हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश


काठमाडौ

गाईजात्रा पर्वको अवसरमा रिपोटर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यक लाकारहरु सन्तोष खनाल, सुयशाखनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए ।

हाँस्यकलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत बृद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए । ‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’ जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीप्रति व्यङ्ग्य गरे ।

अर्का हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यङ्ग्य प्रस्तुत गरे । उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदनभित्र छिरेपछि । भ्रष्टाचारको त बोरै निस्किँदो रहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि ।’ उनले आफूले प्रत्येक २२ वर्षदेखि गाइजात्रा गर्दै आइरहेको बताए । यस पटक पनि ओएसआर डिजिटलमार्फत मिसन नौटङ्की भन्ने गाइजात्रै प्रस्तुति दिएको उनले बताए । त्यस्तै, अर्का हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा लगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए ।

कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकता मात्रै देख्न नहुने धारणा राखे । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरुलाई थाहा हुनुपर्ने उनको भनाइ थियो । ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ, पहिला विद्युतीकरण के थियो, अहिले कति छ ? पढेलेखेका मान्छेहरुलाई थाहा होस्, उनले भने । वरिष्ठ हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि आफू निरन्तर गाइजात्रामा रहेको बताए । आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...