नेप्से ३० अंकले घट्यो
काठमाडौं
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक रहेको छ ।
सूचीकृत कम्पनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको कारण सेयर बजारमा यसको असर देखिएको नेप्सेले जनाएको छ ।
चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ भने राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा पनि कम भएको छ । जेनजी आन्दोलन र सुस्त अर्थतन्त्रका कारण अधिकांश सूचीकृत कम्पनीको आम्दानी प्रभावित भएको पहिलो त्रैमासिक वित्तीय विवरणले देखाएको छ ।
सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गरेपछि आइतबारको सेयर कारोबारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३० अंकले घटेको छ भने कारोबार रकम ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ ।
कारोबार सुरु भएदेखि नै निरन्तर घटेको नेप्से सूचक बन्द हुँदा पनि कायम रह्यो । कारोबा...








