एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध



बुटवल
कप्तान सोमपाल कामीको अविजित अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न दोस्रो खेलमा विराटनगर किंग्सलाई ४ विकेटले हराउँदै कर्णालीले आफ्नो विजयी यात्रा कायम राखेको हो।
विराटनगरले दिएको १८७ रनको लक्ष्य कर्णालीले १९.५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। अन्तिम ओभरसम्म पुगेको प्रतिस्पर्धामा कर्णालीले एक बल बाँकी छँदै जित सुनिश्चित गरेको हो।
कर्णालीको जितमा सोमपालले निर्णायक इनिङ्स खेले। उनी ३२ बलमा ६२ रन बनाएर अविजित रहे। उनको आक्रामक ब्याटिङले कर्णालीलाई चुनौतीपूर्ण लक्ष्यसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्यो।
गुलशन झाले पनि अविजित २८ रनको योगदान दिए। सोमपाल र गुलशन दुवै नटआउट रहँदै टोलीलाई जितसम्म पुर्‍याउन सफल भए। कर्णालीका लागि पवन सर्राफले ३६ र दीपक डुम्रेले २० रन जोडे।

यसअघि कर्णालीले आफ्नो पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो। लगातार दुई खेल जितेसँगै कर्णालीले प्रतियोगितामा सुखद सुरुवात गरेको छ।

विराटनगर भने ठूलो लक्ष्य प्रस्तुत गरे पनि त्यसलाई रक्षा गर्न असफल भयो। अन्तिम ओभरसम्म खेल लम्ब्याए पनि सोमपाल र गुलशनलाई रोक्न नसक्दा विराटनगरले हार बेहोर्नुपर्‍यो।

छुटाउनुभयो कि ?

एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

एनपीएल: कर्णालीले विराटनगरलाई ४ विकेटले हराउँदै बनायाे स्तब्ध

बुटवलकप्तान सोमपाल कामीको अविजित अर्धशतकको मद्दतमा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको ...
लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

लुम्बिनीमा भाषासम्बन्धी विधेयक हिउँदे अधिवेशनमा पेस हुन्छ : सभामुख घर्ती

बुटवललुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले सरकारी कामकाजको भाषासम्बन्धी विधेयक आगामी हिउँदे अधिवेशनमा प्रदेशसभामा पेस गर्न...
एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

एनपिएल: काठमाडौं गोर्खाजलाई ८ विकेटले हराउँदै जनकपुरले खोल्यो जितको खाता

बुटवलमोइन अलीको अर्धशतक र राहुल यादवको घातक बलिङप्रेरित जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो जित दर्ता गरेको ...
तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

तिहार र छठ पर्वमा प्लास्टिकका फूल-माला प्रयोग नगर्न बुटवल उपमहानगरको अपिल

बुटवलरुपन्देहीको बुटवल उपमहानगरपालिकाले आउँदै गरेका नेपालीहरूको महान् पर्वहरू शुभ दीपावली (तिहार) तथा छठ पर्व २०८३ को अवसरमा ...