विविध

सहकारीको एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम सुरु

सहकारीको एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम सुरु

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, स्थानीय
बुटवल बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागी एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबारदेखी सुरु गरको छ। बुटवलको होटल मेरिगोल्डमा संचालित तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । संस्थाका अध्यक्ष मानबहादुर कुँवरले बाद्यबादन प्रशिक्षक मिना बुढाथोकीलाई मादल हस्तान्तरण गरी उद्घाटन गरिएको सो कार्यक्रमको उद्धेश्यबारे संस्थाका उपाध्यक्ष ईन्जिनीयर छबिन्द्र भट्टराई र लेखा सुपरिबेक्षण समिति संयोजक पशुपति पौडेलले प्रकाश पारेका थिए । वार्षिक कार्यक्रम अनुशार सेयरसदस्यहरुका क्षमता अभिवृद्धी साथै सहकारी शिक्षा कार्यक्रम अन्तरगत राखिएको सो तालिममा मिलन कलाकेन्द्रकी प्रशिक्षक मिना बुढाथोकीले बाद्यबादन र पत्रकार विनोद परियारले उद्घोषण तालिमको सहजिकरण गरेकाछन । सदस्यहरुको ४० जनाको समुह बनाई एक हप्ता सम्म बाद्यबादन अन्तर्गतको मादल, उद्घोषण सा...
” बिजनेस टु कस्टमर समिट” प्रविधिमा चासो राख्नेहरूका लागि सुनौलो अवसर: क्यान अध्यक्ष  अधिकारी

” बिजनेस टु कस्टमर समिट” प्रविधिमा चासो राख्नेहरूका लागि सुनौलो अवसर: क्यान अध्यक्ष अधिकारी

Breaking news 2, अन्तर्वार्ता, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, समाचार, समाज
(अन्तर्वार्ता) कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले आगामी फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ बुटवलस्थित सिद्वार्थ कटेजमा आयोजना गर्दैछ। प्रविधि क्षेत्रमा नवीनतम विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यो समिटमा विद्यार्थी, व्यवसायी, नीति निर्माताहरू, र प्रविधि क्षेत्रका विज्ञहरूको व्यापक सहभागिता रहनेछ। समिटको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रमको मुख्य उद्देश्य प्रविधि सम्बन्धी नवीनतम प्रवृत्तिहरूको जानकारी दिनु, व्यवसाय तथा ग्राहकहरूलाई प्रविधिमा जोड्नु, र नीति निर्माताहरूसँग आवश्यक छलफल गर्न सहज वातावरण सिर्जना गर्नु हो। यसै विषयमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारी सँग गरिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत छ। समिटको तयारी हाल कुन चरणमा छ ? मुख्य तयारीहरू के-के पूरा भइसकेका छन्? हामी अहिले अन्तिम तयारीको चरणमा छौँ। स्टल...
रूपन्देही विद्युतीय व्यवसायी संघले गर्याे अभिभावकको पुण्यतिथिमा रक्तदान

रूपन्देही विद्युतीय व्यवसायी संघले गर्याे अभिभावकको पुण्यतिथिमा रक्तदान

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रूपन्देही रुपन्देही विद्युतीय व्यवसायी संघका महासचिव विष्णु भण्डारीका बुबा स्वर्गीय तिलकराम भण्डारीको १३औं दिनको पुण्य तिथिमा विद्युतीय व्यवसायी संघमा आवद्द व्यवसायीहरू ,परिवार तथा आफन्त हरुले रक्तदान गरेका छन्। फागुन २३ गते भण्डारी निवास तिलोत्तमाको पकडीहवामा रक्तदान कार्यक्रम गरिएको हो। भण्डारीका परिवार ,आफन्तजन ,रूपन्देही विद्युतीय व्यवसायी संघ र रक्त सञ्चार सेवा केन्द्र बुटवलको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए। रूपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल (सागर खरेल)ले " रक्तदानको लागि सबै अघि बढौँ मानवीय सेवामा हातेमालो गरौं" भन्ने उद्देश्यका साथ मानव सेवा अन्तर्गत रगतको अभावमा कोही तड्पिनु नपरोस् भन्ने उद्देश्य र स्वर्गीय बुवाको समाजसेवा प्रतिको लगाब मध्यनजर गरी रूपन्देही विद्युतीय व्यवसायी संघमा आबद्ध व्यव...
वृद्धाश्रममा सेवा: प्रेरणादायी उदाहरण

वृद्धाश्रममा सेवा: प्रेरणादायी उदाहरण

जीवनशैली, ताजा अपडेट, विविध, समाचार, स्थानीय
फागुन, २३ रुपन्देही बुटबल मैनाबगरमा रहेको दुर्गा भवानी शिवकुमारी शैजु वृद्धाश्रम, पाका पुस्ता तल्लो फुलबारी मा बसोबास गर्ने जेष्ठ नागरिकहरूका लागि जन्मदिन विशेष सेवा प्रदान गरिएको छ। मालारानी गाउँपालिका–४, अर्घाखाँची घर भई हाल बुटवलमा बसोबास गर्दै आउनुभएका प्रीतम खनाल ले आफ्नी छोरी दृष्टि खनाल को जन्मदिनको अवसरमा आफ्ना दिवंगत पिता नीमप्रसाद खनाल को स्मृतिमा वृद्धाश्रमका १२ जना आमाबुवाहरूलाई भोजन गराएर सेवा गर्नुभएको छ। जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्ने यो उदाहरणीय कार्यलाई उहाँकी श्रीमती पुष्पा खनाल ले पनि विशेष अर्थपूर्ण बनाउँदै जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो असहाय, गरिब र वृद्धवृद्धालाई सेवा गर्नु नै सच्चा मानवता भएको बताउनुभयो।पछिल्लो समय जन्मदिन तथा अन्य विशेष अवसरहरूलाई परोपकारी कार्यमा समर्पित गर्ने चलन बढ्दै गएको छ। समाजमा परोपकार, सेवा र सहानुभूतिका भावन...
सुशासनका लागि नझुक्ने बालेनकाे चेतावनी

सुशासनका लागि नझुक्ने बालेनकाे चेतावनी

ताजा अपडेट, विविध, समाचार
काठमाडाैँ । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फेरि केपी शर्मा ओली सरकारको आलोचना गरेका छन् । पछिल्लोपटक महानगरमा प्रमुख कार्यकारी अधिकृत नपठाएको भन्दै बालेन ओली सरकारमाथि बर्सिरहेका छन् । र संघीय सरकारमा भने बालेनले प्रमुख कार्यकारी टिक्न नदिएको भनिरहेको छ । यस विषयमा पनि बालेनले ओली सरकारलाई जवाफ फर्काएका छन् । सोमबार अपराह्न सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै उनले आफ्नो कार्यकालमा चारवटा प्रमुख कार्यकारी अधिकृत आएको बताएका छन् । उनले तीमध्ये दुई जनालाई सरकारले महानगरलाई जानकारी नै नदिई हटाएको र दुई जनालाई भ्रष्टाचार गरेको भनी हटाएको बताएका छन् ।  बालेनले भनेका छन्, ‘सरकारले आफू मातहतका एक जना कर्मचारीलाई आवश्यकताअनुसार काममा लगाउन सक्ने रैनछ भन्ने त यहाँबाट नै पुष्टि भयो । अहिले कर्मचारी जान मान्दैनन् भन्दै राजधानीको महानगरमा कर्मचारी पठाउन नसक्ने सरकारले भोलि...
नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

नेपाल अपाङ्ग आश्रम : जीवनभर संघर्ष गर्नेहरूका लागि एउटा अधुरो आशा

Breaking news 2, ताजा अपडेट, फिचर, विविध, समाचार, सम्पादकिय, स्थानीय
नारायण प्रभात मरासिनी बुटवल, १६ फागुन – जब कुनै व्यक्तिले आफ्नो हात गुमाउँछ, भविष्यको कल्पना कसरी गर्ला? जब कुनै व्यक्ति समाजबाट अलग महसुस गर्छ, उसले सहारा कहाँ खोज्ला? बुटवलमा रहेको नेपाल अपाङ्ग आश्रम यस्तै प्रश्नहरूको उत्तर बन्ने प्रयास गरिरहेको छ । तर, विडम्बना के छ भने, अभिभावकविहीनहरूको यो आश्रयस्थल आफैं संकटको भूमरीमा फस्दैछ। संघर्षबाट प्रेरणा : डोल बहादुर रामदानको कथाले दिएको सन्देस तनहुँका डोल बहादुर रामदानको कथा प्रेरणादायी मात्र होइन, अपाङ्गता भएका व्यक्तिहरूका लागि एउटा मार्गनिर्देशक पनि हो। जीवनका हरेक मोडमा संघर्षको सामना गरेका उनले भारतको एउटा कारखानामा मजदुरी गर्दा दुबै हात गुमाए। त्यो दुर्घटनाले उनको व्यक्तिगत जीवनलाई मात्र होइन, उनको सोचलाई पनि परिवर्तन गरिदियो। "म जस्तै अन्य अपाङ्गहरू समाजमा कसरी संघर्ष गरिरहेका होलान्?" – यही प्रश्नले उनलाई झकझक्यायो। ...
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो 

