विविध

गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, मनोरञ्जन, विविध, समाचार
सुवास बिसिबुटवल, वैशाख २५गायक प्रकाश गौतमले आफ्नो नयाँ भावनात्मक गीत "बर्बाद हुनलाई" सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोले प्रेम र पीडाको सम्वेदनालाई प्रभावशाली ढंगमा प्रस्तुत गरेको छ। गीतमा स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरले अभिनय गरेका छन्। गीतमा स्वर र शब्द गौतमकै रहेको छ भने संगीत सुर्य कुमार परियारले भरेका हुन्। गीतको भिडियो दिपक सुनरको कथा र निर्देशनमा तयार गरिएको हो, जसको छायांकन बिजय लामाले गरेका छन्। को हुन् प्रकाश गौतम? गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका-८, तुराङ्ग दाङसिङ्गमा जन्मिएका प्रकाश गौतम सानैदेखि संगीतप्रेमी थिए। यद्यपि उनले औपचारिक रूपमै संगीत यात्राको थालनी वि.सं. २०७२ सालदेखि गरेका हुन्। उनको पहिलो गीत "सम्झना मनैमा" थियो, जसमा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए। गीतसंगीतको खो...
रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
रूपन्देही दलितहरूको पहिचान र उत्थानका लागि दलित तथा गैरदलित सबैको सहभागितामा रूपन्देहीको तिलोत्तमामा वैशाख २६ र २७ गते दलित ज्ञान उत्सव आयोजना गरिने भएको छ। दलित ज्ञान उत्सव २०८२ तिलोत्तमामा मात्र नभएर समग्र राष्ट्रमै दलित समुदायको इतिहास ,बाैद्धिकता,विज्ञान ,सृजनशीलता ,संघर्षको कथा, सफलता एवं सामाजिक सम्मान सहित जातीय समानता र सामाजिक अन्तरघुलनको लागि सकारात्मक सन्देश पुग्ने विश्वास रहेको छ। नेपालमा दलित समुदायले लामो समयदेखि सामाजिक ,आर्थिक र सांस्कृतिक असमानताको सामना गर्दै आएकोले यो असमानता अन्त्य गर्ने ज्ञान उत्सवको अवधारणा रहेको छ। उत्सवमा दलित समुदायका विषयमा गहिरो गरी बहस र छलफल गरिनेछ। त्यस्तै जातीय समानताको सन्देश प्रवाह गर्ने मूल उद्देश्य रहेको छ। उत्सवमा युवा सशक्तिकरण ,सांस्कृतिक संरक्षण, राज्यको निकायमा सहभागिता जस्ता महत्त्वपूर्ण विषयमा सेवा र सहकार्यका लागि प्र...
पत्रकार महासंघ रुपन्देहीले गर्यो नलेज सिरिजको शुरुवात 

