बाढीपहिरोको क्षतिबाट रु तीन अर्ब ७८ बराबरको बीमा दावी


काठमाडौं
गत असोजमा गएको बाढी पहिरोका कारण पुगेको क्षतिका कारण बीमा कम्पनीहरुमा रु तीन अर्ब ७८ करोड ४० लाख ९० हजार बराबरको दावी परेको छ । गत असोज १७ गतेदेखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण जनधनको क्षति भएको थियो ।
प्राधिकरणका अनुसार कूल ४३४ वटा बीमा दावीको आवेदन परेको छ । सम्पत्ति बीमा ३८२, इञ्जिनियरिङ तथा ठेकेदार जोखिम ९२, कृषि तथा बाली बीमा २०९, मोटर बीमा निजीतर्फ ३७, मोटर बीमा सार्वजनिक १०, अन्य बीमा एक र सामुन्द्रिक बीमाका तीन वटा आवेदन परेको छ । कूल ३७ जिल्लामा भएको क्षतिको क्षतिपूर्तिका लागि बीमा दावीको आवेदन परेको छ । सबैभन्दा बढी १९७ वटा बीमा दावीको आवेदन सुनसरीमा परेको छ । यस्तै, इलाममा ६०, काठमाडौं ८०, मोरङ ९०, झापा २०, पर्सा ७१, रौतटहमा २८ वटा बीमा दावीको आवेदन परेको छ ।
प्राधिकरणका अनुसार गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण भएको क्षतिको रु २३ अर्ब २३ करोड बराबरको बीमा दावीको आवेदन परेको छ । यस्तै, गत असारको बाढी पहिरोका कारण भएको क्षतिको कारण रु ९८ करोड ५९ लाख बराबरको बीमा दावीको आवेदन परेको थियो । प्राकृतिक जोखिमबाट हुने क्षतिमा भएको बृद्धिसँगै बीमा कम्पनीमा बीमा दावीको आवेदन पनि उल्लेख्य रूपमा बढेको छ । हाल नेपालमा १४ वटा निर्जीवन बीमा कम्पनी, चार वटा निर्जीवन लघुबीमा कम्पनीमा बीमा दावीको आवेदन परेको हो ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...