आन्दोलनमा मृत्यु भएका मजदुर नेता स्व.कमल गौतमको परिवारलाई उद्योगीहरुको सहयोग


रुपन्देही
रुपन्देहीका उद्योगीहरुले आन्दोलनका क्रममा मृत्यु भएका नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का केन्द्रीय उपाध्यक्ष स्वर्गीय कमल गौतमको परिवारलाई आर्थिक सहयोग गरेको छ।

गौतमको गएको बिहीबार बिद्युत प्राधिकरणले उद्योगहरुमा बिद्युत लाईन काटेको बिरोधमा उद्योगमा कार्यरत मजदुरहरुले आयोजना गरेको बिरोध कार्यक्रमलाई सम्वोधन गर्दा गर्दै आकस्मिक निधन भएको थियो।
आफुहरु माथी भएको अन्यायका बिरुद्ध आवाज उठाउदा उठाउदै निधन भएको भन्दै स्वर्गीय गौतमको परिवारलाई रुपन्देहीका उद्योगीहरुको तर्फबाट राहत स्वरुप सहयोग प्रदान गरिएको जगदम्वा सेन्थेटिक्सका रतन आचार्यले बताए।

पञ्चकन्या समुह,जगदम्वा सेन्थेटिक्स र अर्घाखांची सिमेन्टको तर्फबाट संकलित रकम तिन लाख १३ हजार रुपैया आजै स्वर्गीय गौतमको निवासमा लगेर हस्तान्तरण गरिएको आचार्यले बताए। सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष नेत्र आचार्यले उक्त रकम स्वर्गीय गौतमको परिवारलाई हस्तान्तरण गरेका थिए।

उद्योगमा लाईन काटेपछि मजदुरहरु बेरोजगार भएको भन्दै गौतमकै पहलमा उद्योगी र मजदुरहरुले आन्दोलन सुरु गरेका थिए। आन्दोलनकै क्रममा भैरहवास्थित नेपाल विद्युत प्राधिकरण कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रममा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।

उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्‍याइएको थियो। तर चिकित्सकले उपचारका क्रममा उनलाई मृत घोषणा गरेका थिए।

बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि जिफन्ट मार्फत मजदुरहरुको अधिकारका लागि सक्रिय रहदै आएका थिए।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...