बुटवल हस्पिटल प्रालि र एक्सपर्ट एजुकेशन बिच उपचार सम्झाैता


बुटवल

एक सय शैयाको अनुमति प्राप्त बुटवलकै पहिलो अत्याधुनिक सुविधा सम्पन्न बुटवल हस्पिटल प्रा.लि. र एक्सपर्ट एजुकेशन बीच उपचार सहकार्यका लागि सम्झौता भएको छ।
एक्सपर्ट एजुकेशन कन्सल्टेन्सी बुटवलसँग सम्बद्ध शाखाहरूको समेत सहभागितामा सम्पन्न उक्त सम्झौताअनुसार, एक्सपर्ट एजुकेशनका बोर्ड सदस्य, कर्मचारी तथा उनका परिवारका साथै अध्ययनरत विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सेवा उपलब्ध गराइनेछ।
अस्पतालका अध्यक्ष चुन्न प्रसाद पौडेलका अनुसार, सम्झौताको माध्यमबाट सहुलियत दरमा उपचार सेवा र स्वास्थ्य परामर्श उपलब्ध गराइनेछ। “बुटवल हस्पिटल सबैको स्वास्थ्य संस्था भएकाले हामी सबैसँग हातेमालो गर्दै अघि बढ्छौं,” अध्यक्ष पौडेलले भने।
सम्झौता हस्ताक्षर कार्यक्रममा बुटवल हस्पिटल प्रा.लि.का मेडिकल सुपरिन्टेन्डेन्ट डा. कृष्ण प्रसाद खनाल, जनरल म्यानेजर देवेश कर्ण, बजार प्रमुख सुमन तिमिल्सिना, एक्सपर्ट एजुकेशनका निर्देशक शंकर सापकोटा, प्रशासन प्रमुख विष्णु अधिकारी लगायतका प्रतिनिधिहरूको सहभागिता थियो।
यस सहकार्यपछि एक्सपर्ट एजुकेशनका कर्मचारी, सञ्चालक तथा विद्यार्थीहरूलाई बुटवल हस्पिटल प्रा.लि.मा उपचार सुविधा प्रदान गरिनेछ।

छुटाउनुभयो कि ?

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

बाढी प्रभावितको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–६ रुपन्देही सम्पर्क समाजको रक्तदान

रुपन्देही — रसुवा लगायतका क्षेत्रमा आएको बाढी तथा पहिरोबाट प्रभावित घाइतेहरूको उपचारमा रगतको अभाव हुन नदिन गुल्मी रेसुङ्गा–...
बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

बाढी प्रभावित पाँचवटा टनेलमा खोज तथा उद्धार, यसरी भइरहेको छ

काठमाडौँ रसुवा बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका पाँचवटा टनेलमा खोज तथा उद्धार कार्य चलिरहेको छ ।नेपाली सेनाका ...
भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

भदौ २२ गते सार्वजनिक बिदा छ कि छैन ?

काठमाडौँसामाजिक सञ्जालहरूमा शुक्रबारदेखि लगातार पाँच दिन सार्वजनिक बिदा भनेर प्रचार भइरहेको छ। तर, गृह मन्त्रालयले भने सोमबार...
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँपछिल्लो समय परेको अविरल वर्षाका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा बाढी र पहिरो आउँदा यातायात सेवा प्रभावित भएको ...