बुटवल कम्प्युटर इन्स्टिच्युटबाट एकैपटकमा ३७ जना विद्यार्थी नेपाल आर्मीमा नाम निकाल्न सफल


बुटवल

लामो समयदेखि बुटवल गोलपार्कबाट सेवा दिइरहेको बुटबल कम्प्युटर इन्स्टिच्युटले एकैपटक ३७ जना विद्यार्थीहरुलाई नेपाल आर्मीमा नाम निकाल्न सफल भएको छ।

उक्त इन्स्टिच्युटले सैन्य तयारी कक्षासँगै प्रहरी तयारी कक्षा, लोकसेवा, शिक्षक सेवा ,कम्प्युटर ,विभिन्न विषयमा ट्युसन कक्षाहरू लगायत विभिन्न सेवा सञ्चालन गर्दै आएको छ। सैन्य सेवामा जस्तै प्रहरी तयारी कक्षा ,लोकसेवा ,शैक्षिक सेवा ,कम्प्युटर ,ट्युसन क्लास लगायतका क्षेत्रमा पनि उत्कृष्ट हुँदै आइरहेको छ। शनिबार बुटवल गोलपार्क कार्यालय परिसरमै सैन्य सेवामा उत्तीर्ण हुन सफल विद्यार्थीहरूलाई सम्मान कार्यक्रम राखेको थियो।

कार्यक्रममा बोल्दै इन्स्टिच्युटका सञ्चालक दिपक केसीले आफ्नो अथक प्रयास, शिक्षकहरूको लगानी र विद्यार्थीहरूको मेहनत र लगावबाट मात्र सफल भएकोमा सफल हुने विद्यार्थीहरु , प्रशिक्षकहरु लाई बधाई तथा शुभकामना दिए। केसीले सैन्य सेवा जस्तो गरिमामय सेवामा प्रवेश गरेसँगै बढुवा हुँदै सैन्य प्रमुखसम्म पुगेको सुन्न चाहेको भन्दै बधाई तथा शुभकामना दिए। उनले आफ्नो इन्स्टिच्युटमा रहेका सेवाहरूमा अत्याधिक सफल हुँदै आएको र असफल भएमा शुल्क फिर्ता दिने व्यवस्था रहेको बताए। संचालक केसीले लामो समयको अनुभवले आफ्नो इन्स्टिच्युटमा अध्ययन गर्ने विद्यार्थीहरू धेरै सफल भएको र यसलाई अझ सशक्त बनाउन आफू अवरात्र लागेको बताए।

प्रशिक्षक संयोजक एवं अंग्रेजी विभागका प्रमुख अंकित गिरीले आफूहरूको मेहनत र विद्यार्थीहरूको लगावले झन्डै सत प्रतिशत उत्तीर्ण हुन सफल भएकोमा गर्व लागेको अनुभूति भएको भन्दै सफल विद्यार्थीहरुलाई सैन्य क्षेत्रको उच्च नेतृत्वमा पुगेको देख्न चाहेको भन्दै शुभकामना दिए।

कार्यक्रममा प्रशिक्षक पुरुषोत्तम ज्ञवाली, पूर्व नेपाली सैनिक केशव खड्का ,प्रशिक्षकहरू सुनिल नेपाली ,देव न्यौपाने लगायतले बोल्दै शिक्षकहरूको मेहनतले इन्स्टिच्युटका सञ्चालकको अथक प्रयासले सत प्रतिशत उतिर्ण भएकोमा गर्व गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे।

उत्तीर्ण प्रशिक्षार्थीहरूको तर्फबाट सूर्य प्रताप शाही,अन्जु शाही, सुरज परियार, अभिनाश थापा,सुनिल परियार लगायतले बोल्दै आफूहरूको लक्ष्य उपयुक्त ,उपयुुक्त इन्स्टिच्युटकाे छनाेट, दक्ष प्रशिक्षकको साथले उत्तीर्ण हुन सफल भएको भन्दै इन्स्टिच्युटलाई थप सफलताको कामनासँगै अन्य यस्तै सेवा क्षेत्रमा प्रवेश गर्नेहरूले बुटवल कम्प्युटर इन्स्टिच्युट नै रोज्न उपयुक्त हुने धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

विश्व बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले घट्यो

विश्व बजारमा कच्चा तेलको मूल्य २ प्रतिशतले घट्यो

काठमाडौंविश्व बजारमा कच्चा तेलको मूल्य शुक्रबार करिब २ प्रतिशतले घटेको छ। तेल ढुवानीका लागि अत्यन्त महत्वपूर्ण मानिने स्ट्रेट...
विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

विश्वकपमा समुह ‘आई’ का अन्तिम खेल आजराति, यस्तो छ नकआउटको समीकरण

काठमाडौँजारी फिफा फुटबल विश्वकपअन्तर्गत समूह ‘आई’ को अन्तिम खेलमा आज राति हुदै छ । नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि श...
तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन छैटौं दिन पुग्यो

काठमाडौं तीन दिनमा सक्ने भनिएको रास्वपा महाधिवेशन आज छैटौं दिन पनि जारी छ । आज पदाधिकारी निर्वाचित गरेर महाधिवेशन सम्पन्न गर्...
रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

रूपन्देहीका १५ पालिकाले गरे बजेट सार्वजनिक

बुटवलआर्थिक बर्ष ०८३/८४ का लागि रुपन्देहीका १५ पालिकाले असार १० भित्रैं बजेट सार्वजनिक गरेका छन् । जिल्लाका १६ स्थानीय तहमध्य...