किन हुन्छ शरीरमा भिटामिन ‘डी’ को कमी ?
काठमाडौं । पछिल्लो समय भिटामिन ‘डी’ को कमी स्वास्थ्य क्षेत्रमा एउटा ठूलो समस्याको रुपमा देखा परेको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने झन् धेरै व्यक्तिमा भिटामिन ‘डी’ को कमी पाइन्छ ।
भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको किरण हो । तर अहिले धेरै व्यक्ति भिटामिन ‘डी’ को प्रमुख स्रोत सूर्यको पराबैजनी किरणको सम्पर्कमा कमै मात्र आउन पाएका हुन्छन् । किनकि बढ्दो सहरीकरण र व्यस्त जीवनशैलीका कारण मानिसहरुलाई घाममा बस्ने फुर्सद नै कम छ । सहरका घरहरु एकापसमा जोडेर बनाइएकाले कोठा कोठामा सूर्यको किरण छिर्न पनि पाउँदैन ।
मानव छालाले सूर्यको प्रकाशमा भएको पराबैजनी किरणबाट भिटामिन ‘डी’ को निर्माण गर्छ र शरीरले उसलाई संग्रहित राखेर पछि उपयोग गर्न थाल्छ । छालाले भिटामिन ‘डी’को निर्माण गर्न सकेन भने यसको कमी हुन्छ । भिटामिन डी’ पाइने खाना जस्तै अण्डा, माछाको कम सेवन गर्दा पनि यो समस्या देखा पर्ने स...







