गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडानका लागि विशेष शुल्क छुट


बुटवल

भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न सरकारले पुनः छुटैछुटका सुविधाहरू ल्याएको छ । अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएका यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संचालनमा आउन नसकेर लगानीको औचित्यमाथि प्रश्न उठ्न थालेपछि सरकारले यस खालको सुविधाको घोषणा गरेको हो ।

यि दुइ बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्दा पाइने सुविधा तथा छुटका वारेमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०८१ साउन २८ गते स्वीकृत गरेको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्य योजना’ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन दिन अघि एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

मन्त्रालयले गत शुक्रवार यस वारेमा प्रेस बिज्ञप्ती जारी गर्दै यि दुवै बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवद्र्धन गर्न २०८३ भदौ मसान्तसम्मका लागि छुटैछुटका सुविधाहरू दिने घोषणा गरेको हो । पहिलो छुट सुविधामा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैया यात्रु सेवा शुल्क पूर्ण रूपमा छुट गर्ने भनिएको छ ।

दोस्रोमा दुवै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा छुट गर्ने सुविधा दिने भनिएको छ भने तेस्रोमा अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको १ हजार पर्यटन शुल्क पूर्ण रूपमा छुट गर्ने उल्लेख छ ।

चौथो छुट सुविधामा दुवै विमानस्थलमा लाग्दै आएको अन्तर्राष्ट्रिय हवाई उडानमा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइने भएको छ । यि दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि सरकारले यस भन्दा अघि पनि विभिन्न खाले सुविधा तथा छुट दिएको थियो ।

छुटाउनुभयो कि ?

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

लुम्बिनीका चार सांसद जसपा नेपालको साधारण सदस्यसमेत नरहनेगरी निष्कासित

बुटवलजनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेशका ४ जना प्रदेशसभा सदस्यहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी नि...
तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

तिलोत्तमा डिङ्गनगरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा

रुपन्देहीरुपन्देहीको तिलोत्तमा नगरपालिका–३ डिङ्गनगर विष्णुपुरमा ‘आहा रेष्टुरेन्ट एण्ड क्याफे’ सञ्चालनमा आएको छ । लामो समयदेखि...
बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

बाढीबाट सम्पर्कविहीनको संख्या ५ हजार नाघ्यो, १२ हजारभन्दा धेरैको उद्धार

काठमाण्डौ — रसुवाको भोटेकोशीमा गएको १० गते आएको विनाशकारी बाढीका कारण पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय वि...
भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

भोटेकोशी बाढीबाट ३ खर्ब ८७ अर्बको प्रारम्भिक क्षतिको आँकलन

काठमाडौंभोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीबाट विभिन्न क्षेत्रमा प्रारम्भिक रूपमा ३ खर्ब ८७ अर्ब ५४ करोड रुपैयाँ बराबरको क्...