संविधानले दिएको अधिकारमा संघीय सरकारले अंकुश लगाउन मिल्दैन : मुख्यमन्त्री आचार्य


दाङ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदान गरेकाे अधिकारमा संघीय सरकारले अंकुश लगाउन नमिल्ने बताउनुभएको छ ।

रेडियो नेपालको अन्तरसंवाद कार्यक्रममा कुराकानी गर्दै मुख्यमन्त्री आचार्यले एउटा सरकारले अर्को सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्नु असंवैधानिक हुने बताउनुभएकाे हाे । संविधानसम्मत ढंगले संघ पनि चलोस्, प्रदेश पनि चलोस् र स्थानीय सरकार पनि चलोस् भन्ने हाम्रो मान्यता हो´उहाँले भन्नुभयाे-संघीय सरकारले संविधानको मर्म र भावना नबिर्सोस् भनेर सातै प्रदेशका मुख्यमन्त्रीहरूको तर्फबाट प्रधानमन्त्रीको ध्यानाकर्षण समेत गराएका छौं ।´

मुख्यमन्त्री आचार्यका अनुसार संघ, प्रदेश र स्थानीय सरकार संवैधानिक दृष्टिकोणले समन्वय, सहकार्य र सह-अस्तित्वको आधारमा अगाडि बढ्ने तह हुन् । तर, संघीय सरकारले प्रदेशलाई आफ्नै इकाईका रूपमा व्यवहार गर्दै निर्देशनात्मक पत्र पठाउनु संविधानको मर्म विपरीत भएको उहाँको भनाइ छ । सो परिपत्रबारे सातै प्रदेशका मुख्यमन्त्रीहरूले संयुक्त रूपमा प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराएको पनि उहाँले बताउनुभयो ।

संघीय सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको र जनताले अनुभूति गर्ने गरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्न नसकेको उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो-`प्रहरीका लुटिएका हतियार अझै फिर्ता भएका छैनन्, कारागारबाट भागेका कैदीहरू अहिले पनि बाहिर छन् । ती कैदीहरूलाई समाउने र खोसिएका हतियारहरू बरामद गर्ने काममा सरकारले देखाउनुपर्ने तदारुकता देखाउन सकेको छैन ।´

गृहमन्त्रालयले ती भागेका कैदीहरूलाई पक्राउ गर्ने र हराइएका हतियार फिर्ता गराउने कार्यमा तत्काल तदारुकता देखाउनुपर्ने बताउँदै उहाँले हालसम्म सो प्रयास प्रभावकारी नभएको अनुभूति भएको बताउनुभयो ।

प्रधानमन्त्रीले राखेको छलफललाई सकारात्मक रूपमा लिएको बताउँदै मुख्यमन्त्री आचार्यले व्यवहारबाट त्यसको पुष्टि हुनेगरी सरकारले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

छुटाउनुभयो कि ?

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई   आजीवन र जन्मकैद

कैलालीको बडुवाल हत्याकाण्डका १३ जनालाई आजीवन र जन्मकैद

काठमाडौंकैलाली जिल्ला अदालतले मंगलबार भूपेन्द्र बडुवाल हत्याकाण्डका आरोपी नवीन रावलसहित ६ जनालाई आजीवन जन्मकैदको फैसला सुनाएक...
बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलको ढवाहमा शृङखलाबद्ध चोरीः सोमबार राती पसल र घरमा लुटपाट

बुटवलबुटवल उपमहानगरपालिका १२ ढवाहमा चोरको विगबिगि भएको छ । सोमबार राती सतगढी टोल विकास संस्था अन्तर्गत पर्ने २ वटा घरमा चोरी ...
मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

मन्त्रिपरिषद्को बैठकका १९ निर्णय सार्वजनिक

काठमाडौँपुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्र...
भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

भारतको हिमाञ्चलमा ग्यास सिलिन्डर विष्फोटपछि आगलागी : नेपालीसहित ६ जना बेपत्ता

काठमाडौंभारतको हिमाञ्चलस्थित सोलन जिल्लाको अर्कीमा ग्यास सिलिन्डर विष्फोटपछिको आगलागी घटनामा नेपालीसहित ६ जना बेपत्ता भएका छन...