पत्रकार महासंघ रुपन्देहीले गर्यो नलेज सिरिजको शुरुवात 

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही अग्रजहरुको अनुभव ग्रहण गर्दै नयां पुस्तालाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्न सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ रुपन्देहीले नलेज सिरिजको शुरुवात गरेको छ। नयां सोंच नौलो सुरुवात नारासहित सुरु गरिएको नलेज सिरिजको नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा. बालकृष्ण चापागाईबाट शुभारम्भ गरिएको हो।  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष चापागाईसंग विगत र वर्तमानमा भईरहेको पत्रकारिता र भविश्यमा कस्तो पत्रकारिता आवश्यक रहन्छ भन्ने विषयमा छलफल गरिएको थियो।  संस्थापक अध्यक्ष डा. चापागाईले पञ्चायती व्यवस्थादेखि बहुदल र पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आईपुग्दा पनि पत्रकारिता क्षेत्र उस्तै जोखिमपूर्ण रहेको बताए।  उनंले विगतमा व्यवस्था परिवर्तनका लागि पत्रकारिता क्षेत्रले अगुवाई ...
बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज, स्थानीय
बुटवल लामो समयदेखि बुटवल गोलपार्कबाट सेवा दिइरहेको बुटबल कम्प्युटर इन्स्टिच्युटले एकैपटक ३७ जना विद्यार्थीहरुलाई नेपाल आर्मीमा नाम निकाल्न सफल भएको छ। उक्त इन्स्टिच्युटले सैन्य तयारी कक्षासँगै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा ,कम्प्युटर ,विभिन्न विषयमा ट्युसन कक्षाहरू लगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ। सैन्य सेवामा जस्तै प्रहरी तयारी कक्षा ,लोकसेवा ,शैक्षिक सेवा ,कम्प्युटर ,ट्युसन क्लास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हुँदै आइरहेको छ। शनिबार बुटवल गोलपार्क कार्यालय परिसरमै सैन्य सेवामा उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम राखेको थियो। कार्यक्रममा बोल्दै इन्स्टिच्युटका सञ्चालक दिपक केसीले आफ्नो अथक प्रयास, शिक्षकहरूको लगानी र विद्यार्थीहरूको मेहनत र लगावबाट मात्र सफल भएकोमा सफल हुने विद्यार्थीहरु , प्रशिक्षकहरु लाई बधाई तथा शुभकामना दिए। केसीले सै...
श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान

Breaking news 2, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल श्रमिक दिवसको अवसर पारेर रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ। जसमा योवर्ष ई-रिक्सा चलाउने महिला १० जना ,सडकमा मकै पोलेर बेच्ने महिला १० जना तथा जङ्गलमा गई सालको पात टिपेर सडक वा बजारमा बेच्ने महिला १० जना गरी ३० जना श्रमिक महिलालाई जनही १० हजारका दरले ३ लाखको धनराशि सहित सम्मान गरेको हो। बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले गएको वर्षदेखि सुरु गरिएको श्रमिक सम्मान कार्यक्रममा विगतको वर्षमा केही यस वर्षमा ३० जना र आउँदा वर्षहरूमा पनि छुटेका वास्तविक श्रमिकहरूलाई सम्मान गर्ने योजना रहेको बताए। बुधबार उपमहानगरको सभाहलमा सम्पन्न कार्यक्रममा श्रमिकलाई नगदसहित सम्मान गर्दै प्रमुख पाण्डेले श्रमको सम्मान र स्थानीय सरकार श्रमजीवीको हितमा रहेको अनुभूति दिलाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए। उनले श्रमले प्राथमिकता पाउँ...
 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

 बुटवलमा मिडिया मन्थन सम्पन्न : पत्रकारिता पेशालाई जनमुखी बनाउनुपर्नेमा जोड

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज
रुपन्देही नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा विहिबार बुटवलमा मिडिया मन्थन सम्पन्न भएको छ । विभिन्न विषयमा गरिएको समुहगत बहस कार्यक्रममा सहभागीहरुले पत्रकारिता पेशालाई थप निष्पक्ष, व्यवसायीक र जनमुखी बनाउँदै लैजानु पर्नेमा जोड दिएका छन् । सूचना प्रविधिको बिकाससँगै पत्रकारहरुको क्षमता बिकास तथा प्रविधिमैत्री ज्ञान र सीपलाई समेत जोडर पत्रकारिता पेशालाई व्यवसायीक बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका छन् । विश्वव्यापी कोरोना महामारीपछि सञ्चारगृह तथा त्यसमा कार्यरत पत्रकारहरुले ठूलो आर्थिक चुनौतीको सामना गर्न परिरहेको बताउँदै यसको समाधानका लागि फरक सोच र योजनाकासाथ अघि बढ्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारहरुले आर्थिक चुनौतीसँगै पेशागत सुरक्षाका लागि संघर्ष गरिरहनु पर्ने बाध्यता रहेको उल्लेख गरिन् । श्...
पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै

