श्रमिक दिवसको अवसरमा बुटवल उपमहानगरले गर्याे ३० श्रमिकको नगदसहित सम्मान


बुटवल

श्रमिक दिवसको अवसर पारेर रूपन्देहीको बुटवल उपमहानगरपालिकाले ३० जना महिला श्रमिकलाई नगद सहित सम्मान गरेको छ। जसमा योवर्ष ई-रिक्सा चलाउने महिला १० जना ,सडकमा मकै पोलेर बेच्ने महिला १० जना तथा जङ्गलमा गई सालको पात टिपेर सडक वा बजारमा बेच्ने महिला १० जना गरी ३० जना श्रमिक महिलालाई जनही १० हजारका दरले ३ लाखको धनराशि सहित सम्मान गरेको हो।

बुटवल उपमहानगरका नगरप्रमुख खेलराज पाण्डेले गएको वर्षदेखि सुरु गरिएको श्रमिक सम्मान कार्यक्रममा विगतको वर्षमा केही यस वर्षमा ३० जना र आउँदा वर्षहरूमा पनि छुटेका वास्तविक श्रमिकहरूलाई सम्मान गर्ने योजना रहेको बताए।

बुधबार उपमहानगरको सभाहलमा सम्पन्न कार्यक्रममा श्रमिकलाई नगदसहित सम्मान गर्दै प्रमुख पाण्डेले श्रमको सम्मान र स्थानीय सरकार श्रमजीवीको हितमा रहेको अनुभूति दिलाउने र प्रोत्साहन गर्ने उद्देश्य रहेको बताए। उनले श्रमले प्राथमिकता पाउँदा समाजमा विकास र समृद्धि हासिल हुने हुनाले सबैले श्रम र श्रमिकको सम्मान गर्नुपर्ने धारणा राखे।

उनले श्रमिकहरुलाई सुनचाँदीका गरगहना बनाउने, सिलाई कटाई जस्ता धेरै सीपमूलक तालिमहरू नगरले गर्दै आएको बताए। श्रमिकले आफ्ना सन्ततिलाई विद्यालय पढाउन नसक्ने अवस्था रहेमा विभिन्न सहयोग गर्ने र गर्दै आएको बताए । उनले बोलीमा नभई व्यवहारमा लागू गर्ने गरी उपमहानगर अगाडि बढेको बताए।

सम्मान कार्यक्रममा बोल्दै उपमहानगरका उपप्रमुख सावित्रादेवी अर्यालले पसिना ,रगत ,शारीरिक श्रम गरेर जीविकोपार्जन गरिरहेका श्रमिकहरूको पक्षमा पनि बुटवल उपमहानगर रहेको बताइन्। उप प्रमुख अर्यालले विगतको वर्षमा, यस वर्षमा र आगामी वर्षहरूमा पनि यसैगरी क्रमश: श्रमिकको सम्मान र प्रोत्साहन कार्यक्रम गरिने बताइन्।

उनले नगरमा ई- रिक्सा चलाउने ,मकै पोल्ने ,सालका पात टिपेर बेच्ने मात्र नभएर गिट्टी कुट्ने लगायत अन्य श्रमिकहरु पनि रहेको र उनीहरुलाई पनि सक्दो प्रोत्साहन गर्ने आफ्नो लक्ष्य रहेको बताइन्। साथै उनले श्रमिकहरुले श्रमसँगै नगरको सरसफाई ,उचित बिक्री मूल्य र १ श्रमिकले अर्को श्रमिकलाई मैत्रीपूर्ण व्यवहार गर्नुपर्ने र आफ्नो मूल्याङ्कनमा यी विषयहरुलाई पनि समावेश गरिने बताइन्।

अर्यालले महिला मात्र नभएर नगरका विभिन्न विधाका श्रमिकहरूलाई सम्मान गरिने र अन्य स्थानीय निकायले पनि राम्रो कामको सिको गर्न आवश्यक रहेको बताइन्।

१० हजार नगदसहित सम्मानित हुनेहरूमा सालको पात बिक्री गर्ने महिला श्रमिकहरूमा धनकली बुढा ,तारा गिरी ,सितादेवी गाह ,चम्पा कुमाल ,गुड्डी बुढाथोकी ,प्रेमकुमारी श्रेष्ठ ,भुवानी दमाई ,कमला दर्जी ,सावित्रा क्षेत्री तथा मकै पोलेर बेच्ने श्रमिक महिलाहरूमा राधा राना, सरस्वती श्रेष्ठ ,सावित्रा पोखरेल ,लक्ष्मीदेवी आचार्य ,मित्रदेवी बुढामगर ,हुमादेवी सुनार ,विष्णु सेजवाल ,सरस्वती सापकोटा ,चन्द्री बिक ,विष्णु श्रीष र ई-रिक्साचालक श्रमिक महिलाहरूमा सुशीला थापा, सावित्रा बिक, सिता भण्डारी भुसाल ,पवित्रा अर्याल ,शोभा चिदी ,शोभा घिमिरे ,सरिता राना,सरस्वती ढुंगाना ,धनमाया सारु गुरुङ र अनिता जीटी राना रहेका छन् ।

कार्यक्रममा उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाल ,हाटबजार व्यवसायी संघ रुपन्देहिका अध्यक्ष हुमाराम पोखरेल ,वडा १ का वडाअध्यक्ष नरेन्द्र बस्नेत ,वडासदस्य गौतमलाल शाक्य ,कोपिला भण्डारी ,बुटवल इ-रिक्सा समिति सदस्य सिताराम मगरलगायतले बोल्दै नगरको यस प्रकारको सम्मान कार्यक्रम अत्यन्तै उत्कृष्ट रहेको धारणा राखिएको कार्यक्रम शाखा प्रमुख तारा भुसालको सञ्चालनमा सम्पन्न भएको थियो।

छुटाउनुभयो कि ?

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले बनायो सचिव नेतृत्वको टोली

काठमाडौंसरकारले मिटरब्याज पीडितसँग वार्ता अघि बढाउन सरकारले वार्ता टोली बनाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रध...
मानसिक स्वास्थ्य र समाधान

मानसिक स्वास्थ्य र समाधान

श्रीराम ज्ञवालीमानिसको जीवनमा शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण मानसिक स्वास्थ्य पनि हो। सामान्य भाषामा बुझ्दा, मनोरोग वा ...
विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

विश्वकप फुटबल: अर्जेन्टिनाको पुनरागमन, इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा

काठमाडौँअर्जेन्टिनाले अन्तिम पाँच मिनेटमा दुई गोल गर्दै इङ्ग्ल्यान्डमाथि २-१ को रोमाञ्चक जित निकाल्दै विश्वकप फुटबलको फाइनलमा...
मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान: लुम्बिनी सहित ६ प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँहाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर...