” बिजनेस टु कस्टमर समिट” प्रविधिमा चासो राख्नेहरूका लागि सुनौलो अवसर: क्यान अध्यक्ष अधिकारी


(अन्तर्वार्ता)

कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) रुपन्देहीले आगामी फागुन २६ र २७ गते ‘बिजनेस टु कस्टमर समिट’ बुटवलस्थित सिद्वार्थ कटेजमा आयोजना गर्दैछ। प्रविधि क्षेत्रमा नवीनतम विकासलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गर्न लागिएको यो समिटमा विद्यार्थी, व्यवसायी, नीति निर्माताहरू, र प्रविधि क्षेत्रका विज्ञहरूको व्यापक सहभागिता रहनेछ। समिटको तयारी अन्तिम चरणमा पुगेको छ। कार्यक्रमको मुख्य उद्देश्य प्रविधि सम्बन्धी नवीनतम प्रवृत्तिहरूको जानकारी दिनु, व्यवसाय तथा ग्राहकहरूलाई प्रविधिमा जोड्नु, र नीति निर्माताहरूसँग आवश्यक छलफल गर्न सहज वातावरण सिर्जना गर्नु हो। यसै विषयमा क्यान रुपन्देहीका अध्यक्ष जीवन अधिकारी सँग गरिएको अन्तर्वार्ताको मुख्य अंश यहाँ प्रस्तुत छ।

समिटको तयारी हाल कुन चरणमा छ ? मुख्य तयारीहरू के-के पूरा भइसकेका छन्?

हामी अहिले अन्तिम तयारीको चरणमा छौँ। स्टलहरूको निर्माण कार्य तीव्र रूपमा भइरहेको छ, र आइतबार साझ सम्म सबै स्टलहरू तयार हुनेछन्। प्रदर्शनीका लागि आउने विभिन्न कम्पनी र स्टार्टअपहरूले पनि आफ्नो तयारी पूरा गरिसकेका छन्।

कार्यक्रमको उद्घाटन २६ गते बिहान ११ बजे गरिनेछ। यस समिटलाई व्यवस्थित बनाउन विभिन्न क्षेत्रका विज्ञहरूसँग समन्वय गरिएको छ। सहभागीहरूको सहजताका लागि जानकारीमूलक सत्र, प्रदर्शनी, र छलफल कार्यक्रमको तालिका तयार भइसकेको छ। प्रविधिमा चासो राख्ने विद्यार्थी, स्टार्टअप, व्यवसायी, र नीति निर्माताहरूलाई लक्षित गरेर कार्यक्रमको संरचना तयार पारिएको छ।

कार्यक्रम सफल बनाउन कस्ता चुनौतीहरू देखिएको छ, र तिनलाई कसरी समाधान गर्दै हुनुहुन्छ?

कुनै पनि ठूलो कार्यक्रम आयोजना गर्दा विभिन्न चुनौतीहरू आउँछन्, र हामी पनि केही समस्याहरू सामना गरिरहेका छौँ। हाल हाम्रो प्रमुख चुनौती आर्थिक पक्ष हो। यसलाई समाधान गर्न हामीले सहभागी ब्रान्डहरूसँग समन्वय गरिरहेका छौँ। उनीहरू यस कार्यक्रमलाई प्रवर्द्धन गर्नका लागि इच्छुक छन्, र हामीले उनीहरूलाई खर्च व्यवस्थापनमा सहयोग गर्ने गरी सहकार्य गरेका छौँ। त्यस्तै, नीति निर्माण तहका व्यक्तिहरूलाई कार्यक्रममा ल्याउनु अर्को चुनौती रह्यो। विशेष गरी स्थानीय पालिकाका प्रमुखहरूलाई समिटमा उपस्थित गराउने हाम्रो मुख्य लक्ष्य हो। तर कतिपय पालिकामा प्रमुखहरूसँग प्रत्यक्ष भेटघाट गर्न कठिन भएकोले, हामीले इमेल र अन्य माध्यमबाट उनीहरूलाई जानकारी गराएका छौँ। अहिलेसम्म राम्रै प्रतिक्रिया आएको छ, र धेरै नीति निर्माता समिटमा उपस्थित हुने आशा गरिएको छ।

समिटमा सहभागी ब्रान्ड, स्टार्टअप, वा संस्थाहरूलाई कसरी छनोट गरिएको हो? कति कम्पनीहरू सहभागी हुँदैछन्?

