सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र


बुटवल
होल्डिङ सेन्टरमा भूमिहीनहरू भाेकभाेकै छन् । उनीहरूले राम्रो संग खाना पाएका छैनन् । पिउने पानी समेत उपलव्ध छैन ।
जसकाे मारमा बालबालिका, ज्येष्ठ नागरिक र विरामी सबैभन्दा बढी मारमा परेका छन् । आँखै अगाडि भोकले छटपटिएका आफ्ना छोराछोरीलाई एक दाना अन्न खुवाउन नसक्ने आमाबाबुमाथि के बित्यो होला ? त्यहाँको कारुणिक दृष्य देख्दा कस्को मन नदुख्ला।
एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘कस्ता कस्ता कठिन अवस्थामा मान्छे काठमाडौमा सर्भाइभ गरेर अगाडि बढिराखेका हुन्छन् । तर उहाँहरूलाई त सरकारले २५ हजार दिइराखेको छ अनि त्यति बलिया हातखुट्टा छन् गरेर खान नसक्ने होर भन्या !’

अर्का प्रयोगकर्ताकाे उपदेश यस्तो छ, ‘सुकुमवासीहरूले चाहिँ कामै गर्न नपर्ने हो? सरकारले दिएको २५ हजार छ आफू पनि काम गर्नु पुग्दैन ? सरकारलाई घुर्की लाएर खान पल्किसके ।’

सुकुमवासीहरूलाई हियाउने र व्यंग्यको विषय बनाएर पनि धेरै कमेन्ट गरिएका छन् । सुकुमवासीहरूलाई आमनागरिकको तुलनामा थप सुविधा दिईएको र उनीहरूले सरकारबाट बिनाश्रम थप कुरा प्राप्त गर्न खोजेको भन्दै गालीगलाैज गरिएका छन् ।
काठमाडौंका नदी किनारका बस्तीमा डोजर लगाउँदा भने सरकारले सबै सुकुमवासीको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको थियो । उनीहरूले बाहिर बस्ने कोठा पाए लगत्तै होल्डिङ सेन्टर छाड्दै बताउँदै आएका थिए । तर सरकारले बीचैमा खाना दिन छाडेपछि भुमिहीनहरूले आफ्नो पीडा सार्वजनिक गरेका थिए ।

संविधानले पनि हरेक नागरिकको गासवास र कपासको हकको सुनिश्चितता गरेको छ । तर यस्तो पीडा खरिपाटीको होल्डिङ सेन्टरमा सीमित छैन ।

कीर्तिपुरस्थित होल्डिङ्ग सेन्टरका भूमिहीनहरूले खाना नपाएको भन्दै थाल ठटाएर विरोध गरेका थिए । कान्तिपुर दैनिकले आफ्नो फेसबुकमा राखेकाे सामग्रीमा सामाजिक सञ्चाल प्रयोगकर्ताहरूले मिडियाहरूले सरकार विरूद्ध दुस्प्रचार गरेको आरोप लगाएका छन् ।

एमबी शाहीले लेखेका न् , ‘यिनलाई लखेटेर भगाउन यार रोडतिर । जेसुकै गरि खान्छन् । जग्गा बेच्दै खादै हिड्ने दलाली गरेर खान पल्केकाहरू, कमाउन जाँगर छैनन् । एक ठाउँमा कब्जा गर्यो ८/१० वर्ष पछि बेच्यो । अनि अर्को ठाउँमा कब्जा गर्यो ।’

बनेपास्थित होल्डिङ सेन्टरमा पनि पानी र चाउचाउको भरमा नागरिकहरूले भोक टार्नु परेको थियो । त्यति मात्र होइन, २५ हजारको साटो सरकारले आवासको व्यवस्थापन गरिदिए हुने भन्ने उनीहरूको माग पनि थियो । सो भिडियो पनि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
तर, कमेन्ट सेक्सन भने सुकुमवासीप्रति व्यङ्ग्य र खिसीट्युरीले भरिएको छ । उनीहरूका दु:खपीडाहरूलाई सामान्यीकृत गरेर प्रतिकिया व्यक्त भएको छ । केदार शिवाकोटीले लेखेका छन्, ’के चिन्ता गरेको ७० वर्ष पुगे पछि दिन्छ त महिनाको ४ हजार सरकारले । अहिले आफ्नो काममा जाओ ।’

सामाजिक सञ्जालहरूमा असंवेदनशीलता सुकुमवासीहरूको विषयमा मात्र सीमित छैन । केही दिनअघि ललितपुरको इमाडोलस्थित सार्वजनिक स्थलमा एक सरकारी अधिकृतले एक महिलालाई संवेदनशील अंग देखाएको कुरा सार्वजनिक भयो । उक्त भिडियो ऋतु खनाल युजरनेमबाट टिकटकमा सार्वजनिक भएको थियो ।

