अस्पताललाई भरोसा र पुर्ण सेवा योग्य वनाउने योजना छ ,साथ दिनुहोस् : मेसु डा. गौतम


बुटवल
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमले अस्पताललाई सवै नागरिकले भरोसा गर्न सक्ने र आवस्यक रहेका सेवा विस्तार गर्ने योजना रहेकोले सरोकारवाला सवैले साथ दिन आग्रह गरेका छन्।
नेपाल नियमित रक्तदाता संघ बुटवलको आयोजनामा रहेको रक्तदान कार्यक्रममा वोल्दै डाक्टर गौतमले आफु सम्पूर्ण मापदण्ड पुरा गरि योग्य भई मेडिकल सुपरिटेन्डेन्ट पद पाएपछि पनि पदमा वस्न नदिई अवरोध हुंदै आएको र नियुक्ति पश्चात् न्याय मिलेको वताएका छन्।
उनले अस्पताल भित्र रहेको रक्तसञ्चार केन्द्रलाई आवस्यक पर्ने व्यवस्थापकीय पक्षलाई मजबुत वनाई सरोकारवाला सवैको सहयोगवाट रगतको अभाव हुन नदिने गरी काम गर्न चाहेको वताएका छन्।
अहिलेको सरकारले शुशासन,दुर्त सेवा प्रवाह, प्रविधिमैत्री सेवा, विश्वासयोग्य सेवा,योग्य व्यक्तिलाई जिम्मेवारी लगायतका विषयमा प्राथमिकता दिएको र निर्देश गरेकोले आफुले सोही अनुसार अंगाडी बढ्ने स्पष्ट पारे।
अहिले अस्पतालमा रहेको सवै संयन्त्रको उपयोग गर्दै कुनै पदमा आवश्यकता भन्दा धेरै कर्मचारी रहेको पाइए त्यसलाई समेत व्यवस्थापन गर्ने धारणा राखे।


कार्यक्रममा बोल्दै उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष समुन्द्र जिसीले बजारमा रहेको उपभोक्ताको गुनासोलाई समाधान गर्नेगरी मञ्चले काम गरिरहेको वताए।
उनले अहिले सरकारका गतिविधिले उपभोक्ताहरू तरङ्गित भएको र यसलाई सवै देश र नागरिकको हित हुने गरी अगाडि बढ्न सुझाव दिए।
उनले रगतको अभावमा कसैले तड्पिनु नपरोस र गुनासो सुन्नु नपर्ने गरी सरोकारवाला अंगाडी वढ्न आफुले आवस्यक योगदान गर्ने जानकारी दिए।
नेपाल नियमित रक्तदाता संघका कार्यवाहक अध्यक्ष लेखनाथ भण्डारीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलसंग रक्तदाता संघ आपसमा परिपुरक रहेर सहकार्य गर्न तयार रहेको धारणा राखेका थिए।
उनले रक्तदान जिवन दान सरह रहेकोले स्वस्थ व्यक्तिहरु र रक्तदान गरी पुनः समय आएका सवैले रक्तदान गर्न आग्रह गरे।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहानले विगतमा अस्पताल प्रशासनको कमजोरीका कारण रक्तसञ्चार केन्द्र सञ्चालन गर्न नसकिएको र नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट गौतमले यसको मर्मलाई बुझेर अंगाडी बढ्ने विश्वास रहेको वताएका थिए।


कार्यक्रममा घरवहाल संघका अध्यक्ष राजु लिगल ,रक्तदाता संघका महासचिव दीपक अधिकारी , ,नेपाल नियमित रक्तदाता सङ्घ केन्द्रीय सदस्य तथा अङ्कित मेडिसिन डिस्ट्रिब्युटर प्रालिका सञ्चालक बुद्धि प्रसाद ज्ञवाली लगायतले वोल्दै नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विष्णु गौतमको नियुक्तिले अस्पताल थप व्यवस्थित वन्ने विश्वास लिएको वताउदै अस्पतालको रक्त सञ्चार केन्द्रलाई सञ्चालन गर्न आवश्यक सहयोग गर्ने धारणा राखेका थिए।

छुटाउनुभयो कि ?

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

स्वास्थ्य क्षेत्रका तीन ठूला संरचना पुनर्गठनको तयारी

काठमाडौंसरकारले स्वास्थ्य क्षेत्रका महत्वपूर्ण नियामक तथा सार्वजनिक स्वास्थ्य संरचनालाई पुनर्गठन गर्ने तयारी थालेको छ । रो...
सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

सभापति गगन थापाले कस्तो ल्याउँदैछन् राजनीतिक प्रतिवेदन ?

काठमाडौँकांग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिबाट नभई राजनीतिक, वैचारिक, सांगठनिक र आर्...
पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

पहिलो पाइला नेपाल बुटवल द्वारा रक्तदान कार्यक्रम

बुटवलयुवाको ऐक्यबद्धता, रक्तदानमा नयाँ पाइला’ भन्ने मूल उद्देश्यका साथ पहिलो पाइला नेपाल, बुटवल शाखाले विगतका वर्षहरूमा जस्तै...
अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

अस्पतालभित्र हुने चुहावट नियन्त्रणमा ध्यान दिनुस: मुख्यमन्त्री आचार्य

दाङलुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वास्थ्य क्षेत्रमा विनियोजन भएको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न...