बुटवलको जितगढी किल्लामा आज विजयी उत्सव मनाइँदै, के छ किल्लाको इतिहास र महत्व


बुटवल

बैशाख ७ अर्थात आज बुटवलको जितगढीमा नेपाल-अंग्रेजका बीचमा भएको युद्धमा नेपालले विजय हासिल गरेको दिनको खुशीयालीमा आज जितगढी उत्सव मनाईँदै छ । १८७२ वैशाख ७ गते जितगढी किल्लामा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि जित हासिल गरेको खुसीयालीमा हरेक वर्ष विजय उत्सव मनाउने क्रममा आज पनि विजय उत्सव मनाउन थालिएको हो ।

आज नै हरेक वर्ष गोरखादेखि पैदलयात्रा गरी आइपुग्ने नेपाली सेनाका पदयात्रीहरुलाई किल्लामा स्वागत गरिने छ । यस वर्ष पनि नेपाली सेनाको गोरखा दरबार हनुमान भन्ज्याङबाट सुरु भएको गोरखा-जितगढी पदयात्राको टोलीलाई स्वागत गर्ने कार्यक्रमलाई निरन्तरता दिइने बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए । ऐतिहासिक दरबार, गढी, किल्ला र पदमार्गको संरक्षण अभियान अन्तर्गत नेपाली सेनाले स्थानीय तहहरुसँगको सहकार्यमा गोरखादरबारदेखि जितगढीसम्मको यो पदयात्रा तेस्रो पटक आयोजना गरेको हो । गोरखाबाट हिँडेको टोली तनहुँ, स्याङ्जा, पाल्पा हुँदै आज ऐतिहासिक जितगढी किल्लामा आइपुग्नेछ ।

राष्ट्रिय झण्डासहित एकीकरणमा स्थापित श्रीनाथ, कालीबक्स, बर्दवाणी, सबुज, पुरानो गोरख र जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्म सहभागी छन् । पदयात्रामा गोरखाको रिपुमर्दन गण, तनहुँको रूरू भैरवदल गण, काली भञ्जन गण, राजदल गण, दि फेमस महिन्द्रदल गण र रुपन्देहीको तारादल गण सहभागी हुँदै छन् ।

आव बिहान ९ बजे बुटवलको अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तलन कार्यक्रम हुनेछ भने १० बजे बुटवल १ गणेशमन्दिरमा गोरखाबाट आएका नेपाली सेनाका टोलिलाई स्वागत गरिने छ । बिहान ११ बजेदेखि बुटवल-१ जितगढी किल्लामा जितगढी उत्सवको मुल समारोह संचालन हुने कार्यक्रम रहेको छ भने साँझ ६ बजेदेखि साँस्कृतिक साँझको आयोजना गरिएको छ ।

किन मनाइन्छ जितगढी विजय उत्सव

अंग्रेज-गोर्खा युद्ध’ को महत्वपूर्ण इतिहास बोकेको रुपन्देहीस्थित जितगढी किल्लाले हरेक नेपालीको छाती चौडा बनाउँदछ । राष्ट्रियताको प्रतिबिम्बका रुपमा स्थापित युद्ध ईतिहासको ‘ऐतिहासिक र पुरातात्विक सम्पदा’ ‘जीतगढी अर्थात उजीरसिंहगढी’ यतीबेला सबै पुग्नै पर्ने एक गन्तब्य बनेको छ । यो गढीमा झण्डै २ सय वर्ष पुराना युद्धसम्बन्धी जीवन्त ऐतिहासिक वस्तु तथा प्रमाण भेट्न सकिन्छ ।

युद्ध सम्बन्धित पुरानो दस्तावेज उल्लेखित अंशहरु अहिलेपनि जस्ताको तस्तै रहेको छ, जीतगढीमा । त्यसो त जितगढीको विषयमा उल्लेखित तथ्यांकमा इतिहासकारबीच फरक(फरक धारणा छ । ईतिहासकार प्राध्यापक डाक्टर तेजबहादुर श्रेष्ठले बेलायतको एक संग्रालयमा भेटेको जितगढीको चर्चासहितको सामाग्री भेटिएपछि मात्र जितगढीको बिषयमा नेपालमा बहस हुन थालेको बताउँछन् ।

अमरसिंह थापाको समयमा भएको ‘अंग्रेज(गोर्खा युद्ध’मा पाल्पाको गोर्खा फौजको कमाण्ड कर्णेल उजीरसिंह थापाले सम्हालेका थिए । रणपतिका रूपमा लडाई लड्दा कर्नेल उजिरसिंह थापा १८ वर्षका नवयुवक थिए । जीतगढी सेनकालमा बनेको थियो वा पाल्पा गोर्खामा विलय भएपछि बनाइएको थियो भन्ने तथ्याङक आज पनि प्रष्ट छैन । नालापानी, देउथल आदि ठाउँका किल्ला र जीतगढी किल्ला वास्तुशास्त्रका आधारमा हेर्दा सँगसँगै बनेको हुन भन्ने प्रशस्त आधार भेट्न सकिन्छ । सेनकालमा पाल्पाको संरक्षण गर्न पूर्वतिर वाकुमगढी र पश्चिम दक्षिणपट्टि बल्ड्याङ्ग गढी थियो ।

