नेप्से ३० अंकले घट्यो


काठमाडौं

नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय अवस्थाले समग्र धितोपत्र बजार नकारात्मक रहेको छ ।

सूचीकृत कम्पनीहरूको कार्यसम्पादन सन्तोषजनक नभएको कारण सेयर बजारमा यसको असर देखिएको नेप्सेले जनाएको छ ।

चालु आवको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूको नाफा घटेको छ भने राष्ट्रियस्तरका विकास बैंकहरूको नाफा पनि कम भएको छ । जेनजी आन्दोलन र सुस्त अर्थतन्त्रका कारण अधिकांश सूचीकृत कम्पनीको आम्दानी प्रभावित भएको पहिलो त्रैमासिक वित्तीय विवरणले देखाएको छ ।

सूचीकृत कम्पनीहरूले वित्तीय विवरण सार्वजनिक गरेपछि आइतबारको सेयर कारोबारमा गिरावट आएको छ । आइतबार नेप्से परिसूचक ३० अंकले घटेको छ भने कारोबार रकम ४ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबार सुरु भएदेखि नै निरन्तर घटेको नेप्से सूचक बन्द हुँदा पनि कायम रह्यो । कारोबार सुरु हुँदा २५९८.४ अंकमा रहेको नेप्से सूचक ३०.०२ अंक (१.१५%) घटेर २५६६.०९ अंकमा झरेको छ ।
आइतबार कारोबार भएका अधिकांश कम्पनीको सेयर मूल्य घटेपछि समग्र सूचकमा असर परेको नेप्सेले जनाएको छ । नेप्सेमा कारोबार भएका २२२ कम्पनीको सेयर मूल्य घटेको, २८ कम्पनीको मूल्य बढेको, र एक कम्पनीको मूल्य स्थिर रहेको छ ।

आइतबार सबै समूहगत परिसूचक घटेका छन् । बैंकिङ समूह १७.७२ अंक, विकास बैंक ९८.६१ अंक, वित्त ६९.४९ अंक, होटल ४३.३८ अंक, जलविद्युत् ३९.४० अंक, लगानी १.६३ अंक, जीवन बीमा १७४.९५ अंक, उत्पादनमूलक ६२.१२ अंक, लघुवित्त ६२.८६ अंक, सामूहिक लगानी कोष ०.२१ अंक, निर्जीवन बीमा १४४.६८ अंक, अन्य समूह ३.०३ अंक र व्यापार समूह २१.९५ अंकले घटेको छ ।

आइतबार नेप्सेमा ३२३ कम्पनीको ४७,२६८ कारोबारबाट ४ अर्ब ९० करोड ७६ लाख रुपैयाँ बराबर १ करोड ६ लाख १९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ । यो कारोबार गत साता बिहीबारको तुलनामा थोरै हो, जसमा ५ अर्ब ३२ करोड रुपैयाँ बराबर कारोबार भएको थियो ।

तथापि, आइतबार दरमखोला हाइड्रो, मैलुङ इनर्जी, सागर डिस्टिलरी, रुरु जलविद्युत् कम्पनीको सेयर मूल्य ९% भन्दा बढीले बढेको नेप्सेले जनाएको छ ।

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...