पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह



काठमाडौं
लगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यातायात सेवा र जनजीवन प्रभावित भएको छ।
प्रहरी तथा सडक विभागबाट प्राप्त विवरणअनुसार शनिबार बिहान ४ः५५ बजे काभ्रेको रोशी गाउँपालिका–९ पिनथली र वडा नम्बर ८ गिम्दीबेँसीस्थित बीपी राजमार्गमा खहरेखोलाबाट ढुङ्गा र माटोसहितको लेदो आएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
अविरल वर्षाले पानीको बहाव बढेपछि बल्खु र सुन्दरीघाट क्षेत्रका बागमती करिडोरका सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लाकुरीडाँडामा बिहान ७ः५० बजे सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। पहिरोले करिब १५ मिटर सडक ढाकेको जनाइएको छ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ चैलेमा बिहान ७ः३० बजे पानीको बहाव बढेर करिब २० मिटर सडक बगाउँदा जोमसोम–कोरोला सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ।

निरन्तरको वर्षाका कारण हेटौँडाबाट ठिङ्गन हुँदै ललितपुर निस्कने कान्ति लोकपथमा सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। बागमती गाउँपालिका–३ का पाङ्दुर र टार्कुचेमा पहिरो खस्दा सडकसमेत बन्द भएको छ।

प्रहरीका अनुसार कालीगण्डकी गाउँपालिका–२ राक्सेमा बिहान ७ः४० बजे सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ। त्यस्तै, नवलपरासीपूर्वको गैँडाकोट नगरपालिका–३ तरङ्ग भीरमा बिहान ९ बजे पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।

नुवाकोटको विदुर नगरपालिका–१० सातबिसेमा सडकमाथिबाट पहिरो खस्दा पासाङ ल्हामु सडक खण्ड अवरुद्ध भएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरीस्थित पेट्रोल पम्पनजिकै पनि पहिरो खस्दा यातायात सेवा ठप्प भएको छ।

वर्षाका कारण विभिन्न स्थानमा सडक अवरुद्ध भएकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रशासनले आग्रह गरेको छ। यात्रा गर्नैपरे सम्बन्धित क्षेत्रको सडक अवस्था बुझेर मात्र निस्कन अनुरोध गरिएको छ।

अवरुद्ध सडकमा पहिरो पन्छाएर यातायात सञ्चालन गर्ने प्रयास भइरहेको जनाइएको छ।

छुटाउनुभयो कि ?

पत्रकारको वित्तीय जिवनशैली

पत्रकारको वित्तीय जिवनशैली

श्रीराम ज्ञवालीनेपाल र सामान्यतया विश्वभरिका पत्रकारहरूको आर्थिक जीवनशैली निकै चुनौतीपूर्ण, उतारचढावपूर्ण र श्रमको तुलनामा न्...
कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

कपिलवस्तुमा चार भरुवा बन्दुक बरामद

बुटवलकपिलवस्तुको सामुदायिक वनबाट बेवारिसे अवस्थामा चार नाल भरुवा बन्दुक बरामद गरिएको छ । वाणगंगा नगरपालिका९९ स्थित बन्दुक बरा...
पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

पहिरोले विभिन्न राजमार्ग अवरुद्ध, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह

काठमाडौंलगातारको वर्षाका कारण बाढी, पहिरो र लेदो खस्दा देशका विभिन्न राजमार्ग तथा सडक खण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँद...
बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

बडीमालिका हिमपात: एक जनाको उद्धार, एकको खोजी जारी

काठमाडौंधार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका दुईमध्ये एक जना पर्यटकको नेपाली सेनाको हेलिकप्टर...