजाबालले पहिलो हाफको मध्यतिर पेनाल्टीमार्फत गरेका थिए । फ्रान्सका बायाँ रक्षक लुकास डिन्येले लामिन यामालमाथि फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो। ओयारजाबालले त्यसलाई सहज रूपमा गोलमा परिणत गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पनि स्पेनले आफ्नो लय कायम राख्यो । खेलको नियन्त्रण आफ्नो पक्षमा राखेको स्पेनका लागि पेड्रो पोरोले डानी ओल्मोसँग उत्कृष्ट पास आदानप्रदानपछि नजिकको कुनाबाट गोल गर्दै अग्रता दोब्बर बनाए ।

त्यसपछि फ्रान्सले खेलमा फर्कने प्रयास गरे पनि स्पेनको अनुशासित र संगठित रक्षापङ्क्ति तोड्न सकेन । प्रतियोगिताभर एक गोल मात्र बेहोरेको स्पेनले अन्तिमसम्म संयमित प्रदर्शन गर्दै सहज जित सुरक्षित गर्यो ।

यस हारसँगै लगातार तेस्रो पटक विश्वकपको फाइनल पुग्ने फ्रान्सको सपना समाप्त भएको छ । अब फ्रान्सले तेस्रो स्थानका लागि हुने खेल खेल्नेछ । साथै, १४ वर्षदेखि टोली सम्हालिरहेका मुख्य प्रशिक्षक डिडियर डेसचाम्पको कार्यकाल पनि यही प्रतियोगितापछि समाप्त हुनेछ ।

अब स्पेन उपाधि भिडन्तका लागि न्यु जर्सी पुग्नेछ। फाइनलमा स्पेनले इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

१६ बर्ष पछि स्पेन दोस्रो पटक विश्वकपको उपाधि नजिक रहेको छ । स्पेनले यसअघि २०१० मा विश्वकप उपाधि जितेको थियो ।

छुटाउनुभयो कि ?

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

औषधि व्यवस्था विभागद्वारा ४७ प्रकारका औषधिको पैठारी र उत्पादनमा रोक

काठमाडौंऔषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टिआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ प...
बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...