मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ



बुटवल
‘इन्टिमेट पार्टनर’ भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसालाई बुझिन्छ । यस्तो हिंसाले पीडितमा सबैभन्दा पहिले डर र असुरक्षाको भावना पैदा गर्छ ।

जुनसुकै बेला पनि केही हुन सक्छ भन्ने भयका कारण उनीहरू सधैं सतर्क रहनुपर्ने अवस्थाबाट गुज्रिन्छन् । यसका कारण झस्किने, आत्तिने, आत्मविश्वास गुम्ने, दैनिकीप्रति रुचि घट्नेजस्ता लक्षण देखिन थाल्छन् । हिंसा लामो समयसम्म निरन्तर भइरहँदा सहयोग गर्ने व्यक्ति नपाएपछि निराशा, एक्लोपन र भावनात्मक थकान बढ्दै जान्छ ।

कतिपय अवस्थामा अत्यधिक चिन्ता, डिप्रेसन र पोस्ट–ट्रम्याटिक स्ट्रेस डिसअर्डरजस्ता मानसिक स्वास्थ्य समस्या नै देखिन्छन् । पीडितहरूमा निद्राको समस्या, चिडचिडापन, बिनाकारण रिस आउने, लाज र अपराधबोधको भावना पनि देखिन्छ । यी सबैले घरायसी र पेसागत जीवन दुवैमा असर पार्छ । गम्भीर अवस्थामा आत्महत्यासम्बन्धी सोचसमेत देखिने गरेका छन् ।
यस प्रकारको हिंसाबाट पीडित भएर उपचार वा परामर्श लिन धेरै संख्यामा आउनुहुन्छ । केही व्यक्ति सिधै ‘ममाथि हिंसा भयो’ भनेर आउनुहुन्छ भने धेरैजसो पीडित शारीरिक लक्षण लिएर आउनुहुन्छ । टाउको दुख्ने, पेट दुख्ने, झमझम हुने, शरीर थकित हुने जस्ता समस्या देखाएर आउनुहुन्छ ।

जब विस्तारै पारिवारिक र वैवाहिक इतिहासबारे सोधिन्छ, तब इन्टिमेट पार्टनर भायलेन्सको पाटो खुल्दै जान्छ । नेपालमा अझै पनि मानसिक पीडा सिधै व्यक्त गर्न सक्ने संस्कृति बलियो छैन ।

यस्तो हिंसालाई धेरैले सामान्यजस्तो किन ठान्छन् ? यसका धेरै कारण छन् । पहिलो, प्रतिशोधको डर । हिंसाको कुरा बाहिर ल्याए हिंसा झन् बढ्छ कि भन्ने भय धेरैमा हुन्छ । कतिपयले कुरा बाहिर राखेपछि झन् दुर्व्यवहार बढेको अनुभव गरेका हुन्छन् ।
दोस्रो, ‘ट्रमा बन्डिङ’ । जसले हिंसा गरिरहेको हुन्छ, त्यही व्यक्तिसँग भावनात्मक रूपमा बाँधिएको अवस्था हुन्छ । ‘ऊ मेरो श्रीमान् हो’, ‘मेरो दायित्व हो’ भन्ने सोचले पीडितले आफ्नै पीडालाई दबाउँछन् ।

तेस्रो, आत्मदोष । धेरै महिलाले हिंसालाई आफ्नो कमजोरी ठान्छन् । ‘मेरो कारणले भयो’, ‘मैले डिजर्भ गरेँ’ भन्ने मानसिकता देखिन्छ ।

यससँगै सांस्कृतिक प्रभाव पनि गहिरो छ । ‘सबै घरमा अलि–अलि त हुन्छ’, ‘समयसँगै मिल्दै जान्छ’ भन्ने सामान्यीकरण गरिन्छ । विशेषगरी विवाह जोगाउने, परिवार नटुटोस् भन्ने दबाबले पीडित मौन बस्न बाध्य हुन्छन् ।
आर्थिक निर्भरता र सामाजिक दृष्टिकोणले पनि असर गर्छ । आर्थिक रूपमा श्रीमान् वा पार्टनरमा निर्भर महिलामा उजुरी गरे भविष्य झन् असुरक्षित हुन्छ कि भन्ने डर हुन्छ । बालबालिकाको भविष्य, समाजको दृष्टिकोण, डिभोर्सपछि हुने बहिष्कार यी सबैले उनीहरूलाई सहन बाध्य बनाउँछन् ।

अर्को समस्या भनेको सेवा र जानकारीको अभाव हो । कानुनी अधिकार, सहयोगका नम्बर, सुरक्षित आश्रयस्थलबारे जानकारी नहुँदा पनि पीडित मौन बस्न बाध्य हुन्छन् । कतिपय अवस्थामा स्वास्थ्य सेवा प्रदायकले पनि यस्तो हिंसालाई गम्भीर रूपमा नलिने समस्या देखिन्छ । सबैभन्दा ठूलो चुनौती भनेकै मौनता हो । हिंसाबारे बोल्न नसक्ने अवस्था, सहयोग खोज्दा उल्टै दोषी ठहरिने डर र अधिकारबारे जानकारीको कमी । जबसम्म पीडित सुरक्षित महसुस गरेर बोल्न सक्दैनन्, तबसम्म इन्टिमेट पार्टनर भायलेन्स अदृश्य नै रहन्छ ।

छुटाउनुभयो कि ?

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

लुम्बिनीका १ हजार २ सय ६ पत्रकारको दुर्घटना बीमा, ५ लाख ६५ हजारको जोखिम बहन

बुटवललुम्बिनी प्रदेशमा कार्यरत १ हजार २०६ जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ । पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर...
भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी विपत्ति अपडेट – थुनिएको नदी फुट्दा बाढी, अझै पूरा खुल्न बाँकी: बाढी पूर्वानुमान महाशाखा

काठमाडौँभोटेकोशी नदीमा ठूलो मानवीय तथा भौतिक क्षति गराउने गरी एकाएक बाढी आउनुको कारण के हो भन्ने अहिले चासोको विषय बनेको छ। ...
इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्मजयन्ती आज मनाइँदै

काठमाण्डौ – इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजन...
आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौंप्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन् । मंगलबार स्थगि...