समाचार

बुटवल हस्पिटल प्रालि र एक्सपर्ट एजुकेशन बिच उपचार सम्झाैता

बुटवल हस्पिटल प्रालि र एक्सपर्ट एजुकेशन बिच उपचार सम्झाैता

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, शिक्षा, समाचार
बुटवल एक सय शैयाको अनुमति प्राप्त बुटवलकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न बुटवल हस्पिटल प्रा.लि. र एक्सपर्ट एजुकेशन बीच उपचार सहकार्यका लागि सम्झौता भएको छ।एक्सपर्ट एजुकेशन कन्सल्टेन्सी बुटवलसँग सम्बद्ध शाखाहरूको समेत सहभागितामा सम्पन्न उक्त सम्झौताअनुसार, एक्सपर्ट एजुकेशनका बोर्ड सदस्य, कर्मचारी तथा उनका परिवारका साथै अध्ययनरत विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सेवा उपलब्ध गराइनेछ।अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार, सम्झौताको माध्यमबाट सहुलियत दरमा उपचार सेवा र स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ। “बुटवल हस्पिटल सबैको स्वास्थ्य संस्था भएकाले हामी सबैसँग हातेमालो गर्दै अघि बढ्छौं,” अध्यक्ष पौडेलले भने।सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, जनरल म्यानेजर देवेश कर्ण, बजार प्रमुख सुमन तिमिल्सिना, एक्स...
आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

Breaking news 3, ताजा अपडेट, पत्रपत्रिका, माैसम, शिक्षा, समाचार
काठमाडौं मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) बिहान सातै प्रदेशका विभिन्न भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । पछिल्लो एक घण्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ । अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ । सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । राति पनि देशभर साधारणतया बदली रहनेछ । राति मधेश प्रदेश लगायत को...
आज सङ्घीय संसद्का चार संसदीय समितिको बैठक बस्दै

आज सङ्घीय संसद्का चार संसदीय समितिको बैठक बस्दै

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, समाचार
काठमाडौँ सङ्घीय संसद्का विभिन्न चार समितिको बैठक सोमबार (आज) बस्ने भएको छ । निर्धारित कार्यतालिका अनुसार, आज अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको हो । अर्थ समितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’, कानुन, न्याय तथा मानवअधिकार समितिमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि दफावार छलफल गर्ने कार्यक्रम छ । यसैगरी, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा ‘हिन्द कुश हिमालयन पार्लियामेन्टस् मिट– २०२५’ का सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१’ उपर सैद्धान्तिक छलफल गर्ने कार्यसूची छ । ...
टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ

Breaking news 2, खेलकुद, ताजा अपडेट, पत्रपत्रिका, विदेश, विविध, समाचार, समाज
काठमाडौं टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो । राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए । त्यस्तै, कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ । उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । स्पिनर ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् । अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अष्ट्रेलिया भ्रमण गर्न लागेको हो । अष्ट्रेलियाको डार्बिनमा हुने प्...
लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न

Breaking news 3, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, विविध, शिक्षा, समाचार, समाज, स्थानीय
बुटवल डिष्ट्रिक्ट ३२५P नेपाल अन्तर्गत रिजन–१४ का जोन ३०, ३१ र ३२ का लायन्स क्लबहरूले बुटवलमा भव्य इन्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेका छन्।कार्यक्रममा नयाँ सदस्यहरूको शपथ ग्रहण, क्लब पदाधिकारीहरूको पदस्थापन तथा सामूहिक सेवाभावको पुनः प्रतिवद्धता व्यक्त गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन बलराम भट्टराई रहनु भएको थियो। विशेष अतिथिहरूमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, दोश्रो भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिना पन्थी, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन अर्जुन मान सैंजु तथा लायन महेन्द्र नारायण श्रेष्ठ रहनु भएको थियो। यसैगरी डिष्ट्रिक्ट ३२५P नेपालको सिनियर प्रोटोकल मा रहनु भएका बिभिन्न पदाधिकारीको उपस्थितिमा १४० जना लायन सदस्यको पदस्थापन भएको थियो | पहिलो चरणको कार्यक्रम संचालक जोन चियर पर्सन लायन रितु गुरुङ त...
गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडानका लागि विशेष शुल्क छुट

गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडानका लागि विशेष शुल्क छुट

Breaking news 2, ताजा अपडेट, पत्रपत्रिका, बिज्ञान प्रबिधि, राजनीति, शिक्षा, समाचार
बुटवल भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न सरकारले पुनः छुटैछुटका सुविधाहरू ल्याएको छ । अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएका यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संचालनमा आउन नसकेर लगानीको औचित्यमाथि प्रश्न उठ्न थालेपछि सरकारले यस खालको सुविधाको घोषणा गरेको हो । यि दुइ बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्दा पाइने सुविधा तथा छुटका वारेमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०८१ साउन २८ गते स्वीकृत गरेको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्य योजना’ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन दिन अघि एक प्रेस विज्ञप्ति जारी गरेको छ । मन्त्रालयले गत शुक्रवार यस वारेमा प्रेस बिज्ञप्ती जारी गर्दै यि दुवै बिमानस्थलबाट अन्तर्राष...
हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश

हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, राजनीति, शिक्षा, समाचार, समाज
काठमाडौ गाईजात्रा पर्वको अवसरमा रिपोटर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यक लाकारहरु सन्तोष खनाल, सुयशाखनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए । हाँस्यकलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत बृद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए । ‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’ जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाल...
बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण

Breaking news 2, ताजा अपडेट, विविध, समाचार, स्थानीय
बुटवल,२५ साउन ।गुल्मीदरबार गाउँपालिका स्थायी बासिन्दाले बुटवलबाट भत्ता नविकरण गर्न पाउने भएका छन् । गुल्मीदरबार गाउँपालिकाको आयोजनामा बुटवलबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नविकरण गर्न लागेको अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । हामी तीन दिनको घुुम्ती सेवा लिएर बुटवल आएका छौँ । स्थायी ठेगाना गुल्मीदरबार भई विभिन्न कारण बुटवल बस्दै आउनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिले सेवा लिन थापाले अनुरोध गरे ।सामाजिक सुरक्षा नविकरण बायोमेट्रीक मार्फत गरिन्छ । जेष्ठ नागरिक,दलित,एकल महिला,एकल जेष्ठ महिला, ५ वर्ष मुनिका दलित बालबालिका तथा अपाङ्गले सेवा लिन सक्ने प्रमुख प्रशासकिय अधिकृत भेष राज घिमिरेले जानकारि दिए । हामी बुटललको ईट्टा भट्टिमा रहेको हईट पाण्डामा शिविर राखेका छौँ आएर सेवा लिन सक्नुहुन्छ घिमिरेले भने ।सेवा विहान ८ बजेबाट सुरु भै साझ ६ बजे सम्म उपल्बध हुने छ । स...
रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी

रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी

Breaking news 1, ताजा अपडेट, पत्रपत्रिका, राजनीति, शिक्षा, समाचार
रुपन्देही रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् । बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आंकाक्षा व्यक्त गरेको पार्टीले जनाएको छ । भट्टराई रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत हुनुहुन्छ । उहाँ पूर्व राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ । शाह एमालेका केन्द्रीय विभागका सदस्य हुनहुन्छ । उहाँ पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पनि हुनुहुन्छ ।यसअघि उम्मेदवारको आकांक्षीका चर...
आज गाईजात्रा पर्व मनाइदै

आज गाईजात्रा पर्व मनाइदै

Breaking news 2, गित संगित, जीवनशैली, ताजा अपडेट, पत्रपत्रिका, मनोरञ्जन, विविध, समाचार, समाज
काठमाडौँ प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर आरम्भ गरिँदैछ ।एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ । यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प...