उनलाई प्रहरी प्रशासनले पक्राउ त गर्यो । कानुन अनुसार कारबाही पनि अघि बढाएको बतायो । टिकटकमा अधिकांश प्रतिक्रिया त सकारात्मक नै देखिन्छन् । तर, अन्य मिडिया या फेसबुक पेजमा यस विषयमा प्रकाशित सामग्रीहरूमा भने प्रशस्तै असंवेदनशील कमेन्ट गरिएका छन् ।

एक जना प्रयोगकर्ताले त व्यंग्यात्मक शैलीमा महिलाहरूले यस्ता कुरालाई सामान्य लिनुपर्ने कमेन्ट गरेका थिए । विभिन्न पेजहरूमा पीडित महिलाको कुरालाई अतिरन्जित भनिएको छ ।

यी दुई घटनामा आएका प्रतिक्रिया हाम्रो समाज कुन तहमा झरेको रहेछ भन्न देखाउन पर्याप्त छ । सूचना प्रविधिकाे विकासले आफ्ना धारणा व्यक्त गर्न सहज भएको छ । साझा मञ्चमा पहुँच बढेको छ । सँगसँगै मान्छे अरूकाे पीडामा कतिसम्म असंवेदनशील बन्न सक्दाेरहेछ भन्ने पनि उजागर गरिरहेकाे छ ।

समाजशास्त्री दिपेश घिमिरे सामाजिक सञ्जालमा देखिएका ‘हेट स्पीच’, असंवेदनशीलता लगायतका नकारात्मक पाटाहरूलाई ‘अभिव्यक्ति अराजकता’ को संज्ञा दिन्छन् । उनी अभिव्यक्ति स्वतन्त्रतासँगै त्यसलाई व्यवस्थित गर्ने कानुनकाे अभाव देख्छन् ।

‘नेपालमा सामाजिक सञ्जाल २००५/६ तिर आएको हो । तर, आजसम्म पनि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूको अभिव्यक्तिलाई कसरी व्यवस्थित र मर्यादित भन्ने विषयमा कुनै नीतिगत उपलब्धि हुन सकेको छैन,’ घिमिरे भन्छन् ।

सञ्चारविज्ञ घमराज लुइँटेल संसारभरि सामाजिक सञ्जालको ट्रेण्ड लगभग यही भइसकेको कुरा बताउँछन । ‘सामाजिक सञ्जालहरूमा सामाजिक मुद्दाहरूलाई हलुका तुल्याउन खोज्नु गलत र दुखद कुरा हो । तर, यो साझा नियति जस्तै बनिसकेको छ । फेरि सामाजिक संजाल खराब हो भनेर प्रयोग नै नगर्ने हैन । डिजिटल लिटरेसी, मिडिया लिटरेसी जस्ता कुरामा फोकस गर्नु पर्छ,’ लुइँटेल भन्छन् ।
त्यसमाथि आजकल प्रयोगकर्ताहरू आफ्नो व्यवसायिक या राजनीतिक उद्देश्यका लागि आफ्ना सामग्रीहरू सामाजिक सञ्जालमा नै प्रचार गर्ने गरेका छन् । अकाउन्ट मोनिटाइजेशन भएपछि त आयआर्जनका लागि भए पनि आफ्नो व्यक्तित्वभन्दा पनि भिन्न कुराहरू लेख्ने चलन बढेर गएको छ ।

त्रिभुवन विश्वविद्यालयका अध्यापक समाजशास्त्री घिमिरे भने समाजमा व्याप्त मनोविज्ञानको प्रतिबिम्ब सामाजिक सञ्जाल देखिएको बताउँछन् । उनी भन्छन्, ‘सामाजिक सञ्जालका यस्ता कमेन्टहरू देख्दा नेपाली समाजमा समानुभूतिशीलता विस्तारै खस्कँदै गएको छ। ’

छुटाउनुभयो कि ?

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

बुटवल'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसाल...
सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

बुटवलहोल्डिङ सेन्टरमा भूमिहीनहरू भाेकभाेकै छन् । उनीहरूले राम्रो संग खाना पाएका छैनन् । पिउने पानी समेत उपलव्ध छैन ।जसकाे मार...
ज्ञानज्योति पुस्तकालयले गर्याे भानुजयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता

ज्ञानज्योति पुस्तकालयले गर्याे भानुजयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता

बुटवलबुटवलको ज्ञानज्योति पुस्तकालयले २१३औं भानुजयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको...
देशका पहाडी तथा तराईका विभिन्न भू-भागमाआज भारी वर्षाको सम्भावना

देशका पहाडी तथा तराईका विभिन्न भू-भागमाआज भारी वर्षाको सम्भावना

काठमाडौंहाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।देशभर साधारण...