रूपन्देहीको तिलोत्तमामा दुई दिने दलित ज्ञान उत्सव सञ्चालन हुने


रूपन्देही

दलितहरूको पहिचान र उत्थानका लागि दलित तथा गैरदलित सबैको सहभागितामा रूपन्देहीको तिलोत्तमामा वैशाख २६ र २७ गते दलित ज्ञान उत्सव आयोजना गरिने भएको छ।

दलित ज्ञान उत्सव २०८२ तिलोत्तमामा मात्र नभएर समग्र राष्ट्रमै दलित समुदायको इतिहास ,बाैद्धिकता,विज्ञान ,सृजनशीलता ,संघर्षको कथा, सफलता एवं सामाजिक सम्मान सहित जातीय समानता र सामाजिक अन्तरघुलनको लागि सकारात्मक सन्देश पुग्ने विश्वास रहेको छ। नेपालमा दलित समुदायले लामो समयदेखि सामाजिक ,आर्थिक र सांस्कृतिक असमानताको सामना गर्दै आएकोले यो असमानता अन्त्य गर्ने ज्ञान उत्सवको अवधारणा रहेको छ। उत्सवमा दलित समुदायका विषयमा गहिरो गरी बहस र छलफल गरिनेछ। त्यस्तै जातीय समानताको सन्देश प्रवाह गर्ने मूल उद्देश्य रहेको छ। उत्सवमा युवा सशक्तिकरण ,सांस्कृतिक संरक्षण, राज्यको निकायमा सहभागिता जस्ता महत्त्वपूर्ण विषयमा सेवा र सहकार्यका लागि प्राथमिकतामा राखिनेछ।

रूपन्देहीको तिलोतमा नयाँमिल स्थित होटल स्वानमा बिहान ७ बजे देखि सञ्चालन हुने उक्त ज्ञान उत्सवमा पूर्वमन्त्री प्रतिनिधि सभा सदस्य छविलाल विश्वकर्माले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।भने समापन लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमल्सिनाले गर्ने कार्यक्रम तय गरिएको बुधबार तिलोत्तमा नगरपालिकाको सभा हलमा पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ।

दुई दिन चल्ने उक्त उत्सवमा ११ वटा सेसनहरू रहनेछन् ।जसमा साहित्यतर्फ विभेद विरुद्ध चित्रकला, कवितावाचन ,गीतसंगीत रहनेछन्। भने अन्य ७ वटा सेसनमा संघ ,प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, राजनीतिज्ञ ,संघ ,संस्थाका प्रतिनिधि ,विभिन्न विधाका विज्ञहरु , सरोकारवालासँग छलफल गरिनेछ।

पत्रकार सम्मेलनमा बोल्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खांडले तिलोत्तमामा मात्र ११प्रतिशत जनसङ्ख्या दलित समुदाय रहेको र उक्त समुदायलाई मूलधारमा ल्याउनका लागि” विभेदमुक्त नगर ,समानता युक्त नगर” भन्ने मूल नारा सहित आफ्नो कार्यको सुरुवात देशभर सञ्चालन हुने विश्वासले आफ्नो नगरको नीति तथा कार्यक्रममा समावेश गरिएको वताउनुभयाे।

नगर उपप्रमुख जागेश्वरीदेवी चौधरीले समाजमा रहेको विभेद न्यूनीकरण हुने विश्वास सहित कार्यक्रमको आयोजना गरिएको वताउनुभयाे। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले उत्सवमा उद्यमशीलता ,सेवाका विषयहरु ,प्रशासनका र समावेशिताका विषयमा केन्द्रित हुने जानकारी ,दिनुभयाे। नगरका प्रवक्ता सुरेन्द्र श्रीले आफ्नो नगर सँगै समाजमा रहेको जातीय विभेद अन्त्य गर्ने उत्सवको प्रमुख लक्ष्य रहेको जानकारी ,दिनुभयाे।

छुटाउनुभयो कि ?

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

सांसद खगेन्द्र सुनारको दाबीसहित विवादास्पद अडियो सार्वजनिक, चर्कियो आलोचना

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित रहेको दाबीसहित एक विवादास्पद अडियो सार्वजनि...
रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

रुपन्देही उद्योग संघको साधारणसभा सम्पन्न: स्वदेशी कच्चा पदार्थलाई महत्वमा राखी उद्योग सञ्चालन गर्नेमा वक्ताहरुको जोड

बुटवललुम्बिनी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री तुल्सी प्रसाद चौधरीले स्वदेशी कच्चा पदार्थलाई महत्व दिएर उद्योग व्यवस्थ...
बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बडादशैं : दोस्रो दिन आज भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदै

बुटवलनेपालीको महान चाड बडादशैंको दोस्रो दिन सोमबार देवी मन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रहमचारिणीको पूजाअर्चना गरिंदैछ ...
बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

बूढीगण्डकी बाढी : ४५ घरमा पूर्ण क्षति, ८२ जनाको उद्धार,५ अझै सम्पर्क विहिन

काठमाडौंबूढीगण्डकी बाढीका कारण ४५ घरमा पूर्ण क्षति पुगेको छ ।आइतबार बिहान लेदोसहित आएको बाढीले ४५ घरमा पूर्ण क्षति पुग्दा २७ ...