सरकारले लुटिएका हतियार फिर्ता ल्याउन विशेष अपरेसन चलाउने



काठमाडौँ
गृहमन्त्री ओमप्रकाश अर्यालले फरार कैदीबन्दी र लुटिएका हतियार फिर्ता ल्याउन सरकारले विशेष ‘अपरेसन’ सञ्चालन गर्ने तयारी गरेको बताएका छन् ।
शनिबार नेपाल उद्योग वाणिज्य महासंघले राजधानीमा आयोजना गरेको ‘राष्ट्रिय बृहत् आर्थिक बहस २.०’ कार्यक्रममा बोल्दै उनले हालसम्म ‘जेनजी आन्दोलन’का क्रममा लुटिएका ७१० थान हतियार फिर्ता भइसकेको जानकारी दिए । तर केही हतियार अझै फिर्ता हुन बाँकी रहेको उनले बताए ।
उनका अनुसार हालसम्म फरार रहेका १४ हजार ५४९ कैदीमध्ये करिब ६५ प्रतिशत अर्थात् ९ हजार ५२१ जना समातिए वा स्वेच्छाले फिर्ता आएका छन्, तर झन्डै ३५ प्रतिशत अर्थात् ५ हजारभन्दा बढी अझै बाहिर रहेको जानकारी दिए।

गृहमन्त्री अर्यालले फरार कैदी र हतियार फिर्ता गराउने अभियानमा नागरिक तहबाट पनि सहयोग आवश्यक रहेको बताए।

उनले भने, ‘सुशासन दिन सकेनौँ भने द्वन्द्व दोहोरिन पनि सक्छ भन्ने ठूलो सन्देश अहिले प्राप्त भएको छ । यस्तो अवस्था केवल सत्ता परिवर्तनको होइन, सुरक्षा संकटको पनि संकेत हो ।’

सरकारले पटक–पटक सूचना जारी गर्दै फरार कैदी र हतियार बुझाउन आह्वान गरेको स्मरण गर्दै गृहमन्त्री अर्यालले भने, ‘अब हामी विशेष अपरेसनमार्फत कैदी र लुटिएका हतियार फिर्ता ल्याउनेछौँ।’

छुटाउनुभयो कि ?

४ मन्त्रीले दिए राजीनामा

४ मन्त्रीले दिए राजीनामा

काठमाडौंमधेश प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । शुक्रबार एमालेबाट सरकारमा सहभागी ४ मन्त्रीले एकैपटक राजीनामा दिएका हुन...
बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...