पत्रकार महासंघ रुपन्देहीले विहिबार मिडिया मन्थन गर्दै



बुटवल / नेपाल पत्रकार महासंघ रुपन्देहीको आयोजनामा बुटवलमा मिडिया मन्थन हुने भएको छ। विहिबारका लागि आयोजना गरिएको उक्त कार्यक्रममा सञ्चार क्षेत्रको विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने तयारी भएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए।

मिडिया मन्थनमा पत्रकारहरुको पेशागत सुरक्षा विषयमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषी चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुङ्गाना प्यानलिस्ट तथा पत्रकार भवानी पाण्डे सहजकर्ताको रुपमा रहने छन्। 

यसैगरी कसका समाचार कस्ता समाचार विषयमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरीका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी र लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे प्यानलिष्ट तथा सिपी खनाल सहजकर्ता रहने छन्। 

त्यस्तै मिडिया व्यवस्थापन सफल कि असफल विषयमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुवँर, अनलाईन मिडियाा सोसाईटीका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिका स्टेशन म्यानेजर कल्पना तिवारी प्यानलिष्ट तथा नरेश के.सी सहजकर्ता रहेका छन्।

कार्यक्रममा आमसञ्चार र सामाजिक सञ्जाल सम्भावना र चुनौती विषयमा मिडिया अनुसन्धानकर्ता उज्ज्वल आचार्य, लुम्बिनी प्रदेश प्रविधी प्रतिष्ठानका प्रमुख अनुप बास्कोटा, बिबिसीका सम्वाददाता माधब नेपाल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल प्यानलिष्ट र बिनोद परियार सहजकर्ता रहेका छन्। 

नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा पहिलोपटक आयोजना हुन गईरहेको मिडिया मन्थनमा पत्रकार, मिडिया संचालकको साथै सर्वसाधारणको सहभागितालाई पनि खुल्ला गरिएको महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए।

पत्रकार महासंघ रुपन्देहीले ३ दिनदेखि तीनतहका सरकारका अधिकार र तीनको कार्यान्वयनको अवस्था सम्बन्धमा लेखनवृत्ति तालिम संचालन गरिरहेको छ। 

तालिममा पुर्व मुख्यसचिव डा. सोमलाल सुवेदी, अग्रज पत्रकार शेरबहादुर के.सी, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, देवदह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, गैंडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री गौतम, बुटवल उपमहानगरपालिकाको राजस्व शाखा प्रमुख रोशन कुमार रेग्मीले समेत तीन तहका सरकारका अधिकार, कानुन कार्यान्वयनका कठिनाई, स्थानीय तहका असल अभ्यास, काम गर्दाका कठिनाई लगायतको बारेमा प्रकाश पारेका थिए।

तालिमको अवसरमा विहिबार बरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघियता र कानून कार्यान्वयनको अवस्थाको बारेमा तालिम दिने महासंघका सचिव सिपी खनालले बताए।

विहिबार तालिम समापनसँगै मिडिया मन्थन, उत्कृष्ट पत्रकारिता पुरस्कार तथा सुर्यप्रसाद स्मृति विकास पत्रकारिता पुरस्कार वितरण लगायतका कार्यक्रम रहेको सचिव सिपी खनालले जानकारी दिए।

छुटाउनुभयो कि ?

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूलीमा अहिलेलाई बाढीको जोखिम छैन : बाढी पूर्वानुमान महाशाखा

काठमाण्डौ – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी र त्रिशूली नदीसहित आसपासका क्षेत्रमा तत्काल बाढीको जोखिम नरहेको जनाएको छ । हि...
रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

रसुवा बाढीमा मृत्यु भएका ११ जनाको शव बुटवल ल्याइयो

बुटवलरसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी मृत्यु भएका ११ जनाको शव लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा ल्याइएको छ।नवलपरासीका...
भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

काठमाण्डौ — भोटेकोशी र त्रिशूली नदीको बाढीमा ज्यान गुमाउनेको संख्या ५७९ पुगेको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपत्...
लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

लुम्बिनी प्रदेशले दैवीप्रकोप उद्धार कोषमा ३ करोड सहयोग गर्ने

बुटवललुम्बिनी प्रदेश सरकारले रसुवालगायतका जिल्लामा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्...