रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी


रुपन्देही

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् ।

बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आंकाक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।

भट्टराई रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत हुनुहुन्छ । उहाँ पूर्व राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ । शाह एमालेका केन्द्रीय विभागका सदस्य हुनहुन्छ । उहाँ पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पनि हुनुहुन्छ ।
यसअघि उम्मेदवारको आकांक्षीका चर्चामा रहनुभएका पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने र केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले शुक्रबारको बैठकमा भने चाहना राख्नुभएको थिएन ।
एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरुले उम्मेदवार बन्न अझै आकांक्षा देखाएका छैनन् । एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको छ ।

उपनिर्वाचनका लागि एमाले केन्द्रले भदौ १५ गतेभित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन समयसीमा तोकेको छ । पार्टी केन्द्रीय कमिटी बैठकले एक महिलासहित तीनजनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुईजना पुरुष र एक जना महिलाको नाम पठाइने पार्टीको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो ।

२०७९ साल मंसिर ४ गते रुपन्देही–३ मा भएको निर्वाचनमा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरालाई विजयी हुनुभएको थियो । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त पद रिक्त भएको छ । 

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...