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गयो 

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
फागुन १६ गते ।  शुक्रबार राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको ठूलो धक्का काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा महसुस भएको तहाका स्थानीयले जानकारी दिएका छन् । शुक्रबार राति दुई बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए। ‘यो मध्यमस्तरको भूकम्प हो,’ अधिकारीले भने, ‘यो स्तरको भूकम्पले पनि कमजोर संरचनाहरु भत्किन सक्छन्।’ भूकम्पले भएको क्षतिको विवरण भने आइसकेको छैन। काठमाडौँमा भूकम्पको ठूलो धक्का महसुस भएपछि सर्वसाधारण त्रसित भएका छन्। रातिको निन्द्रामा रहेका मानिस भूकम्पको धक्काले उठेर सडकमा निस्किएका थिए। काठमाडौँ उपत्यका भूकम्पीय जोखिम क्षेत्रमा पर्ने भूकम्पविदहरुले बताउँदै आएका छन्।  ...
पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

पश्चिमी वायु सक्रिय : मधेशबाहेक सबै प्रदेशमा तीन दिन पानी पर्ने सम्भावना

Breaking news 1, ताजा अपडेट, राजनीति, विविध, समाचार, सम्पादकिय, स्थानीय
काठमाण्डौ – आज,भोलि र पर्सि देशका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु सक्रिय भएकाले आज बेलुकीदेखि पर्सिसम्म देशका धेरै ठाउँमा वर्षा हुने सम्भावना बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले पश्चिमी वायु तथा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक मात्र प्रभाव रहेकोले देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । तराईका थोरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसोपछि  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई ठाउँमा  हल्का हिमपातको सम्भावना रहेको छ । यसैगरी भोलि काठमाण्डौ उपत्यकासहित &nb...
बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन

Breaking news 1, कृषि, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राेचक जानकरी, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
श्रीराम ज्ञवाली, बुटवल युवाहरुले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र अर्गानिक उत्पादन उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले बुटबल ट्राफिक चोक पुरानो चलचित्र परिसरमा खस्यौली बजार आयोजना गरेका छन्। खस्यौली बजारमा स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थ र गुणस्तरीय उत्पादन सामग्री बिक्री गर्ने र स्वदेशी र अर्गानिक उत्पादन र बिक्री गर्ने उदेश्यले खस्यौली बजार आयोजना गरेएकाे छ। उक्त खस्याैली बजारमा दैनिक उपभोग्य सामग्री नुन, तेल ,तरकारीदेखि लत्ता ,कपडा माटोका भाडा बर्तन सम्पूर्ण अर्गानिक उपभोग्य सामग्रीहरु उपलब्ध छन्। बजारमा लोपन्मुख माटोका भाँडाहरू, थारु समुदायका ढकिया लगायत सामग्री हातले बुनेका ऊनका कपडाहरू सिधेनुन ,अचार उपलब्ध छन्। बजामा अर्गानिक ग्रिनटि ,वाइटी ,ब्राउण्डटि जस्ता चिया र चियापत्तीहरू ,माटो ,ढुङ्गा र धातुबाट बनेका हातले कुँदिएका मूर्ति ,तस्बिरहरु ,शिलालेखहरु उपलब्ध छन् । ज...
लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

लुम्बिनी प्रदेश सरकारले उजिरसिंह रंगशालालाई ३ करोड दिने

Breaking news 1, ताजा अपडेट, विविध, समाचार, स्थानीय
६ फागुन,बुटवल । लुम्बिनीको मन्त्रिपरिषद् बैठकले बुटवलको उजिरसिंह रंगशाला निर्माणका लागि आवश्यक बजेट तथा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई उक्त रंगशाला निर्माण कार्यान्वयन गर्न जिम्मेवारी दिने निर्णय गरिएको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए । प्रदेश सरकारको निर्णयअनुसार चालु आर्थिक वर्षका लागि तीन करोड बजेट विनियोजन गरेको थियो । अब उक्त बजेट प्रदेश पूर्वाधार विकास प्राधिकरणलाई निकासा गर्दै निर्माण कार्यलाई अघि बढाइनेछ । यसअघि, सामाजिक विकास मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको उक्त आयोजना हालै गठन भएको युवा तथा खेलकुद मन्त्रालयमा हस्तान्तरण गरिएको थियो । रंगशाला निर्माण स्थल वन क्षेत्रमा पर्ने भएकाले नेपाल सरकार मन्त्रिपरिषद्ले गत असोज १८ गते वन क्षेत्र प्रयोग गर्ने स्वीकृति प्रदान गरेको...