भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा


काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हिजो शुक्रबार रसुवा प्रहरी कार्यालयले चीनबाट बाढी जोखिमबारेको सूचना आएको जानकारी महाशाखालाई गराएको थियो । त्यसैका आधारमा राति भोटेकोशी र त्रिशुली नदीमा बाढी आउन सक्नेबारे सूचना दिएको महाशाखाका बाढीविज्ञ मनोज पोखरेलले उज्यालोसँगको कुराकानीमा बताउनुभएको छ ।

सूचनासहित मोवाइलमा एसएमएस पनि प्रभावित क्षेत्रका नागरिकलाई पठाइएको थियो । तर आज बिहानसम्मको अवस्थामा बाढी आएको छैन र तत्काल आउने सम्भावना पनि नरहेको उहाँले बताउनुभएको छ । गएको बुधबार ठूलो बाढी आएको रसुवाको भोटेकोशी नदीमा फेरि पनि ठूलो बाढी जोखिम रहेको भन्दै सरकारी निकायले सचेत गराउँदै आएका छन् ।

बाढी पूर्वानुमान महाशाखाले हिजो दिउँसो र राति पनि सूचना निकालेर भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रमा सावधानी अपनाउन भनेको थियो । चीनतर्फबाट कुनै आधिकारीक सूचना आउनेबित्तिकै त्यसबारे लगत्तै जानकारी गराउने पोखरेलले बताउनुभयो । यसअघि बुधबारको भोटेकोशी बाढीबाट प्रभावित बासिन्दालाई चनाखो हुन र सजग भैरहन बाढी पूर्वानुमान महाशाखाको सल्लाह छ ।

बाढीबारेको अध्यावधिक सूचना हेर्न र आवश्यक परेमा ११५५ नम्बरमा सम्पर्क गर्न सकिनेछ । यसैबीच नेपाल–चीन सीमाक्षेत्रमा हिम पहिरोले नदी थुनिएर बनेको ताल भरिएर बग्न थालेपछि तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन चिनियाँ दूतावासले आग्रह गरेको छ । हिजो विज्ञप्ति निकालेर दूतावासले सीमा नदीको माथिल्लो भेगमा झरेको पहिरोले बनाएको तालमा पानीको सतह निकै माथि पुगेको र ओभरफ्लो हुन थालेकाले थप जोखिम बढेको जनाएको हो ।

उद्धार तथा आपत्कालीन प्रतिकार्यका लागि अवस्था अत्यन्त संवेदनशील रहेकाले दुवै देशका अधिकारीहरू निरन्तर निगरानीमा जुटिरहेको विज्ञप्तिमा भनिएको छ । दूतावासले तालभन्दा तल्ला क्षेत्रका स्थानीय बासिन्दा र सम्बन्धित कर्मचारीलाई नदीको बहावमा हुने परिवर्तनबारे सचेत रहन र पूर्वतयारी थाल्न अपिल गरेको छ । साथै, भ्रामक सूचनाको पछि नलागी आधिकारिक समाचारमा मात्र विश्वास गर्न र अनावश्यक त्रास नफैलाउन पनि अनुरोध गरिएको छ ।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...