सवारी दुर्घटनाको डरलाग्दो रुप : एक महिनामै २ हजार ७ सय ५७ दुर्घटना, गुमाए २४७ जनाले ज्यान


काठमाडौं
गत असोज महिनामा मात्रै देशभर २ हजार ७५७ दुर्घटना भएका छन् । नेपाल प्रहरीले सार्बजनिक गरेको तथ्यांक अनुसार २ हजार ७५७ वटा दुर्घटनामा ३ हजार ९४७ सवारी साधन संलग्न रहेका छन् ।
ती दुर्घटनामा २४७ जनाले ज्यान गुमाएका छन् भने ८४८ जना गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै दुर्घटनामा परी ४ हजार ३७ जना साधारण घाइते भएका छन् । मृत्यु हुनेमा १७७ पुरुष, ५८ महिला, ९ बालक र ३ बालिका रहेका छन् । दुर्घटनामा परेका सवारी साधनमध्ये बढी मोटरसाइकल रहेको छ र २ हजार ४६७ मोटरसाइकल दुर्घटनामा परेका छन् ।
सबैभन्दा बढी तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा सवारी चलाउँदा १ हजार ५३८ दुर्घटना भएका छन् । त्यसपछि चालकको असक्षमतामा २२५, मापसेबाट २०७, हतारमा बाटो काट्दा १३५ र अनावश्यक ओभरटेक गर्दा ५४ दुर्घटना भएका छन् । त्यस्तै गरि असोज महिनामा ट्राफिक प्रहरीले कुल ३३ हजार २२६ कारवाही गरेको छ भने ३ करोड १३ लाख ७३ हजार ५०९ राजश्व उठाएको छ ।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...