हाँस्य कलाकारहरुको ब्यंग्य : शीर्ष नेताहरु अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश


काठमाडौ

गाईजात्रा पर्वको अवसरमा रिपोटर्स क्लब नेपालले हाँस्य कलाकारहरुसँग साक्षत्कार गरेको छ । साक्षत्कार कार्यक्रममा हाँस्यक लाकारहरु सन्तोष खनाल, सुयशाखनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले आ-आफ्नो प्रस्तुति राखेका थिए ।

हाँस्यकलाकार रूपाखेतीले तीन शीर्ष नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे । उनले आफ्नो कमेडीमार्फत बृद्ध नेताहरुले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए । ‘ओलीको बोलीले देश र जनतालाई भयो झेली । आफूमात्रै ठीक, अरु बेठीक ठान्ने । आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने । कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’ जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपीशर्मा ओलीप्रति व्यङ्ग्य गरे ।

अर्का हाँस्यकलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यङ्ग्य प्रस्तुत गरे । उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदनभित्र छिरेपछि । भ्रष्टाचारको त बोरै निस्किँदो रहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि ।’ उनले आफूले प्रत्येक २२ वर्षदेखि गाइजात्रा गर्दै आइरहेको बताए । यस पटक पनि ओएसआर डिजिटलमार्फत मिसन नौटङ्की भन्ने गाइजात्रै प्रस्तुति दिएको उनले बताए । त्यस्तै, अर्का हाँस्य कलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवा लगायतको क्यारिकेचर गरेका थिए । उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए ।

कलाकार राजा राजेन्द्रले देशमा नकारात्मकता मात्रै देख्न नहुने धारणा राखे । देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरुलाई थाहा हुनुपर्ने उनको भनाइ थियो । ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ, पहिला विद्युतीकरण के थियो, अहिले कति छ ? पढेलेखेका मान्छेहरुलाई थाहा होस्, उनले भने । वरिष्ठ हाँस्यकलाकार शैलेन्द्र सिम्खडाले २०३७ सालदेखि आफू निरन्तर गाइजात्रामा रहेको बताए । आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य–व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...