
बुटवल
रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेशनलको गेट अगाडि गएराती गोली चलेको छ । रातको करिब १ बजे गोली चल्दा एकजना घाइते भएको रुपन्देही प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले होटलमा कार्यरत सुरक्षा गार्ड मीन बहादुर परियारमाथि गोली प्रहार भएको जानकारी दिए । डीएसपी कार्कीका अनुसार गोली लागेर बुटवल उपमहानगरपालिका-१५ निवासी २७ वर्षीय मीन बहादुर सामान्य घाइते भएका छन् । भैरहवास्थित भीम अस्पतालमा उपचार पश्चात उनको डिस्चार्ज भएको छ ।
प्राप्त सीसी टिभी फुटेजको विश्लेषणसहित घटना बारे थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।