बुटवलमा लागिरहेको खस्यौली बजार : युवाद्वारा स्वदेशी प्रवर्द्धन


श्रीराम ज्ञवाली, बुटवल

युवाहरुले स्वदेशी उत्पादन प्रवर्द्धन गर्ने र अर्गानिक उत्पादन उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले बुटबल ट्राफिक चोक पुरानो चलचित्र परिसरमा खस्यौली बजार आयोजना गरेका छन्। खस्यौली बजारमा स्वदेशमै उपलब्ध हुने कच्चा पदार्थ र गुणस्तरीय उत्पादन सामग्री बिक्री गर्ने र स्वदेशी र अर्गानिक उत्पादन र बिक्री गर्ने उदेश्यले खस्यौली बजार आयोजना गरेएकाे छ।

उक्त खस्याैली बजारमा दैनिक उपभोग्य सामग्री नुन, तेल ,तरकारीदेखि लत्ता ,कपडा माटोका भाडा बर्तन सम्पूर्ण अर्गानिक उपभोग्य सामग्रीहरु उपलब्ध छन्। बजारमा लोपन्मुख माटोका भाँडाहरू, थारु समुदायका ढकिया लगायत सामग्री हातले बुनेका ऊनका कपडाहरू सिधेनुन ,अचार उपलब्ध छन्। बजामा अर्गानिक ग्रिनटि ,वाइटी ,ब्राउण्डटि जस्ता चिया र चियापत्तीहरू ,माटो ,ढुङ्गा र धातुबाट बनेका हातले कुँदिएका मूर्ति ,तस्बिरहरु ,शिलालेखहरु उपलब्ध छन् । जुत्ता ,चप्पल ,पोशाक ,झोलाहरु समेत रहेका छन्।सिस्नु , सिन्की अचार, कुचोदेखि श्रृङ्गारका सामग्री हरू समेत रहेका छन्।

खस्यौली बजारमा विविध प्रकारका पुस्तकहरु पनि अध्ययन र खरिद गर्न सकिने व्यवस्था रहेको छ भने विविध कला-गला भएका प्रतिभाहरुलाई सुन्ने- सुनाउने व्यवस्था पनि रहेको छ।

२०८१ पुस महिनाको दोस्रो शनिबारबाट बिहान ८ बजेदेखि १२ बजेसम्म हरेक शनिबार सेवा दिइरहेको उक्तबजार आगामी दिनमा हरेक सोमबार बेलुका पनि सेवा दिने योजना रहेको खस्याैली बजारका संयोजक समुद्र घिमिरे क्षेत्रीले बताए। उनले फागुन १० गते शनिबारसम्म २० स्टलहरू सहभागी भइसकेको र बिक्रीका लागि धेरै व्यक्तिहरु आउन चाहेको बताए ।बजारमा बिक्री पनि राम्रो रहेको विक्रेताहरूको भनाई र उक्त बजारमा आउने मानिसहरूको सङ्ख्याबाट जानकारी पाउन सकिन्छ।

खस्यौली बजारले हराउँदै गरेको नागरिकको देशप्रेम लाई सक्दो प्रवर्द्धन गरेको देखिन्छ , सन्देश दिन खोजेको पाइन्छ । यसैगरी उपभोग्य अर्गानिक सामग्रीहरुले आमनागरिकको मानसिक एवं शारीरिक स्वास्थ्यमा सहयोग पुग्ने छ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...