लायन्स क्लब द्वारा संयुक्त इण्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न


बुटवल

डिष्ट्रिक्ट ३२५P नेपाल अन्तर्गत रिजन–१४ का जोन ३०, ३१ र ३२ का लायन्स क्लबहरूले बुटवलमा भव्य इन्डक्सन तथा मेगा इन्स्टलेशन कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रममा नयाँ सदस्यहरूको शपथ ग्रहण, क्लब पदाधिकारीहरूको पदस्थापन तथा सामूहिक सेवाभावको पुनः प्रतिवद्धता व्यक्त गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर लायन बलराम भट्टराई रहनु भएको थियो। विशेष अतिथिहरूमा निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, दोश्रो भाइस डिष्ट्रिक्ट गभर्नर लायन मिना पन्थी, पूर्व डिष्ट्रिक्ट गभर्नर लायन अर्जुन मान सैंजु तथा लायन महेन्द्र नारायण श्रेष्ठ रहनु भएको थियो।

यसैगरी डिष्ट्रिक्ट ३२५P नेपालको सिनियर प्रोटोकल मा रहनु भएका बिभिन्न पदाधिकारीको उपस्थितिमा १४० जना लायन सदस्यको पदस्थापन भएको थियो |

पहिलो चरणको कार्यक्रम संचालक जोन चियर पर्सन लायन रितु गुरुङ तथा दोस्रो चरणका संचालक क्याबिनेट सेक्रेटरी लायन एम.एल. पाण्डेले सञ्चालन गर्नुभएको थियो। लायन अर्चना केसीले झण्डाको अभिवादन गराउनुभएको थियो भने कार्यक्रमको अध्यक्ष रिजन–१४ चेयरपर्सन लायन ओम थापाले स्वागत मन्तव्य दिँदै लायनवादको मूलभावना र सेवाको महत्वबारे प्रेरणादायी भनाइ प्रस्तुत गर्नुभयो।

एरिया–४ प्रमुख लायन प्रबिना घिमिरे र डिष्ट्रिक्ट गभर्नर PMJF लायन बलराम भट्टराईको सम्बोधनमा एकता, योगदान र प्रभावकारी सेवा परियोजनाहरूलाई आगामी वर्षको प्राथमिकता बनाउने प्रतिबद्धता व्यक्त गरिएकाे थियाे।

कार्यक्रममा नयाँ सदस्यहरूको औपचारिक शपथ ग्रहण, क्लब पदाधिकारीहरूको पदस्थापन तथा उत्कृष्ट योगदान गर्ने सदस्यहरू र सहभागी क्लब अध्यक्षहरुको सम्मान गरिएको थियो।
कार्यक्रममा लायन्स क्लब अफ बुटवल सिद्धार्थ,लायन्स क्लब अफ रुपन्देही, लायन्स क्लब अफ रुपन्देही तुलसी,लायन्स क्लब अफ बुटवल कालिका,लायन्स क्लब अफ बुटवल,लायन्स क्लब अफ बुटवल सिद्धबाबा,लायन्स क्लब अफ तिलोत्तमा सुर्यमुखी,लायन्स क्लब अफ बुटवल खसौली, लायनेस क्लब अफ बुटवल, लायन्स क्लब अफ लुम्बिनी ब्लड डोनर्स सहभागी रहेका थिए।

कार्यक्रमले लायन सदस्यहरु बिचमा सेवा, मित्रता र नेतृत्वको भावना थप सुदृढ गरेको छ।

छुटाउनुभयो कि ?

नेपालको द्वन्द्व र समाधान

नेपालको द्वन्द्व र समाधान

श्रीराम ज्ञवालीअहिले विश्व भूराजनीति नै द्वन्दग्रस्त छ। अधिकांश देशहरुले पुँजीवादको सिद्धान्त अवलम्बन गरेका छन् भने केही समाज...
बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

बुटवलसहित करिब एक सय स्थानीय तह फेरबदलको प्रस्ताव

काठमाडौंझण्डै एक सयको हाराहारीमा स्थानीय तहको संख्या र सीमा हेरफेर गर्नुपर्ने प्रस्तावहरू संघीय मामिला तथा सामान्य प्रशासन मन...
लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

लुम्बिनी प्रदेशसभा बैठकबाट दलित अधिकारसम्बन्धी विधेयक पारित

बुटवललुम्बिनी प्रदेशसभाले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । प्रदेशसभाको स...
गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

गर्भपतन गराउने क्रममा क्लिनिकले घुमाउदा घुमाउदै गयो ज्यान

बुटवलगर्भपतन गराउने क्रममा बुटवलमा पाल्पाकी एक महिलाको ज्यान गएपछि स्वास्थ्य क्षेत्रमा कति सम्म लापर्वाही हुन्छ भन्ने देखाएको...