शोकलाई शक्तिमा बदल्नुको विकल्प छैन: एमाले उपाध्यक्ष पौडेल


बुटवल
नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलले अहिलेको प्रतिकुलतामा कमजोरीबाट पाठ सिकेर शोकलाई शक्तिमा बदल्दै अगाडि बढ्न आवस्यक रहेको वताएका छन्।
मंगलबार बुटवलमा सम्पन्न नेकपा एमाले रुपन्देहीको विस्तारित वैठकमा वोल्दै पौडेलले एमाले पछि नहट्ने र थप शसक्त रुपमा अंगाडी वढ्ने वताएका हुन्।
उनले जनताको मर्म अनुसार देखिएका समस्या समाधान गर्ने र अंगाडी वढ्ने धारणा राखेका छन्।
एमालेले एमालेका नेता कार्यकर्ताको क्षति मात्र नभयर सम्पूर्ण देश र नागरिकको क्षतीपुर्तीको निम्ति अग्रसरता लिने वताए।
अहिले देश तरङ्गित छ, विश्वका अन्य मुलुकमा पनि यस प्रकारका परिघटना देखा परेको र नेपालमा विधिमा रहेर संलग्न दोषीलाई कारबाही गर्नु पर्ने र सवै मिलेर समाधान गर्नु पर्ने वताएका छन्।
पुर्व अर्थमन्त्री समेत रहेका पौडेलले सामाजिक सञ्जालको नियमनका क्रममा नयाँ पुस्ताले गरेको आन्दोलनमा घुसपैठले जन , धनको क्षति र नेपालमा हाल सम्मको नभएको भयानक घटना घटेको र आन्दोलनको क्रममा घुसपैठ र षडयन्त्र भएको वताएका छन्। उनले अहिलेको सरकारले चुनावमा जाने अनुसारको काम नगरेको र पार्टी हरुलाई तर्शाउन खोजीएको र प्रतिशोध सांधेको वताए।
अहिलेको सरकार संविधान विपरित वनेको र संसद पुनःस्थापना गर्नु पर्ने, संविधान संसोधन गरि संसद भन्दा वाहिरको व्यक्ति लाई प्रधानमन्त्री वन्न सक्ने व्यवस्था, संबिधानबाटै खोज्नू पर्ने धारणा राखेका छन्।
एमाले निर्वाचनको पक्षमा रहेको तर सरकार निर्वाचन गर्ने तर्फ नलागेको वताए।
आन्दोलनका नाममा गैरकानुनी व्यक्ति हरु पनि संलग्न रहेको र निश्पक्ष छानविन गरि कारवाही गर्नू पर्ने र आन्दोलनको हाईज्याक गरिएको निस्पक्ष छानबिन हुनुपर्ने वताएका छन्।
पौडेलले विगतको समीक्षा गर्ने तर अल्झिएर वस्न नहुने, विगतमा पनि यस्तै प्रकृतिका आन्दोलन रहेको तर शिक्षा लिएर अगाडि बढ्न आवश्यक रहेको वताएका हुन्।
एमालेले स-साना कमजोरी रहे पनि राष्ट्र र नागरिकका विषयमा पछुतो मान्नु पर्ने काम नगरेको जिकिर गरे।
कार्यकर्ता हरुलाई प्रशिक्षण दिंदै चित्त नबुझेको व्यक्ति परिवर्तन गर्ने तर पार्टी नै गलत भन्ने सान्दर्भिक नहुने वताए ।
आगामि महाधिवेशनले आम कार्यकर्ताको मर्म अनुसार नेतृत्व निर्माण गर्ने हुनाले सकेसम्म सहमति नभए प्रतिस्पर्धाको लोकतान्त्रिक विधिबाट चयन गरी एकता वद्ध हूने जानकारी दिए।
नेकपा एमालेका रुपन्देही जिल्ला ईन्चार्ज तथा लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री लिला गिरीले देशलाई अस्थिरतामा लैजान लागिरहेका तत्वहरुबाट निरन्तर निरासा फैलाउने, शान्तिपुर्ण आन्दोलनमा घुसपैठ गरेर देश विषम परिस्थितिमा पुगेको र यसलाई निकास दिन एमाले लागि परेको धारणा राखेका छन्।
गिरीले पार्टी बलियो वनाउन जनस्तर संगै जनवर्गीय संगठन हरु बलियो वनाउन लाग्नु पर्ने धारणा राखे।
रुपन्देही जिल्ला अध्यक्ष यज्ञ गैरेले जिल्ला कमिटीका विगत ,बर्तमान र आगामी कार्ययोजना प्रस्तुत गरेका थिए।जिल्ला उपाध्यक्ष हितराज पन्थीले जेन्जी आन्दोलनमा भएको क्षति विवरण सार्वजनिक गरेका थिए।
कार्यक्रमको सञ्चालन जिल्ला सचिव सुनिता छन्त्यालले गरेकी थिइन्।
उपाध्यक्ष विष्णु प्रसाद पौडेल लगायतका सवै वक्ताहरुले पार्टीका त्यागि र पार्टी एवं मजदुर नेता स्वर्गीय कमल गौतमको स्मरण गरेका थिए।

छुटाउनुभयो कि ?

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...
महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

महिलालाई कुटपिट गरेपछि स्वयम्भू प्रहरीको हिरासत पुगेका थिए सांसद खगेन्द्र सुनार

काठमाडौंराष्ट्रिय स्वतन्त्र पार्टी (रासवपा)का सांसद खगेन्द्र सुनार महिला हिंसासँग जोडिएको एक अडियो प्रकरणमा फेरि जोडिएका छन् ...
बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बडादशैं: आज पाँचौं दिन स्कन्दमाताको पूजाआराधना गरिँदै

बुटवल असोज शुक्ल बडादशैं पञ्चमीको दिन आज देवी स्कन्दमाताको पूजा आराधना गरेर मनाइदैछ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमा...