आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


काठमाडौं

मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको मौसमविदले जनाएका छन् । आज (सोमबार) बिहान सातै प्रदेशका विभिन्न भू–भागहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

पछिल्लो एक घण्टामा सर्लाहीको मलंगवामा २५ मिलिमिटर वर्षा मापन भएको छ । त्यस्तै बर्दियाको मानपुरमा २५.८ मिलिमिटर वर्षा भएको छ । अरू विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ ।

सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । दिउँसो देशका पहाडी भू–भागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको पहाडी भू–भाग र लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

राति पनि देशभर साधारणतया बदली रहनेछ । राति मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भू–भागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भू–भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै कोशी प्रदेशको पहाडी भू–भाग तथा मधेश प्रदेश लगायत कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भू–भागको एक–दुई स्थानमा राति पनि भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

छुटाउनुभयो कि ?

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...