आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग


रुपन्देही
रुपन्देहीका उद्योगीहरुले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष स्वर्गीय कमल गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ।

गौतमको गएको बिहीबार बिद्युत प्राधिकरणले उद्योगहरुमा बिद्युत लाईन काटेको बिरोधमा उद्योगमा कार्यरत मजदुरहरुले आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्वोधन गर्दा गर्दै आकस्मिक निधन भएको थियो।
आफुहरु माथी भएको अन्यायका बिरुद्ध आवाज उठाउदा उठाउदै निधन भएको भन्दै स्वर्गीय गौतमको परिवारलाई रुपन्देहीका उद्योगीहरुको तर्फबाट राहत स्वरुप सहयोग प्रदान गरिएको जगदम्वा सेन्थेटिक्सका रतन आचार्यले बताए।

पञ्चकन्या समुह,जगदम्वा सेन्थेटिक्स र अर्घाखांची सिमेन्टको तर्फबाट संकलित रकम तिन लाख १३ हजार रुपैया आजै स्वर्गीय गौतमको निवासमा लगेर हस्तान्तरण गरिएको आचार्यले बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले उक्त रकम स्वर्गीय गौतमको परिवारलाई हस्तान्तरण गरेका थिए।

उद्योगमा लाईन काटेपछि मजदुरहरु बेरोजगार भएको भन्दै गौतमकै पहलमा उद्योगी र मजदुरहरुले आन्दोलन सुरु गरेका थिए। आन्दोलनकै क्रममा भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।

उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका थिए।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्ट मार्फत मजदुरहरुको अधिकारका लागि सक्रिय रहदै आएका थिए।

छुटाउनुभयो कि ?

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको ज्यान गयो : ७९ जना घाइते

थाइल्याण्डको नाखोन राचासिमा प्रान्तमा काम गर्दै गरेको क्रेन गुड्दै गरेको रेलमाथि खस्दा कम्तीमा २२ ज्यान गएको छ भने ७९ जना घ...
नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

नेपाली कांग्रेसको विशेष महाधिवेशन : मतदान आज मात्रै हुने

काठमाण्डाै – नेपाली कांग्रेसको विशेष महाधिवेशनमा मतदान आज मात्रै हुने भएको छ । यसअघि हिजो राति ९ बजेदेखि मतदान शुरू हुने का...
साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ नेपालले श्रीलङ्कासँग बराबरी खेल्यो

काठमाण्डौ – साफ फुटसल च्याम्पियनसिपको महिलातर्फ पहिलो खेलमा नेपालले श्रीलङ्कासँग बराबरी खेलेको छ । थाइल्यान्डको नन्थाबुरीमा...
कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...