टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ


काठमाडौं

टप एन्ड टी–२० सिरिजको लागि अस्ट्रेलिया जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरेको हो ।

राखेप सदस्य सचिव टंकलाल घिसिङलगायत क्यानका पदाधिकारीले राष्ट्रिय क्रिकेट टोलीलाई नेपालको झण्डा हस्तान्तरण गरेका थिए ।

त्यस्तै, कार्यक्रममा क्यान र नासा सेक्युरिटिजबीच नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सीको मुख्य प्रायोजकको सम्बन्धमा सम्झौता भएको छ । उक्त सिरिजमा भाग लिने टोलीमा एक परिवर्तन भएको छ । स्पिनर ललित राजवंशीको ठाउँमा साहब आलमले खेल्ने भएका छन् ।

अक्टोबरमा ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्वकपको एसिया तथा पूर्वी एसिया–प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि अष्ट्रेलिया भ्रमण गर्न लागेको हो । अष्ट्रेलियाको डार्बिनमा हुने प्रतियोगिता अगस्ट १४ देखि २४ सम्म हुनेछ । टप एन्ड टी–२० सिरिज खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अष्ट्रेलिया प्रस्थान गर्ने क्यानले जनाएको छ

छुटाउनुभयो कि ?

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बडादसैँ: टीकाको चौथो दिन आज पनि टीका थाप्ने र आशीर्वाद लिने क्रम जारी

बुटवलविजया दशमीको टीकाको चौथो दिन आज पनि मान्यजनबाट टीका र जमरा ग्रहण गरी बडादसैँ मनाइँदैछ । दसैँको मुख्य दिन टीका थाप्न नभ्य...
पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवापोखरा

पोखरा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको फ्लाइ दुबईले आज एक महिना पूरा गरेको छ । फ...
अल्पविद्या भयङ्करम्

अल्पविद्या भयङ्करम्

श्रीराम ज्ञवाली' सबै कुरामा विज्ञ ठान्नेले केही जानेको हुँदैन अर्थात्, आफूलाई सर्वज्ञानी सम्झने व्यक्ति वास्तवमा अल्पज्ञानी ह...
अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

अमेरिकी मेडिकल ल्याबमा साइबर आक्रमण

काठमाडौंअमेरिकाका ठूला मेडिकल ल्याब कम्पनीहरूमध्ये एक क्वेस्ट डायग्नोस्टिक्समा साइबर आक्रमण भएको छ। यसमा बिरामीहरूको स्वास्थ्...