बुटवल हस्पिटल प्रालि र एक्सपर्ट एजुकेशन बिच उपचार सम्झाैता


बुटवल

एक सय शैयाको अनुमति प्राप्त बुटवलकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न बुटवल हस्पिटल प्रा.लि. र एक्सपर्ट एजुकेशन बीच उपचार सहकार्यका लागि सम्झौता भएको छ।
एक्सपर्ट एजुकेशन कन्सल्टेन्सी बुटवलसँग सम्बद्ध शाखाहरूको समेत सहभागितामा सम्पन्न उक्त सम्झौताअनुसार, एक्सपर्ट एजुकेशनका बोर्ड सदस्य, कर्मचारी तथा उनका परिवारका साथै अध्ययनरत विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सेवा उपलब्ध गराइनेछ।
अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार, सम्झौताको माध्यमबाट सहुलियत दरमा उपचार सेवा र स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ। “बुटवल हस्पिटल सबैको स्वास्थ्य संस्था भएकाले हामी सबैसँग हातेमालो गर्दै अघि बढ्छौं,” अध्यक्ष पौडेलले भने।
सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, जनरल म्यानेजर देवेश कर्ण, बजार प्रमुख सुमन तिमिल्सिना, एक्सपर्ट एजुकेशनका निर्देशक शंकर सापकोटा, प्रशासन प्रमुख विष्णु अधिकारी लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
यस सहकार्यपछि एक्सपर्ट एजुकेशनका कर्मचारी, सञ्चालक तथा विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सुविधा प्रदान गरिनेछ।

छुटाउनुभयो कि ?

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

रविविरुद्धका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिने निर्णय

३० पुस, काठमाडौं । महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित ...
कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

कांग्रेसको आठ दशकमा तीन फुट : दुई विभाजनका मूल पात्र देउवा

३० पुस, काठमाडौं । झण्डै आठ दशक लामो इतिहास बोकेको दल नेपाली कांग्रेस तेस्रोपटक विभाजित भएको छ । नेतृत्वको कार्य शैलीका कार...
नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री खनाल रुष्ट

नेप्सेको पुनर्संरचना प्रतिवेदनसँग अर्थमन्त्री रुष्टकाठमाडौंनेपाल स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि भन्दै बनेको अध्ययन समिति...
कांग्रेसमा विद्रोह

कांग्रेसमा विद्रोह

काठमाडौंभदौ २३ र २४ मा जेनजीले गरेको विद्रोहको मुख्य निशानामा दुई राजनीतिक पात्र थिए- तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्...