सहकारीको एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम सुरु


बुटवल

बुटवलमा रहेको श्री ध्रुबतारा सयपत्री बचत तथा ऋण सहकारी संस्थाले सदस्यहरुका लागी एक हप्ते बाद्यवादन तथा उद्घोषण तालिम मंगलबारदेखी सुरु गरको छ। बुटवलको होटल मेरिगोल्डमा संचालित तालिमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो ।

संस्थाका अध्यक्ष मानबहादुर कुँवरले बाद्यबादन प्रशिक्षक मिना बुढाथोकीलाई मादल हस्तान्तरण गरी उद्घाटन गरिएको सो कार्यक्रमको उद्धेश्यबारे संस्थाका उपाध्यक्ष ईन्जिनीयर छबिन्द्र भट्टराई र लेखा सुपरिबेक्षण समिति संयोजक पशुपति पौडेलले प्रकाश पारेका थिए ।

वार्षिक कार्यक्रम अनुशार सेयरसदस्यहरुका क्षमता अभिवृद्धी साथै सहकारी शिक्षा कार्यक्रम अन्तरगत राखिएको सो तालिममा मिलन कलाकेन्द्रकी प्रशिक्षक मिना बुढाथोकीले बाद्यबादन र पत्रकार विनोद परियारले उद्घोषण तालिमको सहजिकरण गरेकाछन । सदस्यहरुको ४० जनाको समुह बनाई एक हप्ता सम्म बाद्यबादन अन्तर्गतको मादल, उद्घोषण साथै सहकारी शिक्षा सम्बन्धि तालिम दिईने संस्थाका सचिव एवं शिक्षा तथा प्रकाशन उपसमितिका संयोजक विनोद खनालले जानकारी दिए ।

छुटाउनुभयो कि ?

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

भोटेकोशी बाढी: प्रभावितमध्ये २६ प्रतिशत पुरानै स्थानमा बस्न चाहन्छन्

काठमाडौँभोटेकोशी बाढीबाट घरमा क्षति पुगेका घरपरिवारमध्ये करिब २६ प्रतिशतले बाढीअघिकै स्थानमा बस्ने चाहना राखेका छन् । राष्ट्र...
बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बडादशैँ: आज सप्तमी, शुभसाइतमा फूलपाती भित्र्याइँदै

बुटवल प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ सा...
राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा बडादसैँको शुभकामना व्यक्त

बुटवलराष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा ...
४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...