संवत् १८७१ मा स्थल मार्गबाट अंग्रेजले बृहत गोर्खा अधिराज्यसित ६/७ ठाउँबाट युद्ध छेडिसकेका थिए । मकवानपुर(चितवन क्षेत्र, बारा(पर्सा(रौतहट, मिथिलाक्षेत्र र बुटवलको जीतगढी क्षेत्र युद्धबाट नेपाल जोगाउनका लागि किल्लाको रुपमा स्थापित गरिएको थियो । तत्कालीन युद्धमा अंग्रेज फौजलाई परास्त गर्न जितगढी सफ भयो । जीतगढीलगायतका किल्लाहरु गोर्खा फौज डटेर नलडेको भए न हामी नेपाली भन्न पाउंथ्यौ न नेपाल रहन्थ्यो नै रहन्थो होला ।

जतीबेला बिशाल नेपाल बनाउने गोर्खालीको अभियान माथी अंग्रेजहरुले धावा बोलेका थिए त्यतिबेला भीमसेन थापा ३७ वर्षका थिए । भीमसेन थापाले युद्धमा आफ्नै होनहार भाइ कर्णेल रणवीरसिंह थापालाई मकवानपुर चितवनक्षेत्र र आफ्नो अधोषित धर्मपुत्र उजिरसिंहलाई बुटवल र पश्चिम नेपालका समग्र सामरिक केन्द्र हेर्ने पाल्पा गौंडा खटाएका थिए । जितगढी, दाउन्ने, चितवन, लोटन, समनपुर, हरिहरपुर आदि महत्वपूर्ण किल्ला जोडीएको थियो ।

सेनकालमा बुटवललगायत सेरोफेरोको भू(भागलाई अवधलाई रकम तिरेर सेनहरुले उपभोग गर्दै आएका थिए । पृथ्वीपालसेनको पालामा पाल्पा राज्य नेपाल अधिराज्यमा विलय हुन गयो तर अवधको रकम लिएको आधार मान्दै बुटवललाई कम्पनि सरकारले आफ्नो भएको दाबी समेत गरेको थियो । यता गोर्खालीहरुको भने सेनराज्यको अधिनमा रहेको बुटवल र स्यूराज पनि नेपालकै हुनु पर्ने दाबी थियो । जनरल अमरसिंह थापाको ब्रिटिस साम्राज्यवादको विरुद्ध पंजाव केशरी रणजित सिंहसँग १३ बुंदे ९सवाल० पत्र लेखेपछि कम्पनी सरकार आगो भएको थियो ।

कम्पनि सरकार र नेपाल सरकार संग भएको सन् १८०१ को सन्धीको धारा ५ मा ‘दुई देशबीच सिमा सम्बन्धी विवाद भएमा न्याय र अधिकारको सिद्धान्तको आधारमा दुवै देशका प्रतिनिधि बसेर सिमाना निर्धारण गर्ने’ भन्ने व्यहोरालाई समेत बेवास्ता गर्दै कम्पनि सरकारले पूर्वको बाइस गाउँ, बुटवल र स्यूराजको खिचलो उठाएको थियो । सन् १८१४ नभेम्बर १ तारिखका दिन कम्पनी सरकारका जनरल हास्टिङगका माक्र्युसले नेपाल विरुद्ध एकतर्फ युद्ध घोषणा गरेको थियो । ब्यापारीक नाका कब्जागर्ने उद्देश्यले नै अग्रेजले बटौली र सिब्राज किल्ला कब्जा गर्न आक्रमण गरेको बताइन्छ ।

अंग्रेजले पाँच ठाउंँबाट आक्रमणको तैयारीमा सतलज र यमुनाबीचको भू-भागलाई कब्जा गर्नुका साथै विभिन्न नाकाबाट काठमाडौंसम्म ब्रिटीसले कब्जा हमला गर्ने योजना बनाएपनि सफल हुन सकेन । बुटवल क्षेत्रमा हमला गर्न मेजर जनरल जोन सुलिमान उड एक हजार अंग्रेजी सेना र तीन हजार हिन्दूस्तानी फौज लिई वनारस गोरखपुर बुटवल हुदै पाल्पा हान्ने कम्पनी सरकारको योजना असफल भएको थियो ।

छुटाउनुभयो कि ?

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

ढुक्क भएर मतदानमा सहभागी हुन गृहमन्त्री अर्यालको आग्रह

काठमाडौंगृहमन्त्री ओमप्रकाश अर्यालले ढुक्क भएर मतदानमा सहभागी हुन आग्रह गरेका छन् ।आम निर्वाचनको तयारीबारे जानकारी लिन ओखलढुङ...
सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै हुन् : रवि लामिछाने

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार जलाउने र बालबालिकालाई गोली हान्ने एउटै भएको ब...
किन मनाइन्छ मगर दिवस ?

किन मनाइन्छ मगर दिवस ?

ललित बुढा मगरवर्तमान अवस्थालाई चित्रण गर्दा नेपाली जनता धेरै कुराले अधिकार सम्पन्न छन् । विभिन जात जाती, भाषा, धर्म, लिङ्ग आद...
भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

भड्किला भाषणले मात्र देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : गगन थापा

बुटवलनेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक भाषणले मात्रै देश नबन्ने बताएका छन् । बुटवलमा शुक्रबार आयोजित...