बुटवलबाटै गुल्मीदरवारको सामाजिक सुरक्षा भत्ताको नविकरण


बुटवल,२५ साउन ।
गुल्मीदरबार गाउँपालिका स्थायी बासिन्दाले बुटवलबाट भत्ता नविकरण गर्न पाउने भएका छन् । गुल्मीदरबार गाउँपालिकाको आयोजनामा बुटवलबाट सामाजिक सुरक्षा भत्ता परिचयपत्रको नविकरण गर्न लागेको अध्यक्ष सरोज कुमार थापाले जानकारी दिए । हामी तीन दिनको घुुम्ती सेवा लिएर बुटवल आएका छौँ । स्थायी ठेगाना गुल्मीदरबार भई विभिन्न कारण बुटवल बस्दै आउनु भएका सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहिले सेवा लिन थापाले अनुरोध गरे ।
सामाजिक सुरक्षा नविकरण बायोमेट्रीक मार्फत गरिन्छ । जेष्ठ नागरिक,दलित,एकल महिला,एकल जेष्ठ महिला, ५ वर्ष मुनिका दलित बालबालिका तथा अपाङ्गले सेवा लिन सक्ने प्रमुख प्रशासकिय अधिकृत भेष राज घिमिरेले जानकारि दिए । हामी बुटललको ईट्टा भट्टिमा रहेको हईट पाण्डामा शिविर राखेका छौँ आएर सेवा लिन सक्नुहुन्छ घिमिरेले भने ।
सेवा विहान ८ बजेबाट सुरु भै साझ ६ बजे सम्म उपल्बध हुने छ । सेवाका लागि सहायक प्रशासकीय अधिकृत भिमसेन थापा,कम्प्युटर अप्रेटर प्रकाश थापा, एम.आई.एस अप्रेटर धाम बहादुर ढेगाँ सहितको टोली बुटवल आएको घिमिरेले बताए ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...