क्षितिज, आमा र धरती पुस्तकमाथि बुटवलमा समीक्षा


बुटवल

लेखक सरस्वती ज्ञवालीकाे पुस्तक क्षितिज, आमा र धरतीबारे शनिबार बुटवलमा विमर्श गरिएकाे छ । पाठक मञ्च, बुटवलकाे आयाेजनामा लेखक साहित्यकारहरूका विच विमर्श गरिएकाे हाे ।  

विमर्श कार्यक्रममा लेखक ज्ञवालीले अपाङ्गता भएका सन्तान हुर्काउदाका ३७ बर्षकाे अनुभवहरू समेटेर पुस्तक लेखेकाे बताईन् । उनले बाैद्विक अपांगता भएकाे छाेरीकाे स्याहार गर्दा र छाेरीप्रति बाैद्विक भनिएका व्यक्तिहरूकाे छिछि र दुरदुरकाे व्यवहार समेत समेटेर एउटा आमाकाे व्यथा उतारेकाे बताईन ।

उनले सन्तान कै लागि जागिर छाडेकाे स्मरण गर्दै अपांगता भएका व्यक्तिहरूकाे सवालमा राज्य संवेदनशिल हुन नसकेकाे बताईन । अपांगता भएकाहरूलाई सेवा गर्ने हाे भने अमूर्त मन्दिरमा गएर पुजा गर्न नपर्ने उनले बताईन् ।  

पुस्तक समीक्षा कार्यक्रममा अध्येता रामचन्द्र श्रेष्ठले पुस्तकले मातृवात्सलयकाे चिन्तन प्रणालीलाई उजागर गरेकाे बताए । कार्यक्रममा कानुनमा अध्यनरत विद्यार्थी रूविना बस्याल, बालराेग बिशेषज्ञ नेत्र राना, शारदा खनाल लगायतले बाेलेका थिए ।

पुस्तक समिक्षामा पाठक मञ्चका सदस्य, साहित्यकार, लेखक लगायतकाे उपस्थिति रहेकाे थियाे । 

छुटाउनुभयो कि ?

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बडादशैं: आज नवरात्रको छैटौँ दिन, कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै

बुटवल बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज शुक्रबार नवदुर्गामध्येकी छैटौँ स्वरूप कात्यायनी देवीको विशेष पूजा–आराधना गरिँदै ...
विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

विवादास्पद अडियो र एआईको आड : कति सम्भव सक्कली र नक्कली आवाज छुट्याउन ?

बुटवलसार्वजनिक व्यक्तिको विवादास्पद अडियो बाहिरिएपछि त्यसलाई 'एआईले बनाएको' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दो छ । अर्कातिर, ए...
महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

महँगी बढ्यो, मुद्रास्फीति ६ दशमलव ३४ प्रतिशतमा

बुटवल नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको भदौ महिनामा महँगी अत्यधिक बढेको तथ्यांक प्रस्तुत गरेको छ । बैंकले बिहीबार सार्व...
संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

संघ,प्रदेश र स्थानीय सरकारसंग बाझिएका ऐन-कानुनको समस्या र समाधान

श्रीराम ज्ञवाली नेपालको संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकारको व्यवस्था गर्दै राज्यशक्तिको प्रयोग सहकारित...