आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग
रुपन्देहीरुपन्देहीका उद्योगीहरुले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष स्वर्गीय कमल गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ।
गौतमको गएको बिहीबार बिद्युत प्राधिकरणले उद्योगहरुमा बिद्युत लाईन काटेको बिरोधमा उद्योगमा कार्यरत मजदुरहरुले आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्वोधन गर्दा गर्दै आकस्मिक निधन भएको थियो।आफुहरु माथी भएको अन्यायका बिरुद्ध आवाज उठाउदा उठाउदै निधन भएको भन्दै स्वर्गीय गौतमको परिवारलाई रुपन्देहीका उद्योगीहरुको तर्फबाट राहत स्वरुप सहयोग प्रदान गरिएको जगदम्वा सेन्थेटिक्सका रतन आचार्यले बताए।
पञ्चकन्या समुह,जगदम्वा सेन्थेटिक्स र अर्घाखांची सिमेन्टको तर्फबाट संकलित रकम तिन लाख १३ हजार रुपैया आजै स्वर्गीय गौतमको निवासमा लगेर हस्तान्तरण गरिएको आचार्यले बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले उक्त रकम ...