Breaking news 1, ताजा अपडेट, विविध, समाचार
बुटवल / नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मिडिया मन्थन हुने भएको छ। विहिबारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए। मिडिया मन्थनमा पत्रकारहरुको पेशागत सुरक्षा विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्ट तथा पत्रकार भवानी पाण्डे सहजकर्ताको रुपमा रहने छन्।  यसैगरी कसका समाचार कस्ता समाचार विषयमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पा...
समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ

Breaking news 1, जीवनशैली, पत्रपत्रिका, लेख रचना, विविध, शिक्षा, समाचार, समाज, सम्पादकिय
नेपालको अर्थतन्त्र कोरोना महामारी पश्चात क्रमिक ओरालो लागेको छ। यो अवस्थामा एकले अर्कोलाई दोषारोपण गर्ने नभई आफ्नो स्थानबाट प्रयास गर्नु आवश्यक छ। जसमा सरकारको बढी दायित्व हुन आउँछ ।सरकारले उपयुक्त नीति, नियम निर्माण गरी नागरिकलाई दिशा निर्देश गर्नुपर्छ । सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउनुपर्छ । हामीले यो अवस्था सुधार गर्न अल्पकालीन यी योजना बनाएका छौं र दीर्घकालीन योजनाहरू यी छन् भनि विश्वासमा लिएर अगाडि बढ्न आवश्यक छ। समाजवाद उन्मुख संविधान बमोजिम हामी गास ,बास ,कपास ,स्वास्थ्य, शिक्षा र रोजगार सुनिश्चित गरिदिन्छाैं, आफ्नो अवस्था अनुसार राजस्व संकलन गर्नुहोस् भनि आश्वस्त पार्न सक्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई हामी तपाईहरुको व्यवसायमा अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गर्छौं। व्यवसायीले राज्यले अनुमति दिएको २० प्रतिषत मुनाफामा उपभोक्तासम्म पुर्याउनुपर्छ भन्ने नियमसँगै...
बुटवलको जितगढी किल्लामा आज विजयी उत्सव मनाइँदै, के छ किल्लाको इतिहास र महत्व

बुटवलको जितगढी किल्लामा आज विजयी उत्सव मनाइँदै, के छ किल्लाको इतिहास र महत्व

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, विविध, समाचार, समाज
बुटवल बैशाख ७ अर्थात आज बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो । आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा ...
ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

ओशो ध्यान शिविर सम्पन्न, सहभागिहरू सन्तुष्ट

Breaking news 2, ताजा अपडेट, विविध, समाचार
बुटबल ०६ बैशाख -तिलोत्तमा नगरपालिकायोगिकुटीमा ओशो सम्बोधि संघको आयोजनामा बैशाख ६ गते शनिबार एक दिवसीय ओशो ध्यान शिविर सफलतापूर्वक सम्पन्न भयो। बिहान ६:३० बजेबाट सुरु भई साँझ ७ बजे सम्म सञ्चालन गरिएको उक्त शिविरमा विभिन्न ध्यान विधिहरू अभ्यास गराइयो, जसले चञ्चलता, तनाव, छटपटी, रिस, अनिद्रा, डरजस्ता मानसिक अवस्थाहरूलाई कम गर्दै शारीरिक, मानसिक, भावनात्मक तथा आध्यात्मिक रूपले सन्तुलनमा ल्याउने लक्ष्य राखिएको थियो। कार्यक्रममा उल्लेख्य संख्यामा ध्यानप्रेमीहरूको सहभागिता रहेको थियो। योगिकुटीबाट सहभागी हुनुभएकी बसन्ती भट्टराईले भन्नुभयो, “मैले यस ध्यान शिविरमार्फत धेरै नयाँ कुरा सिक्न पाएँ, जुन मेरो आत्मिक शान्तिका लागि धेरै उपयोगी भएको छ।” त्यस्तै अर्घाखाँचीबाट आउनुभएकी रमा पाण्डेले ध्यान अभ्यासले आफ्नो मन हलुका र शान्त महसुस भएको बताउँदै कार्यक्रमको प्रशंसा गर्नुभयो। बुटवल दीपनगरबाट...