वृद्धाश्रममा सेवा: प्रेरणादायी उदाहरण


फागुन, २३ रुपन्देही

बुटबल मैनाबगरमा रहेको दुर्गा भवानी शिवकुमारी शैजु वृद्धाश्रम, पाका पुस्ता तल्लो फुलबारी मा बसोबास गर्ने जेष्ठ नागरिकहरूका लागि जन्मदिन विशेष सेवा प्रदान गरिएको छ। मालारानी गाउँपालिका–४, अर्घाखाँची घर भई हाल बुटवलमा बसोबास गर्दै आउनुभएका प्रीतम खनाल ले आफ्नी छोरी दृष्टि खनाल को जन्मदिनको अवसरमा आफ्ना दिवंगत पिता नीमप्रसाद खनाल को स्मृतिमा वृद्धाश्रमका १२ जना आमाबुवाहरूलाई भोजन गराएर सेवा गर्नुभएको छ।

जन्मदिनलाई समाजसेवामा रूपान्तरण गर्ने यो उदाहरणीय कार्यलाई उहाँकी श्रीमती पुष्पा खनाल ले पनि विशेष अर्थपूर्ण बनाउँदै जन्मदिनमा अनावश्यक खर्च गर्नुको साटो असहाय, गरिब र वृद्धवृद्धालाई सेवा गर्नु नै सच्चा मानवता भएको बताउनुभयो।पछिल्लो समय जन्मदिन तथा अन्य विशेष अवसरहरूलाई परोपकारी कार्यमा समर्पित गर्ने चलन बढ्दै गएको छ। समाजमा परोपकार, सेवा र सहानुभूतिका भावना जागृत गराउने यस्ता कार्यहरू सबैका लागि प्रेरणाको स्रोत बन्न सक्छन्। खनाल परिवारको यस उदाहरणीय सेवाभावले सामाजिक उत्तरदायित्वबारे सोच्नेहरूलाई पनि सकारात्मक सन्देश दिएको छ।

छुटाउनुभयो कि ?

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

बडादशैं: नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदैबुटवलनेपालीहरूको महान् पर्व बडादशैंअन्तर्गत नवरात्रको चौथो...
गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीमा हवाई सेवा सुचारु

गुल्मीप्रतिकूल मौसमका कारण करिब चार महिनादेखि प्रभावित गुल्मीको रेसुङ्गा विमानस्थलको हवाई सेवा पुनः सञ्चालनमा आएको छ । रेसुङ्...
चाडपर्वको महत्व र विकृति

चाडपर्वको महत्व र विकृति

श्रीराम ज्ञवालीचाडपर्वहरू मानव समाजका सांस्कृतिक, धार्मिक,ऐतिहासिक र सामाजिक धरोहर हुन्। नेपाल जस्तो बहुसांस्कृतिक, बहुभाषिक ...
उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित

बुटवलबुटवल उद्योग वाणिज्य संघको अध्यक्षमा नरिश्वर शर्मा पौडेल निर्वाचित भएका छन् । संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधि...