ज्ञानज्योति पुस्तकालयले गर्याे भानुजयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता


बुटवल
बुटवलको ज्ञानज्योति पुस्तकालयले २१३औं भानुजयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको छ।
रुपन्देहीका २० विद्यालयहरुको सहभागीता रहेको प्रतियोगितामा ज्ञानज्योति माविले प्रथम स्थान हासिल गरेको छ भने तिनाउ इङ्लिस वोर्डिङ स्कुल द्वितीय, न्यु होराइजन मावि तृतीय तथा दिप वोर्डिङ हाई स्कूलले सान्त्वना हासिल गरेका छन्। श्री जनज्याेति माविका निश्मा गाैतम र निमेश गाैतम प्रथम, तिनाउ इङ्लिस बाेर्डिङ स्कुलका साेनाक्षी क्षेत्री र सक्षम शाक्य द्वितीय ,न्यूहाेराइजन माविका समिप न्याैपाने र वृन्दा गैरे तृतीय र दीप बाेर्डिङ हाइ स्कुलकका प्रिन्सा पाेखरेल र सुप्रिम पाेखरेल सान्त्वना भएका छन्।


ज्ञानज्योति पुस्तकालय बुटवलका अध्यक्ष टुक बहादुर क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै रुपन्देहीका जिल्ला शिक्षा सम्वन्वय प्रमुख विष्णु प्रसाद पन्थीले पुस्तकालयले भानुजयन्तीको अवसरमा विद्यार्थीहरुलाई भानुभक्तको योगदान संगै आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्नु महत्वपूर्ण रहेको वताएका छन्।
आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाल र नेपालीमा राष्ट्र,राष्ट्रियता,भाषा ,कला, भुगोल,संस्कार, संस्कृति, साहित्यको प्रतिनिधित्व र अगुवाई गरेको उल्लेख गरेका थिए।


पुस्तकालयका अध्यक्ष टुक बहादुर क्षेत्रीले भानुभक्तको नेपाली भाषा,कला, संस्कार, संस्कृति प्रति गरेको योगदानको स्मृति पर्याप्त नभएको र यसलाई जिल्लामा केही भएपनी अनुसरण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको धारणा राखेका थिए।
उनले आफुहरुले धेरै विद्यालय सहभागी गराउने योजना रहेको र २० विद्यालयका विद्यार्थी सहभागी भई थोरै भए पनि आदिकविको योगदान र ज्ञान सिक्ने र सिकाउने प्रयास भएको र उत्कृष्ट विद्यार्थी, विद्यालय र सहभागीलाई धन्यवाद दिएका थिए।


पुस्तकालयको विषयमा वोल्दै उनले विभिन्न आरोह अवरोह पार गर्दै विभिन्न समयमा विभिन्न सामाजिक,वौद्धिक व्यक्तित्व हरुको सहयोग र सहभागितावाट पुस्तकालय आफ्नो भवन र कम्प्युटरबाट अध्यायन गर्न सकिने अवस्थामा पुगेको वताएका थिए।
एभरेष्ट इङ्लिस वोर्डिङ स्कुलका सह प्राधानाध्यापक भिमसेन गौतमले पुस्तकालयले आदिकविको स्मृति दिवसमा उनका योगदानको बारेमा जानकारी र विद्यार्थीहरुलाई क्षमता विकास गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आफ्नो विद्यालयले सहप्रायोजन गर्न पाएकोमा खुशी लागेको बताए।


निर्णायकहरु साहित्यकार रमेश समर्थक र शंकर पाण्डे ,छन्दवादी समाजका संस्थापक अध्यक्ष कविराज पौडेल पुस्तकालयका सदस्य एवं अधिवक्ता ज्ञानु केसी लगायतले वौल्दै
कार्यक्रमले विद्यार्थीहरुमा थोरै भएपनि आदिकवि र नेपाली साहित्यको उजागर भएको धारणा राखेका थिए।
रामायणका जुनसुकै खण्डबाट पनि ७ मिनेट वाचन गर्न पाउने गरी आयोजना गरिएको कार्यक्रमले राष्ट्र र राष्ट्रियताको गरिमा बढाउने विश्वास लिइएको कार्यक्रम सञ्चालक प्रोफेसर प्रकाश सुवेदीले जानकारी दिए।


एभरेष्ट इङ्लिस वोर्डिङ स्कुल र ग्रिन सिटी भेईकल्स बुटवलको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रममा कलाकारहरु भुवन अधिकारी, पुरुषोत्तम भण्डारी “पुर्खे बा” तथा विद्यार्थीहरुले समेत प्रतिभा प्रस्तुत गरेका थिए ।

छुटाउनुभयो कि ?

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

मनोवैज्ञानिक पीडा : हत्या-हिंसाको अदृश्य घाउ

बुटवल'इन्टिमेट पार्टनर' भायलेन्स भन्नाले नजिकको सम्बन्धभित्र– जस्तै श्रीमान्, प्रेमी वा विश्वास गरिएको व्यक्तिबाट हुने हिंसाल...
सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

सामाजिक सञ्जालमा मौलाएको समाजको दर्दनाक चित्र

बुटवलहोल्डिङ सेन्टरमा भूमिहीनहरू भाेकभाेकै छन् । उनीहरूले राम्रो संग खाना पाएका छैनन् । पिउने पानी समेत उपलव्ध छैन ।जसकाे मार...
ज्ञानज्योति पुस्तकालयले गर्याे भानुजयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता

ज्ञानज्योति पुस्तकालयले गर्याे भानुजयन्तीको अवसरमा रामायण वाचन प्रतियोगिता

बुटवलबुटवलको ज्ञानज्योति पुस्तकालयले २१३औं भानुजयन्तीको अवसरमा माध्यमिक विद्यालय स्तरीय रामायण वाचन प्रतियोगिता सम्पन्न गरेको...
देशका पहाडी तथा तराईका विभिन्न भू-भागमाआज भारी वर्षाको सम्भावना

देशका पहाडी तथा तराईका विभिन्न भू-भागमाआज भारी वर्षाको सम्भावना

काठमाडौंहाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ ।देशभर साधारण...