गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडानका लागि विशेष शुल्क छुट


बुटवल

भैरहवाको गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई आकर्षित गर्न सरकारले पुनः छुटैछुटका सुविधाहरू ल्याएको छ । अर्बौं रुपैयाँको लगानीमा निर्माण गरिएका यी दुवै अन्तर्राष्ट्रिय विमानस्थल नियमित रुपमा संचालनमा आउन नसकेर लगानीको औचित्यमाथि प्रश्न उठ्न थालेपछि सरकारले यस खालको सुविधाको घोषणा गरेको हो ।

यि दुइ बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्दा पाइने सुविधा तथा छुटका वारेमा नेपाल सरकार (मन्त्रिपरिषद्) ले २०८१ साउन २८ गते स्वीकृत गरेको ‘नागरिक उड्डयन क्षेत्रको समग्र सुधार तथा गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी कार्य योजना’ बमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले तीन दिन अघि एक प्रेस विज्ञप्ति जारी गरेको छ ।

मन्त्रालयले गत शुक्रवार यस वारेमा प्रेस बिज्ञप्ती जारी गर्दै यि दुवै बिमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रवद्र्धन गर्न २०८३ भदौ मसान्तसम्मका लागि छुटैछुटका सुविधाहरू दिने घोषणा गरेको हो । पहिलो छुट सुविधामा पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको ३ हजार रुपैया यात्रु सेवा शुल्क पूर्ण रूपमा छुट गर्ने भनिएको छ ।

दोस्रोमा दुवै विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय हवाई उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्ण रूपमा छुट गर्ने सुविधा दिने भनिएको छ भने तेस्रोमा अन्तर्राष्ट्रिय हवाई उडानमा हवाई टिकटमा लगाउने गरिएको १ हजार पर्यटन शुल्क पूर्ण रूपमा छुट गर्ने उल्लेख छ ।

चौथो छुट सुविधामा दुवै विमानस्थलमा लाग्दै आएको अन्तर्राष्ट्रिय हवाई उडानमा ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइने भएको छ । यि दुई विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान संचालन गर्नका लागि सरकारले यस भन्दा अघि पनि विभिन्न खाले सुविधा तथा छुट दिएको थियो ।

छुटाउनुभयो कि ?

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

आज बडादशैँ: टीकाको उत्तम साइत बिहान १०ः२६ बजे, साइतमै लगाउन नसक्नेले यसो गर्न सकिने

बुटवलबडादशैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृ...
बिजयादशमीको महिमा

बिजयादशमीको महिमा

श्रीराम ज्ञवालीबडादशैं नेपालीहरूको सबैभन्दा ठूलो, महत्वपूर्ण र हर्षाेल्लासका साथ मनाइने राष्ट्रिय चाड हो। आश्विन शुक्ल प्रतिप...
बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बडादशैँ: आज नवौँ दिन महानवमी पर्व मनाइँदै

बुटवल प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ ।महानवमी...
ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

ट्रम्पलाई मध्यावधि चुनाव जित्न कठिन हुनसक्ने, महँगी र इरान युद्धले घट्यो लोकप्रियता

काठमाडौंअमेरिकामा आगामी नोभेम्बर ३ मा हुने मिडटर्म (मध्यावधि) निर्वाचनले राष्ट्रपति डोनाल्ड ट्रम्पको पार्टीका लागि सङ्कट निम्...