रूपन्देही विद्युतीय व्यवसायी संघले गर्याे अभिभावकको पुण्यतिथिमा रक्तदान


रूपन्देही

रुपन्देही विद्युतीय व्यवसायी संघका महासचिव विष्णु भण्डारीका बुबा स्वर्गीय तिलकराम भण्डारीको १३औं दिनको पुण्य तिथिमा विद्युतीय व्यवसायी संघमा आवद्द व्यवसायीहरू ,परिवार तथा आफन्त हरुले रक्तदान गरेका छन्।

फागुन २३ गते भण्डारी निवास तिलोत्तमाको पकडीहवामा रक्तदान कार्यक्रम गरिएको हो। भण्डारीका परिवार ,आफन्तजन ,रूपन्देही विद्युतीय व्यवसायी संघ र रक्त सञ्चार सेवा केन्द्र बुटवलको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो। उक्त कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए।

रूपन्देही विद्युतीय व्यवसायी संघका अध्यक्ष शान्तराज खराल (सागर खरेल)ले ” रक्तदानको लागि सबै अघि बढौँ मानवीय सेवामा हातेमालो गरौं” भन्ने उद्देश्यका साथ मानव सेवा अन्तर्गत रगतको अभावमा कोही तड्पिनु नपरोस् भन्ने उद्देश्य र स्वर्गीय बुवाको समाजसेवा प्रतिको लगाब मध्यनजर गरी रूपन्देही विद्युतीय व्यवसायी संघमा आबद्ध व्यवसायीहरू ,परिवार र आफन्तजनहरूले पुण्यकर्ममा हातेमालो गरेकोमा रक्तदाताहरूलाई आभार व्यक्त गरे। उनले विद्युतीय व्यवसायीले व्यवसायसँगै क्रियापुत्री भवन ,विभिन्न प्रकारका स्वास्थ्य शिविर ,दुर्घटना बीमा ,प्राविधिक ज्ञान ,रोजगारीको अवसर , व्यावसायी बन्ने अवसर तथा विभिन्न समयमा अप्ठ्यारोमा परेकालाई सक्दो साथ सहयोग जस्ता महत्वपूर्ण सामाजिक काम गर्दै आएको जानकारी दिए।

रूपन्देही विद्युतीय व्यवसायी संघका महासचिव तथा रक्तदाता संघका केन्द्रीय सह-कोषाध्यक्ष समेत रहेका स्वर्गीय तिलकराम भण्डारीका छाेरा विष्णु भण्डारीले पिताले जीवनभर अरुलाई सक्दो सहयोग गर्नुपर्छ भन्नुहुन्थ्यो उक्त आशिषलाई आत्मसाथ गरी स्वर्गीय बुवाको आत्मलाई शान्ति मिलोस् र रगत नपाएर पीडामा रहनु नपरोस् भन्ने उद्देश्यले १३ औं दिनको पुण्य तिथिमा रक्तदान कार्यक्रमको आयोजना गरेको बताउँदै रक्तदाता लगायत सहभागी सबैप्रति आभार व्यक्त गरे।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...