रूपन्देही–३ को उपनिर्वाचन: उम्मेदवार बन्न एमालेबाट चारजना आकांक्षी


रुपन्देही

रुपन्देही क्षेत्र नम्बर ३ मा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चारजनाले उम्मेदवार बन्न आकांक्षा देखाएका छन् । शुक्रबार भैरहवामा बसेको एमाले क्षेत्रीय समन्वय कमिटीको तेस्रो बैठकमा चार नेताले आकांक्षा देखाएका हुन् ।

बैठकमा पार्टीका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराई, नेता एवं व्यवसायी शशि पौडेल, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख (मेयर) तथा एमाले लुम्बिनी प्रदेश सदस्य हरि प्रसाद अधिकारी र नेता यज्ञजित शाहले उम्मेदवार बन्ने औपचारिक रुपमा आंकाक्षा व्यक्त गरेको पार्टीले जनाएको छ ।

भट्टराई रुपन्देही क्षेत्र नम्बर ३ का इञ्चार्ज समेत हुनुहुन्छ । उहाँ पूर्व राष्ट्रिय सभा सदस्य समेत हुनुहुन्छ । शाह एमालेका केन्द्रीय विभागका सदस्य हुनहुन्छ । उहाँ पूर्व प्रधानमन्त्री डा. केआई सिंहका छोरा पनि हुनुहुन्छ ।
यसअघि उम्मेदवारको आकांक्षीका चर्चामा रहनुभएका पार्टीका पोलिटब्यूरो सदस्य दधिराम न्यौपाने र केन्द्रीय निर्वाचन आयोगका सदस्य भरत कुमार पोखरेलले शुक्रबारको बैठकमा भने चाहना राख्नुभएको थिएन ।
एमाले केन्द्रले एक महिलासहित तीन जनाको नाम सिफारिस गर्न भनेको छ । तर, एमालेबाट महिलाहरुले उम्मेदवार बन्न अझै आकांक्षा देखाएका छैनन् । एमाले रुपन्देहीले केही दिनमै उम्मेदवारहरुको नाम केन्द्रमा सिफारिस गर्ने तयारी गरेको छ ।

उपनिर्वाचनका लागि एमाले केन्द्रले भदौ १५ गतेभित्र उम्मेदवारका आकांक्षीहरूको नाम पठाउन समयसीमा तोकेको छ । पार्टी केन्द्रीय कमिटी बैठकले एक महिलासहित तीनजनाको नाम सिफारिस गरेर पठाउन निर्देशन दिएकोले दुईजना पुरुष र एक जना महिलाको नाम पठाइने पार्टीको जिल्ला अध्यक्ष यज्ञ गैरेले जानकारी दिनुभयो ।

२०७९ साल मंसिर ४ गते रुपन्देही–३ मा भएको निर्वाचनमा एमालेको समर्थनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहरालाई विजयी हुनुभएको थियो । तत्कालिन गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित बोहराको २०८१ चैत १९ गते निधन भएपछि उक्त पद रिक्त भएको छ । 

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...