टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


काठमाडौं

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।

राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

त्यस्तै, कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ । उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । स्पिनर ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् ।

अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अष्ट्रेलिया भ्रमण गर्न लागेको हो । अष्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ । टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अष्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ

छुटाउनुभयो कि ?

ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

ठाउँ नदेखाइ, होल्डिङ सेन्टर नछाड्ने सुकुमवासीको अडान

काठमाडौंबनेपा नगरपालिका–६ बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको होल्डिङ सेन्टरमा बसिरहेका केही विस्थापित सुकुमवासीले सरकारले स्थ...
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन: ४० भन्दा बढी जिल्लामा फिल्डमै पुग्ने

काठमाडौंभूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी,...
भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

भारतमा युवालाई साथ दिँदै विपक्षी दलहरू पनि आन्दोलनमा

काठमाडौँभारतमा शिक्षा प्रणाली सुधार एवं शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित युवा र विद्यार्थीले गरेको प्रदर्...
सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

सातै प्रदेशमा सत्ता सहकार्य गर्न एमाले र नेकपा सहमत

काठमाडौंनेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रदेशमा सरकार निर्माण गर्न सहकार्य गर्ने भएका छन् । नेपाली काँग्रे...