पत्रकार महासंघ रुपन्देहीले गर्यो नलेज सिरिजको शुरुवात 


रुपन्देही

अग्रजहरुको अनुभव ग्रहण गर्दै नयां पुस्तालाई पत्रकारिता क्षेत्रमा आकर्षित गर्न सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासंघ रुपन्देहीले नलेज सिरिजको शुरुवात गरेको छ।

नयां सोंच नौलो सुरुवात नारासहित सुरु गरिएको नलेज सिरिजको नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष डा. बालकृष्ण चापागाईबाट शुभारम्भ गरिएको हो। 

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्थापक अध्यक्ष चापागाईसंग विगत र वर्तमानमा भईरहेको पत्रकारिता र भविश्यमा कस्तो पत्रकारिता आवश्यक रहन्छ भन्ने विषयमा छलफल गरिएको थियो। 

संस्थापक अध्यक्ष डा. चापागाईले पञ्चायती व्यवस्थादेखि बहुदल र पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आईपुग्दा पनि पत्रकारिता क्षेत्र उस्तै जोखिमपूर्ण रहेको बताए। 

उनंले विगतमा व्यवस्था परिवर्तनका लागि पत्रकारिता क्षेत्रले अगुवाई गरेको उल्लेख गर्दै व्यवस्था परिवर्तन भएपनि पत्रकारिता क्षेत्रको चुनौती परिवर्तन नभएको बताए। 

उनले पत्रकारिता क्षेत्रसमाज र देशलाई दिशा निर्देश गर्ने र सहि बाटोमा हिड्न अभिप्रेरित गर्ने समाजसेवा भएको बताए।

बिश्व प्रेस स्वतन्त्रता दिवसका अवसरबाट सूरुवात गरिएको  कार्यक्रमको सहजिकरण पत्रकार ललित पाण्डेले गरेका थिए।

महासंघका सचिव सिपी खनालले महासंघका पुर्व अध्यक्ष र अग्रजहरु संगै रुपन्देहीको बिकासमा भुमिका निर्वाह गरेका बिभिन्न संघ संस्थाका अध्यक्ष वा अग्रजहरुलाई उक्त नलेज सिरीजको अतिथी वक्ताको रुपमा निम्त्याईने बताए। खनालका अनुसार उक्त नलेज शिरीज महिनामा एकजना अतिथीलाई सहभागी बनाएर अनुभव साटासाट गरिने छ। 

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...