मुग्लिन-नारायणगढ र कालीगण्डकी करिडोर सडक सञ्चालनमा



बुटवल
विभिन्न ठाउँमा पहिराले अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

यो सडक खण्डका तुइनखोला, केराबारी र जलबीरेमा पहिरो गएको थियो । तीनै ठाउँको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार आज बिहानैदेखि मेसिन परिचालन गरीसडकको पहिरो हटाएसँगै सवारी साधर दुईतर्फी सञ्चालनमा आएका हुन् ।

सोमबार साँझ विभित्र ठाउँमा पहिरो आएर जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय चितवनले सवारी चलाउन रोक लगाएको थियो ।
सडक सञ्चालन भएपनि साँझदेखि होल्ड भएकोले सवारी साधनको चाप बढेको छ ।

पहिरोले अवरुद्ध कालीगण्डकी कोरिडोर ८ घण्टापछि सञ्चालन

वर्षासँगै आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना काली गण्डकी कोरिडोर आठ घण्टापछि सञ्चालनमा आएको छ । कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८ बेलबगरमा आज बिहान लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध भएको थियो ।

बिहानदेखि पहिरो पन्छाउने उपकरण प्रयोग गरेर कोरिडोर सञ्चालनको पहल गरिएकामा करिब आठ घण्टापछि सडक खुलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए । निरन्तर वर्षा र लेदोसहितको पहिरो बगिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ ।
पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सञ्चालन हुने यातायात ठप्प भएका थिए भने मुक्तिनाथ जाने पर्यटक अलपत्र परेका थिए । सडक खुलेसँगै सवारीसाधन गन्तव्यतर्फ लागेका प्रहरी नायब उपरीक्षक त्वातीले बताए । “निरन्तर वर्षा र बगिरहेको लेदोसहितको पहिरोका कारण सडक खुलाउन समय लाग्यो ।

लामो प्रयासपछि अहिले सडक खुलेको छ,” उनले भने, “सडक जोखिमपूर्ण छ, यात्रा गर्दा सतर्कता अपनाएर यात्रा गर्न सवारी चालक तथा यात्रु सबैमा आग्रह गर्दछौँ ।”

छुटाउनुभयो कि ?

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...
रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

रुपन्देहीमा लाइसेन्सको नतिजामै किर्ते, फर्जी तरिकाले लाइसेन्स बाँडेको खुलासा

बुटवलयातायात व्यवस्था कार्यालय, रुपन्देहीमा लिखित तथा प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल गरी १३ जनालाई गैरकानुनी रूपमा सवारी ...