समाज परिवर्तन कारागारले नभई शिक्षालयले गर्छ


नेपालको अर्थतन्त्र कोरोना महामारी पश्चात क्रमिक ओरालो लागेको छ। यो अवस्थामा एकले अर्कोलाई दोषारोपण गर्ने नभई आफ्नो स्थानबाट प्रयास गर्नु आवश्यक छ। जसमा सरकारको बढी दायित्व हुन आउँछ ।सरकारले उपयुक्त नीति, नियम निर्माण गरी नागरिकलाई दिशा निर्देश गर्नुपर्छ । सुशासनको प्रत्याभूति नागरिकलाई दिलाउनुपर्छ ।

हामीले यो अवस्था सुधार गर्न अल्पकालीन यी योजना बनाएका छौं र दीर्घकालीन योजनाहरू यी छन् भनि विश्वासमा लिएर अगाडि बढ्न आवश्यक छ। समाजवाद उन्मुख संविधान बमोजिम हामी गास ,बास ,कपास ,स्वास्थ्य, शिक्षा र रोजगार सुनिश्चित गरिदिन्छाैं, आफ्नो अवस्था अनुसार राजस्व संकलन गर्नुहोस् भनि आश्वस्त पार्न सक्नुपर्छ । उद्योगी व्यवसायीहरुलाई हामी तपाईहरुको व्यवसायमा अप्ठ्यारो पर्दा अभिभावकीय भूमिका निर्वाह गर्छौं। व्यवसायीले राज्यले अनुमति दिएको २० प्रतिषत मुनाफामा उपभोक्तासम्म पुर्याउनुपर्छ भन्ने नियमसँगै उद्योगी व्यवसायीको लगानी सुनिश्चित गर्नुपर्छ। कर्मचारी वर्गले पनि राज्यको अवस्था अनुसार पाएको सेवा सुविधामा चुस्त दुरुस्त सुशासन नागरिकलाई दिलाउनुपर्छ।

नेपालको सन्दर्भमा कृषि ,पर्यटन ,जलविद्युत ,कच्चा पदार्थ देशभित्र उपलब्ध हुने उद्योगलाई प्रोत्साहन गर्नु आवश्यक छ। सरकार हरेक नागरिकको अभिभावक हो ।निम्न ,मध्यम र सम्पन्न सबै वर्ग ,जातजाति , भाषाभाषी ,धर्म ,संस्कृति ,संस्कार सबैको अभिभावकीय भूमिकामा रहनुपर्छ। सबैलाई समान रुपले लिनुपर्छ। देशमा केही भएन, छैन ,सबै सकियो भन्ने मानसिकताबाट हामी अगाडि बढ्न सकिँदैन। समाधानका लागि हरेक नागरिकले आफ्नो स्थानबाट सुशासन ,श्रम गर्ने बानीको विस्तार ,उत्पादन मुखी बन्न सकेमा समस्या समाधान हुनेछ । आजका दिनहरुमा गाउँबाट सहर र देश छाडेर विदेश जाने क्रम बढ्दो छ। जसमा युवा वर्गको नै बाहुल्यता छ। जन्मियाे, पढ्यो ,लगानी गर्यो ,जब उत्पादनसँग जोडिने ,आम्दानी गर्ने, ऊर्जाशील उमेर समूह पलायन हुँदा देशमा बालबालिका र वृद्धहरू मात्र रहने अवस्था आउँछ। जसले गर्दा देश र नागरिक अवस्था अझ बढी दयनीय हुँदै जान्छ। नेपालमै सम्भावना छ र गर्न सकिन्छ भन्ने धारणाको विकास गर्नु आवश्यक छ।

प्रमुख विषय त नेपालमा नैतिकता दिन -प्रतिदिन ह्रास हुँदै गएको छ। मानिसमा झुट ,ठगी ,चोरी ,भ्रष्टाचार ,हत्या- हिंसा बढिराखेको छ। कारागारमा थुनुवाको सङ्ख्या बढ्दो छ। मानिसमा शिष्टता हराउँदै गएको छ। त्यसैले समाज दिनप्रतिदिन द्वन्द्वमा धकेलिरहेको छ। नैतिकवानले शिष्टता, सत्यबोली ,ठग्नुहुन्न ,चोरी गर्नुहुन्न ,भ्रष्टाचार गर्नुहुन्न ,अरुलाई अन्याय गर्नुहुन्न ,कसैको हत्या गर्नुहुन्न भन्ने संस्कार सिकाउँछ। यो संस्कारको कमी खड्किँदै गएको छ। हामीलाई भौतिक विकास अति आवश्यक छ तर नैतिक विकास पनि सँगै लिएर जानुपर्छ। अहिले भौतिक विकासका लागि नैतिकतालाई बिर्सिदा विकृति बढ्दै गएको हो।

विश्वका विभिन्न मुलुकहरूको इतिहास र वर्तमान हामीले पढ्ने लेख्ने सुन्ने गर्छौं ।द्वन्द नियन्त्रण गर्न तानाशाहहरु बन्नुपर्ने हुन्छ नियम कानुनको डर र शासकहरूको डर, कारागारकाे डरले कम हुन्छ भन्ने मानसिकता हो। तर मानिस आफै नैतिकवान बनेमा सोच ,बोली ,व्यवहारमा सकारात्मकता रहेमा न त द्वन्द हुन्छ न त कारागारको आवश्यकता पर्छ ।

नेपालको सन्दर्भमा वि. सं.१९४२ देखि सर्वसाधारणले विद्यालयमा औपचारिक शिक्षा हासिल गर्न पाउने व्यवस्थाको सुरुवात भएको भयो भने नेपालमा वि. सं.१९७१ देखि कारागारमा कैदी राख्ने व्यवस्थाको सुरुवात भयो। करिब ३० वर्ष पहिले विद्यालयको व्यवस्था आइसकेकोले कारागारको आवश्यकता नै नहुनुपर्ने थियो। र अहिले पनि कारागारमा २८ हजार २ सय २९ कैदी रहेका छन्। यो अवस्था आउनु नैतिकता कमजोर हुनु हो।

अनुशासित र नैतिकवान समाजमा नीति नियममा कडाई गर्नुपर्ने तानाशाह शासक हुनुपर्ने ,द्वन्द सिर्जना हुने हुँदैन ।नागरिक चेतनशील र नैतिकबान अनुशासित भएमा शिक्षालयबाटै स्वतः सुशासन कायम हुन्छ। अनुशासन तथा नैतिकवान समाजमा कारागारको आवश्यकता पर्दैन,शिक्षालय (विद्यालय)को महत्व हुन्छ। चेतनाबाट नै समाजमा विकास र परिवर्तन हुन्छ।

छुटाउनुभयो कि ?

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

रवि लामिछाने आज भारत जादै, भारतीय जनता पार्टीकाे निमन्त्रणामा हुदैछ भ्रमण

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभ...
नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति विवादमा

काठमाडौँप्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति विवादमा तानिएको छ । लिम्...
गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

गुल्मेली सम्पर्क समाज रुपन्देहीको स्थापना दिवसमा बृहत रक्तदान तथा सम्मान

रुपन्देहीगुल्मेली सम्पर्क समाज रुपन्देहीले २३ औं स्थापना दिवस बृहत रक्तदान सहित विभिन्न कार्यक्रम गरि मनाएको छ । रक्तदान क...
पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

पश्चिम नेपालमा वर्षा र हुरीको सम्भावना

१७ जेठ, काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा बदली, वर्षा तथा हुरी चल्...