गायक प्रकाश गौतमको “बर्बाद हुनलाई” सार्वजनिक, प्रेम र पीडाको सम्वेदनशील कथा


सुवास बिसि
बुटवल, वैशाख २५
गायक प्रकाश गौतमले आफ्नो नयाँ भावनात्मक गीत “बर्बाद हुनलाई” सार्वजनिक गरेका छन्। प्रकाश गौतम अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यस गीतको भिडियोले प्रेम र पीडाको सम्वेदनालाई प्रभावशाली ढंगमा प्रस्तुत गरेको छ।

गीतमा स्वयं प्रकाश गौतम र मोडल अमृता पुन मगरले अभिनय गरेका छन्। गीतमा स्वर र शब्द गौतमकै रहेको छ भने संगीत सुर्य कुमार परियारले भरेका हुन्। गीतको भिडियो दिपक सुनरको कथा र निर्देशनमा तयार गरिएको हो, जसको छायांकन बिजय लामाले गरेका छन्।

को हुन् प्रकाश गौतम?

गुल्मी जिल्ला, चन्द्रकोट गाउँपालिका-८, तुराङ्ग दाङसिङ्गमा जन्मिएका प्रकाश गौतम सानैदेखि संगीतप्रेमी थिए। यद्यपि उनले औपचारिक रूपमै संगीत यात्राको थालनी वि.सं. २०७२ सालदेखि गरेका हुन्। उनको पहिलो गीत “सम्झना मनैमा” थियो, जसमा काजल जोशी र सबिना बुढामगरले स्वर दिएका थिए।

गीतसंगीतको खोजीमा काठमाडौं आएका गौतमले ज्ञानोदय माध्यमिक विद्यालय, चन्द्रकोट मजुवाबाट माध्यमिक तहको पढाइ पूरा गरेका हुन्। राजधानीमा बसोबास गर्दै उनले संगीतमा आफूलाई समर्पित गरेका छन्। उनको यात्रा म्यादी दोहोरी साँझबाट सुरु भएको थियो।

आज उनी  गायक मात्र होइनन्—गीतकार, संगीतकार, अनि अभिनेता समेत बनेका छन्।
गौतमले “पात बजाउँदै” र “सुन त ओइ सानी” जस्ता गीत पनि चाँडै सार्वजनिक हुने बताएका छन्।


छुटाउनुभयो कि ?

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

काठमाडौँ नेपाल प्रहरीको ३३औं प्रहरी महानिरीक्षक (आईजीपी)मा दानबहादुर कार्की नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् ब...
फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

फेसबुकमा त एमाले रित्तै भइसक्यो, घरघरका युवाको साथ छ : अध्यक्ष ओली

काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रत्येक घरघरमा एमालेका युवा रहेको दाबी गरेका छन्। एमालेको घर फर्क राष्ट्रिय ...
लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

लुम्बिनीको मन्त्रिपरिषद् बैठक: हिउँदे अधिवेशन मंसिर ८ मा बोलाउन सिफारिस गर्ने निर्णय

दाङलुम्बिनी प्रदेश सभाको हिउँदे (सातौँ) अधिवेशन मंसिर ८ गते बस्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोम बा...
भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

भौतिक संरचना पुनर्निर्माण कोषमा सात करोड ५२ लाख जम्मा

काठमाडौंजेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापनाका लागि स्थापना गरिएको...