हाम्रो समिटमा हालसम्म २३ वटा प्रतिष्ठित कम्पनीहरू सहभागी हुनेछन । कम्पनीहरूको छनोट प्रक्रियामा विशेष ध्यान दिइएको छ। हामीले प्राथमिकता दिएका मुख्य मापदण्डहरू नवीन प्रविधिमा केन्द्रित कम्पनीहरू जसले प्रविधिको क्षेत्रमा नयाँ आयाम थप्न सक्छन्, गुणस्तरीय ब्रान्डहरू जसले ग्राहकहरूलाई भरपर्दो सेवा र उत्पादन दिन सक्छन्, पुराना प्रविधि होइन, नयाँ समाधान जसले नयाँ प्रविधि ल्याउने व्यवसायहरूलाई प्राथमिकता दिइएको छ।

नेपाली प्रविधि बजारलाई विश्वव्यापी प्रविधिहरूसँग जोड्ने एउटा अवसर हो। सहभागी कम्पनीहरूले आफ्ना नवीनतम प्रविधि तथा सेवाहरू प्रस्तुत गर्नेछन्, जसले नेपाली आईसीटी क्षेत्रलाई अझ गतिशील बनाउनेछ।

प्रविधि क्षेत्रमा चासो राख्ने विद्यार्थी तथा व्यवसायीका लागि सहभागिताको प्रक्रिया कस्तो छ ?

यो समिट प्रविधि, स्टार्टअप, र नवप्रवर्तनमा रुचि राख्ने जोसुकैका लागि खुला छ। हामीले यसलाई सबैका लागि नि:शुल्क राखेका छौँ ताकि विद्यार्थी, व्यवसायी, तथा अन्य चासो राख्ने व्यक्तिहरूले स्वतन्त्र रूपमा सहभागिता जनाउन सकून्।

विद्यार्थीहरूले यहाँ आएर आईटी, स्टार्टअप, एआई , साइबर सुरक्षा, र अन्य आधुनिक प्रविधि सम्बन्धी जानकारी प्राप्त गर्न सक्छन्। उनीहरूलाई अग्रणी प्रविधि कम्पनीका प्रतिनिधिहरूसँग प्रत्यक्ष संवाद गर्ने अवसर पनि प्रदान गरिनेछ। व्यवसायीहरूका लागि यो समिट नयाँ प्रविधिहरू बुझ्ने, व्यवसायमा लागु गर्न सकिने उपायहरू खोज्ने, तथा सम्भावित साझेदारहरूसँग नेटवर्किङ गर्ने उत्कृष्ट अवसर हुनेछ।

कार्यक्रम व्यवस्थापन, सुरक्षा, र प्रविधिगत पूर्वाधारहरूका लागि कस्ता तयारीहरू गर्नुभएको छ?

कार्यक्रम व्यवस्थापनलाई व्यवस्थित बनाउन विशेष टिम खटाइएको छ। हामीले प्रत्येक जिम्मेवारीका लागि छुट्टाछुट्टै समन्वय समिति गठन गरेका छौँ, जसमा प्राविधिक टिम कार्यक्रम सञ्चालनमा आवश्यक प्रविधि व्यवस्थापन, जस्तै नेटवर्किङ, प्रोजेक्सन सिस्टम, र अन्य डिजिटल प्रविधिहरूको जिम्मा लिने, सुरक्षा टिम कार्यक्रमस्थलमा सुरक्षित वातावरण बनाउनका लागि स्थानीय प्रहरी, ट्राफिक व्यवस्थापन, तथा स्वयंसेवकहरू समन्वयमा रहने, सहभागी व्यवस्थापन टिम आगन्तुकहरूलाई सही जानकारी उपलब्ध गराउने, स्टलहरू व्यवस्थित गर्ने, र कार्यक्रममा सहजता प्रदान गर्ने। सुरक्षाको हिसाबले स्थानीय प्रहरी प्रशासन र ट्राफिक व्यवस्थापन निकायहरूसँग समन्वय भइसकेको छ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...